|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
एमाले मन्त्रीहरुको माओवादी हस्तक्षेपका कारण काम गर्न नसकिएको
गुनासो काठमाण्डौं, January 10, 2009- माओवादीले एमालेको दोधारे व्यबहारका कारण सरकारले काम सुचारु गर्न नसकेको बताइ रहेकै बेला एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले माओवादी हस्तक्षेपका कारण आफ्नो जिम्मेवारी अन्तर्गतको काम गर्न नसकिएको बताएका छन् । माओवादी हस्तक्षेपका कारण आफ्नो जिम्मेवारी अन्तर्गतको काम गर्न नसकिएको भन्दै उनीहरुले त्यसबारे माओवादीसँग छलफल गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । केन्द्रीय कमिटीको शनिबार बसेको बैठकमा बोल्दै मन्त्रीहरुले माओवादीले विधि र प्रकि्रया समेत वास्ता नगरी एकलौटी ढंगमा सरकार चलाउने गरेको र आफ्नो मन्त्रालयका काममा समेत लगातार हस्तक्षेप गरिरहेको गुनासो गरे । गृह मन्त्रालयको जिम्मेवारीमा भएको काममा समेत शान्ति मन्त्रालयले हस्तक्षेप गरेको, एमालेले जिम्मेवारी सम्हालेको मन्त्रालयको बजेट माओवादीले सम्हालेको मन्त्रालयतर्फ स्थानान्तरण गरिदिएको लगायतका विवरण एमाले मन्त्रीहरुले बैठकमा पेश गरेका थिए । बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै मन्त्रीहरुको आलोचना गरेपछि मन्त्रीहरुले सरकारमा पार्टीको स्थानबारे माओवादी नेतृत्वसँग कडाईका साथ प्रस्तुत हुन आग्रह गरेका थिए । केन्द्रीय सदस्यहरुले वाइसिएलले एमाले कार्यकर्तालाई कुटपिट र हत्या गर्दासमेत कुनै कारवाही गर्न नसकेको र सरकारमा पार्टीको नेतृत्व समेत प्रभावकारी नभएको आरोप लगाउँदै उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको आलोचना गरेका थिए । मन्त्री गौतमले अपराधमा संलग्न हुने कार्यकर्तालाई माओवादीले लुकाएको र स्वतन्त्ररुपमा काम गर्न नदिएको गुनासो गर्नुभएको स्रोतले बताएको छ । -Khagendra Makhim in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||