Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

राजिनामा दिएका एमाले 'मन्त्री'हरुले अझै गाडीमा झण्डा फर्फराउदै

काठमाडौं, May 14, 2008-एक महिना अघि सरकारबाट राजिनामा दिएका एमाले 'मन्त्री'हरुले अझै गाडीमा झण्डा फर्फराएर हिंडिरहेका छन् । राजिनामा दिएका दुई मन्त्रीले त गोप्यरुपमा मन्त्रालयको काम गरिरहेका छन् ।

आफूहरुले दिएको राजिनामा प्रधानमन्त्रीले स्वीकृत नगरेको भन्दै एमाले मन्त्रीहरुले झण्डा हल्लाउने र गुप्तरुपले काम गर्ने गरेका हुन् । यसबीचमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजिनामा दिएका एमाले मन्त्रीहरुलाई राजिनामा फिर्ता लिन आग्रह गरिसकेका छन् । यसैगरी उनले काममा फर्कनपनि अनुरोध गरेका छन् । तर राजिनामा फिर्ता नलिइकनै एमालेका मन्त्रीहरुले गोप्य रुपले मन्त्रालयका काम गरिरहेका छन् ।

श्रोतका अनुसार शिक्षा मन्त्री प्रदीप नेपाल र पर्यटन तथा नागरिक उड्डयनमन्त्री पृथ्वीसुब्बाले गुप्तरुपले मन्त्रालयको काम गरिरहेका छन् । 'मन्त्री नेपाल पुल्चोकस्थित मन्त्री क्वार्टरमा बसेर अहिलेपनि मन्त्रालयका फाइल सदर गरिरहेका छन्' श्रोतले भन्यो- 'मन्त्री गुरुङ्ग भने एकाध पटक मन्त्रालय गएर मन्त्रालयसम्बन्धी काम गरेका छन् ।' स्मरणीय छ शिक्षामन्त्री नेपाल एमाले स्थायी समिति सदस्य छन् भने पर्यटनमन्त्री गुरुङ्ग पार्टीको केन्द्रीय सदस्य छन्।

एमालेका मन्त्रीहरुले गत बैशाख पहिलो हप्ता सामुहिक रुपमा सरकारबाट राजिनामा दिएका थिए । चुनावमा पराजयपछि एमाले स्थायी समितिको निर्णय अनुसार राजिनामा दिएपनि प्रधानमन्त्रीले उनीहरुको राजिनामा स्वीकृत गरेका छैनन् । प्रम कोइरालाले उनीहरुलाई काममा फर्कन सार्वजनिक रुपमा आग्रहसमेत गरेका
थिए । एमाले कावा महासचिव अमृत बोहोरालाई यससम्बन्धी निर्णयमा पुनर्विचार गर्न प्रधानमन्त्रीले औपचारिक पत्रसमेत पठाएका थिए । सरकारमा फर्कन माओवादीले समेत एमालेलाई पटक-पटक आग्रह गरिसकेको छ ।

प्रधानमन्त्रीको आग्रहका बाबजुद एमाले केन्द्रीय समितिको बैठकले सरकारबाट हट्ने स्थायी समितिको निर्णय अनुमोदन गरिसकेको छ । प्रमले राजिनामा स्वीकृत नगर्दा प्राविधिकरुपमा उनीहरु मन्त्री नै रहेपनि आफैले राजिनामा दिइसकेको अवस्थामा मन्त्रालयको काम गर्नु नैतिक मान्यता विपरित हुन जान्छ । तर एमालेका मन्त्रीहरु भने यो मान्यता विपरित काम गरिरहेका छन् ।

राजिनामा दिइसकेका दुई मन्त्रीले गोप्य रुपमा फाइलहरु सदर गर्नेमात्र होइन राजिनामा दिएका अन्य पाँच मन्त्रीहरुले अहिलेसम्म मन्त्रालयका झण्डावाल गाडी प्रयोग गरिरहेका छन् । यसैगरी उनीहरुले पुल्चोकस्थित मन्त्रीनिवासपनि छाडेका छैनन् । 'राजिनामा स्वीकृत नहुन्जेल सुरक्षा गार्ड साथैमा हुन्छन् मन्त्री निवास छाड्ने हो भने राजिनामा स्वीकृत नहोन्‍जेल उनीहरुलाई पनि साथैमा आफ्नो घर लैजानुपर्ने हुन्छ' राजिनामा दिएका एक मन्त्रीले भने- 'तर सुरक्षा गार्डसमेत बस्न मिल्ने घर कसैकापनि छैनन् त्यसैले मन्त्री निवास नछोडिएको हो ।'

कारण जे देखाइएपनि मन्त्री नेपाल र गुरुङ्ग राजिनामा सम्बन्धी निर्णयमा पुनर्विचार गर्नुपर्छ भन्ने मान्यता राख्छन् । सरकारमा एमालेको तर्फबाट नेतृत्व गरेकी परराष्ट्रमन्त्री शाहना प्रधानपनि सरकार छाड्ने निर्णयसँग त्यति सन्तुष्ट नभएको बताइएको छ । चुनावमा पराजय भोगेलगत्तै राजिनामा दिने स्थायी समितिको निर्णय हतारको र आवेगपूर्ण निर्णय भयो भन्ने धेरै नेताहरुले महसुस गर्न थालेका छन् । तर एक पटक चुकिसकेकाले सार्वजनिक रुपमै 'सरकारमा फर्कनुपर्छ' भन्न कुनैपनि नेताले सकिरहेका छैनन् ।

एमालेको तर्फबाट अन्तरिम सरकारमा परराष्ट्रमन्त्री शाहना प्रधानको नेतृत्वमा ७ जना मन्त्री थिए । तिनमा शिक्षामन्त्री प्रदीप नेपाल, पर्यटनमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग, कृषिमन्त्री छबिलाल बिश्वकर्मा, सामान्य प्रशासनमन्त्री रामचन्द्र यादव, शिक्षा राज्यमन्त्री मोहनिसंह राठौर, कृषिराज्यमन्त्री नागेन्द्र चौधरी छन् ।

-Vivek Baral in Kathmandu



























तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®