|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
एमाले-माओवादी नेताहरुको जुहारी 'माओवादीसँग हतियार छँदाछँदै चुनावमा जानु हामीहरुको गल्ती थियो ।' काठमाण्डौं, 23 Mar, 09- एउटै सरकारमा दुई ठूला कम्युनिष्ट घटकहरु नेकपा माओवादी र नेकपा एमालेका नेताहरुबीच फेरि वाकयुद्ध सुरु भएको छ । यो वाकयुद्ध पार्टीका दोश्रो मर्यादाक्रमका नेताहरुबीचमा भएको हो । माओवादीका नेता डा. बाबुराम भट्टराई सुदुरपूर्वको ताप्लेजुङ्ग पुगेर एमालेविरुद्ध कटाक्ष गरेका छन् भने एमालेका पूर्व महासचिव माधव नेपाल सुदुरपश्चिमको काचनपुरमा पुगेर माओवादीविरुद्ध बिषबमन गरेका छन् । शनिवार ताप्लेजुङ्गमा आयोजित माओवादीको कार्यक्रममा माओवादी नेता डा. बाबुराम भट्टराई सरकारमा बसेरपनि एमालेले प्रतिपक्षी दलको भूमिका खेलेको र सरकारलाई असफल बनाउन लागेको आरोप लगाउँदै थिए । 'नेपाली कांग्रेस त नकच्चरो हो जहिलेपनि विरोध गर्न बाहेक केही जान्दैन' उनले भने- 'तर सरकारमा रहेको एमालेपनि दिल्ली दौडाहाबाट फिरेपछि असहयोगको बाटोमा लाग्यो ।' त्यसैबेला सुदुरपश्चिममा एमालेका बरिष्ठ नेता माधब नेपालको माओवादीविरुद्धको आक्रोसपनि कम थिएन । बाबुराम एमालेले सरकारमा बसेर प्रतिपक्षी भूमिका खेलेकोमा आक्रोस पोख्दै थिए भने एमाले नेता माधब नेपाल माओवादीलाई सत्ता सुम्पनु परेकोमा गल्ती महसुस गर्दै र माओवादीलाई गाली गर्दै थिए । उनले भने- 'माओवादीसँग हतियार छँदाछँदै चुनावमा जानु हामीहरुको गल्ती थियो ।' संविधान निर्माणकालागि सुझाव संकलन गरेर काठमाडौं फर्कने बेला उनले काचनपुरमा साचारकर्मीहरुसँग भने- 'एकातिर माओवादीसँग हतियार छँदाछँदै चुनावमा जानु गल्ती थियो भने अर्कातिर चुनाव भन्दा पहिले अन्तरिम सरकारमा लैजानुपनि गल्ती नै थियो ।' उनले गल्तीको पोको अरुपनि खोले- 'हतियार भएकै बेला अहिलेपनि उनीहरुलाई सरकारमा जान दिनु हुँदैनथ्यो ।' संविधान सभा चुनावमा तराई र राजधानीका दुई निर्वाचन क्षेत्रमा माओवादीका उम्मेदवारहरुबाट शर्मनाक हार व्यहोरेका एमाले नेता नेपालको माओवादीप्रतिको आक्रोस राष्ट्रपतिमा उनलाई माओवादीले अस्वीकार गरेपछि अरु बढेको हो । माओवादीले उनको आक्रोसलाई निर्वाचनमा व्यहोर्नुपरेको शर्मनाक पराजय र राष्ट्रपति हुन नपाएको झोकको रुपमा िलंदै आएको छ । नेपालमात्रै होइन एमालेका अर्का बरिष्ठ नेता केपी शर्मा ओलीलेपनि त्यसैदिन माओवादीविरुद्ध सबैभन्दा कडा अभिव्यक्ति दिए । राजधानीमा आयोजित कर्मचारीहरुको एउटा कार्यक्रममा ओलीले भने- 'माओवादीले आफूलाई सँधै बलियो छु भन्ने भ्रम नपाले हुन्छ सरकारमा बसेको माओवादी अबपनि नसुध्रे माओवादीलाई खुकुलो माटोमा उम्रेको मूला जसरी उखेलेर सत्ताबाट फालिदिन्छौं, हामीले त माओवादी सुधि्रन्छ कि भनेरमात्र सरकारमा जाने मौका दिएका हौं ।' -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||