Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादी-एमालेबीच फेरी चिसो बढ्‍यो

काठमाडौं,  July 31, 2008- राष्ट्रपति निर्वाचनका कारण बिग्रेको माओवादी-एमालेबीचको सम्बन्धमा गत हप्तादेखि केही सुधार आएपनि सार्क सम्मेलनमा काम चलाउ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नै पठाउने विषयका कारण फेरि चिसिन पुगेको छ ।

आफूलाई माओवादीले 'धोका' दिदै आएको बताउने एमालेले यस प्रकरणमा माओवादीलाई 'धोका' दिएपछि फेरि सम्बन्धमा चिसोपना थपिएको हो ।

माओवादी र एमालेले मंगलबार काम चलाउ प्रधानमन्त्री कोइरालालाई सार्क शिखर सम्मेलनमा भाग लिन नदिन संविधान सभाको बैठकमा बुधबार विशेष प्रस्ताव लैजाने सहमति गरेका थिए । एमालेले त अझ एककदम अघि बढेर प्रधानमन्त्रीको साटो राष्ट्रपति जानुपर्ने धारणा अघि सारेको थियो । तर अघिल्लो दिन एकाएक गरेको सहमतिबाट एमाले पछि हट्यो ।

एमाले पछि हटेपछि संविधान सभाको बैठकमा अघिल्लो दिनको सहमति बमोजिम प्रधानमन्त्रीलाई शिखर सम्मेलनमा जान नदिने प्रस्ताव पेश गर्न माओवादीले सकेन । यद्यपी माओवादी विदेश विभाग प्रमुख सीपी गजुरेलले सार्कमा प्रधानमन्त्री जाने कुराको विरोध गरेका थिए । गजुरेलले विरोध गर्नासाथ एमाले संसदीय दलका उपनेता विष्णु पौडेलले नियमापत्ति गरेका थिए ।

अघिल्लो दिन भएको सहमति बिपरित एमालेमा १ सय ८० डिग्री परिवर्तन आएपछि माओवादी एमालेसँग झस्किएको छ । उता एमालेसमेतको समर्थन पाएपछि प्रधानमन्त्री कोइराला आज सार्क राष्ट्रहरुको शिखर सम्मेलनमा आजै श्रीलङ्कातर्फ लाग्ने भएका छन् । उनका साथमा छोरी सुजाता कोइरालगायत भ्रमण दलका सदस्यहरुपनि हुनेछन् ।

-Vivek Baral in Kathmandu












   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®