Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
मर्यादाक्रमको विवाद औतित्यहीन र अनावश्यक?
'माओवादी नेतृत्वको सरकारमा सहभागी भए एमालेका मन्त्रीहरुले दुःख पाउनेछन्'


Maoist leader CP Gajurel. Photo: Santa

काठमाडौं,  August 25, 2008- नेकपा माओवादी का विदेश विभाग प्रमुख सीपी गजुरेलले नेकपा एमाले का तर्फबाट सरकारको नेतृत्व गर्ने स्थायी कमिटी सदस्य बामदेव गौतमलाई सरकारको मर्यादाक्रममा दोस्रो स्थान दिनुपर्ने बताएका छन् ।

माओवादी नेता गजुरेलले गौतमलाई दोस्रो मर्यादामा राख्न ढिलो गरेर आफ्नो दलले समेत गल्ती अनुभूत भएको बताएका छन् ।

'महत्वपूर्ण मन्त्रालय छाडेपछि एमाले नेतालाई सरकारको मर्यादाक्रममा दोस्रो स्थान दिदा के बिग्रन्छ ?' गजुरेलको भनाई छ- 'एमालेसँग मिलेर जानुपर्छ भन्ने मान्यताका साथ अगाडि बढ्ने हो भने सरकारको नेतृत्व गरेपछि एमालेलाई दोस्रो मर्यादा दिन असजिलो मान्नु हुँदैन ।' मर्यादाक्रमको विवादलाई औतित्यहीन र अनावश्यक भन्दै जनतासामु नकारात्मक सन्देश गएको बताएका माओवादी नेता गजुरेलले 'तँ ठूलो कि म ठूलो' भनेर जाँदा जनताले राम्रो नठान्ने बताए । उनले भने- 'पोर्टफोलियोको विवाद उठाउनु दरिद्र मानसिकताको उपज हो ।'
  गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को चीन भ्रमणका कारण भारत रिसाउनुपर्ने कुनै कारण नभएको बताउँदै माओवादी चीन र भारतसँग समदूरीको सम्बन्ध स्थापित हुनुपर्ने पक्षमा रहेको बताए । उनको भनाई थियो- 'चीन जाँदा भारत रिसाउनुपर्ने र भारत जाँदा चीन रिसाउनुपर्ने कारणै छैन ।' भारत रिसाएको कसरी थाहा पाउनुभयो भन्ने प्रश्नमा गजुरेलले भने- 'प्रधानमन्त्रीको सपथमा आउनुभएका भारतीय प्रतिनिधिमण्डलका सदस्यहरुले चीन भ्रमण रोक्न आग्रह गरेको थियो ।'

प्रधानमन्त्रीले चीन भ्रमण गरेर भारतविरुद्ध चाइनाकार्ड प्रयोग गरेको भन्ने आरोपको कुनै अर्थ नरहेको बताउँदै गजुरेलले भने- 'हामी भारतविरुद्ध चाइनाकार्ड र चीनविरुद्ध भारतकार्ड प्रयोग गर्दैनौं ।' माओवादी वैधानिक ढंगले जनतन्त्र ल्याउन अगाडि बढेको बताए । सरकार संविधान सभा र सडकबाट संघर्ष गरेर जनगणतन्त्र ल्याइछाड्ने उनको दाबी थियो ।

नेकपा एमाले स्थायी समिति सदस्य प्रदीप नेपालले भने मर्यादाक्रमसम्बन्धी विवादलाई आधार बनाउँदै यो अवस्थामा एमाले सरकारमा जान नहुने बताएका छन् । उनले भने- 'माओवादीले आफ्ना विरोधीहरुलाई ढाडमा टेकेर टाउकोमा हान्ने आचरण नछाडेकाले उसको नेतृत्वमा एमाले कुनै हालतमा सरकारमा जानहुन्न ।' माओवादी नेता गजुरेलसँगै साक्षात्कार कार्यक्रममा रहेका एमाले नेता नेपालले सरकारमा जान नहुने कुरामा अझ जोड िदंदै भने- 'माओवादीले वामदेव गौतमलाई सरकारको मर्यादाक्रममा दोस्रो स्थान दिएपनि सरकारमा जानुहुँदैन ।'

एमालेलाई सरकारमा जानबाट रोक्न आफूले अभियाननै छेडेको खुलाशापनि उनले गरे । 'माओवादी नेतृत्वको सरकारमा सहभागी भए एमालेका मन्त्रीहरुले दुःख पाउनेछन्' नेपालले दावी गरे- 'एमालेका नेताहरुकॊ सज्जनताको फाइदा उठाएर माओवादीले एमालेले पाएका मन्त्रालयहरु पनि कमजोर बनाइदिएको छ ।'

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®