|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
हार पछिको एमाले बैठकले दुई हप्ता नाघ्यो,
नेतामा खनाल आउने?![]() UML leaders: Madhavkumar Nepal, Amritkumar Bohara, Jhalanath Khanal, KP Oli and Bamdev Gautam. Archive» Words: Sitaram Baral. Photo: Sources, Sitaram, Tribune India & illustration: eEyeCam काठमाडौं, May 15, 2008-महासचिव माधव नेपालको राजिनामापछि एमालेको नेतृत्व हत्याउनेमा तीब्र शक्ति संघर्ष देखिएको छ । यो संघर्षमा पार्टीका पूर्व महासचिव झलनाथ खनाल सबैभभन्दा शक्तिशाली देखिएका छन् । निवर्तमान महासचिव माधव नेपालले नयाँ महासचिवको रुपमा उनलाई प्रस्ताव गरेपछि ओली सबैभन्दा बलियो प्रत्यसी देखिएका हुन् । खनाललाई महासचिव बन्नै नदिने एउटा समूहपनि निस्किएको छ । खनाललाई महासचिव बन्नै नदिने समूहको नेतृत्व स्थायी समिति सदस्य केपी ओलीले गरेका छन् । संविधान सभा चुनावमा पार्टीको करारी हारपछि महासचिव नेपालले राजिनामा दिएपछि पार्टीको कार्यबाहक नेतृत्व अमृत बोहोराले सम्हालिरहेका छन् । तर गत बैशाख १५ देखि बसिरहेको केन्द्रीय समितिको बैठकमा नयाँ नेतृत्व चयन गर्ने नगर्ने बिषयमा निकै विवाद देखिएको छ । पार्टीको नेतृत्व कसलाई दिने भन्ने विवादकारण पछिल्लो समयमा पार्टीको बैठक लम्बिएको छ । संवभत विरोध र समर्थनकाबीच विहीबारको बैठकले खनाललाई नयाँ पार्टी प्रमुखको रुपमा चयन गर्नेछ । एमालेभित्र 'स्थायी प्रतिपक्ष' को रुपमा चिनिएका सीपी मैनाली पार्टीमा नरहेपछि स्थायी समिति सदस्य ओलीलाई स्थायी प्रतिपक्षको रुपमा लिने गरिएको छ । पार्टीभित्र 'प्रतिपक्ष' को भूमिका निर्वाह गरेका ओली आफैपनि नेतृत्वको आशामा छन् । नेपाल महासचिव छँदा दोश्रो बरियता क्रममा रहेका ओली खनाल महासचिव भएमा बरियता क्रममा निकै पछाडि पर्नेछन् । माधव नेपाल महासचिव बनेपछि खनाल र ओलीबीच दोश्रो नम्बरको नेता को हो भन्नेमा विवाद थियो । जानकारी अनुसार असोजभित्र हुने महाधिवेशन अघिसम्म पार्टीको नेतृत्व आफै सम्हाल्ने पक्षमा बोहोरा थिए । तर निवर्तमान महासचिव माधव नेपालले खनालको समर्थन गरेपछि बोहोरा कमजोर बनेका छन् । महासचिवबाट राजिनामा लगत्तै हतार-हतारमा नेपालले बोहोरालाई कार्यबाहक महासचिव बनाउने भूमिका निर्वाह गरेका थिए । बोहोरालाई कठपुतली महासचिव बनाएर वास्तविक महासचिव आफै बनेको आरोप लागेपछि खनाललाई समर्थन गर्न नेपाल बाध्य भएका हुन् । जानकारी अनुसार खनाललाई निवर्तमान महासचिव नेपालका अलवा बामदेव गौतम, सहाना प्रधान, इश्वर पोखरेल, मुकुन्द न्यौपाने, केशव बडाललगायतका स्थायी समितिका अधिकांस सदस्यहरुको समर्थन प्राप्त छ । ओलीलाई स्थायी समितिसदस्य प्रदीप नेपालमात्र, केन्द्रीय सदस्यहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ्ग, कृष्णगोपाल श्रेष्ठ आदिलेमात्र समर्थन गर्ने स्थिति छ । ओली पार्टीबाहिरमात्र होइन पार्टीभित्रपनि छुच्चो नेताको रुपमा परिचित छन् । निवर्तमान महासचिव नेपालले खनाललाई नयाँ महासचिवको रुपमा प्रस्ताव राख्नुलाई कतिपयले षडयन्त्रको रुपमापनि हेरेका छन् । किनभने आउँदो असोजसम्म एमालेको आठौं महाधिबेशन भैसक्छ । अहिले खनाललाई आफूले एकातिर महासचिव बनाएर सहयोग गरेजस्तो गर्ने र अर्कोतिर केपी ओली एबं प्रदीप नेपालद्धारा बिरोध गराएर उनलाई असफल बनाई फेरि नेतृत्व आफैले हत्याउने चालबाजीको रुपमापनि लिइएको छ । पटक-पटक आफ्नो पदमाथि संकट आउँदा महासचिव नेपालले यही नीति अख्तियार गर्दै आएका छन् । माघ १९ को 'शाही कू' का बेला महासचिव नेपाल पक्राउ परेपछि कार्यबाहक महासचिव बनेका खनाललाई आफू रिहा भएपछि महासचिव नेपालले कावा महासचिवको जिम्मेवारीबाट मुक्त गराएका थिए । त्यसबेला खनाल महासचिवको रुपमा आठौं महाधिबेशनसम्म रहन चाहन्थे । तर ओलीबाट बिरोध गराएर उनलाई कार्यबाहक महासचिवको जिम्मेवारीबाट मुक्त गराइएको थियो । निवर्तमान महासचिव नेपाल र खनालबीच कहिलेपनि राजनीतिक निकटता देखिएको छैन । ०५३ मा महाकाली सन्धिका विरोधी बामदेब गौतम पक्षधरहरुले नेपाललाई पदबाट हटाएर खनाललाई स्थापित गर्न खोजेको र त्यसलाई खनालले पनि स्वीकार गरेपछि यी दुई नेताबीचको सम्बन्ध त्यति हार्दिकतापूर्ण छैन । त्यसैले निवर्तमान महासचिव नेपालले महासचिव बन्न खनाललाई गरेको सहयोगलाई कतिपयले 'अँगालो हालेर छुरा धस्ने' व्यवहारको रुपमा चित्रित गरेका छन्। बिगत १८ दिनदेखि जारी एमाले केन्द्रीय कमिटीको आजको बैठकले खनाललाई नयाँ नेताको रुपमा चयन गरेमा उनी करिव २० वर्षपछि पार्टी नेतृत्वमा पुनस्थार्पित हुनेछन् । उनी ०४६ सम्मपनि तत्कालिन नेकपा माले को महासचिव थिए । ०३९ मा तत्कालिन महासचिव सीपी मैनालीलाई पार्टी महासचिवबाट अपदस्थ गरेर खनाललाई पार्टी महासचिव बनाइएको थियो । ०४६ मा सम्पन्न पार्टीको चौंथो महाधिवेशनले खनालको सट्टा मदन भण्डारीलाई पार्टी महासचिव चुनेको थियो । -सीताराम बराल Sitaram Baral in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®