Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
एमाले तथा माओवादी भित्र आन्तरिक विवादको जरा पलाउँदै

काठमाडौं,  August 30, 2008- एमाले तथा माओवादी दुवै पार्टीभित्र देखिएको आन्तरिक विवादकाकारण अन्तत: शुक्रबार हुने भनिएको मन्त्री मण्डल विस्तार र नयाँ मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम हुन सकेन ।

मन्त्री मण्डलमा जाने नामहरुका सम्बन्धमा विवाद देखिएपछि आजदेखि हुने भनिएको एमाले केन्द्रीय कमिटीको बैठक मंगलबारकालागि सारिएको छ । तर केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरुले बोल्न नपाउने भएका छन् ।

त्यस्तै विवाद माओवादीमापनि देखिएको छ । बरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई एमालेका बामदेब गौतमपछिको मर्यादाक्रममा राखिने भएपछि उनीपनि असन्तुष्ट देखिएका छन् । त्यसैलेपनि प्रधानमन्त्री प्रचण्डले शुक्रबार मन्त्री मण्डलको विस्तार नगरेका हुन् । माओवादीले भने आफ्नो तर्फबाट मन्त्री मण्डलमा पठाइने नाम समावेशी हुनुपर्ने भएकाले 'समावेशी अनुहार छनौटकालागि' शुक्रबार मन्त्री मण्डलको विस्तार गर्न नसकिएको बताएको छ ।

लामो समयदेखि माओवादीभित्र देखिएको दुई पक्षबीचको अन्तरसङ्घर्श मन्त्री मण्डल विस्तारको क्रममा प्रकट भएको छ । पार्टीभित्र हाल डा. भट्टराई पक्ष र मोहन बैद्य पक्ष गरी दुई समूह छन् । दुवैबीच पार्टीभित्रैपनि मर्यादाक्रमको लडाईं छ । प्रचण्डले सबैजसो वार्ता र कार्यक्रममा डा. भट्टराईलाई साथ लिएर िहंडेकोमा किरण सन्तुष्ट छैनन् । प्रचण्ड अघि पार्टीको नेतृत्वमा किरण भएकाले उनले पार्टीभित्र बरिष्ठतामा आफू अघि रहेको मान्दै आएका छन् ।

यद्यपी जनमानसमा भने डा. भट्टराई स्थापित छन् । उनको बौद्धिक छविले उनलाई चर्चाको शिखरमा पुर्याएको छ । पार्टीभित्र विचार निर्माणको सवालमा भट्टराईले नै प्रचण्डलाई महत्वपूर्ण सहयोग पुर्याउँदै आएका छन् । त्यसैलेपनि किरणले आफू पाखा पर्दै गएको अनुभूति गर्दै आएका छन् । डा. भट्टराईलाई पछि पार्न उनले यही मौकाको उपयोग गरेको श्रोतको दावी छ ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डलेपनि डा. भट्टराईलाई नै दोश्रो मर्यादाक्रम दिन चाहेका थिए । प्रचण्डकै अडानकाकारण अघिल्लो शुक्रबार भएको मन्त्री मण्डल विस्तार तथा शपथ ग्रहण कार्यक्रममा बाबुरामलाई दोश्रो मर्यादाक्रम दिइएको थियो । तर मर्यादाक्रमप्रति असन्तुष्टि बताउँदै एमालेबाट मन्त्री हुने भनिएका नेताहरु शपथ ग्रहणमा सामेल नै भएनन् ।

डा. बाबुरामलाई नै दोश्रो मर्यादाक्रम दिने प्रचण्डको अडान त्यतिबेला कमजोर सावित भयो जब गत आइतबार एक साक्षात्कार कार्यक्रममा माओवादी नेता सीपी गजुरेलले एमालेका गौतमलाई नै दोश्रो मर्यादाक्रम दिइनुपर्ने तर्क गरे । गजुरेल माओवादीभित्र किरणपक्षीय नेता मानिन्छन् । नेत्रबिक्रम चन्द 'बिप्लव' लगायतका किरणपक्षीय नेताहरुले गौतमलाई नै दोश्रो मर्यादाक्रम दिइनुपर्ने सार्वजनिक रुपमा बताउन थालेपछि प्रचण्डपनि गौतमलाई नै दोश्रो मर्यादाक्रम दिन राजी हुनु पर्यो ।
  पार्टीभित्रका आफू विरोधी नेताहरुको 'षडयन्त्र' मा आफूलाई तेश्रो मर्यादाक्रममा राखिने भएपछि डा. भट्टराई राजिनामा दिने मनस्थितिमा रहेको श्रोतले बताएको छ । प्रचण्डले सरकारको नेतृत्व गर्ने भएपछि पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी किरणलाई नै दिनुपर्ने दावी पनि सो समूहले गरेको छ । पार्टीको नेतृत्वकालागि किरणले संविधान सभा सदस्य पदबाट राजिनामा दिने मनस्थितिपनि बनाइसकेका छन् ।

शुक्रवार मन्त्री परिषद्को विस्तार हुन नसक्नुको एउटा कारण माओवादीभित्रको यही आन्तरिक संघर्ष हो भने अर्को कारण एमालेभित्रै देखिएको विवादपनि हो । सरकारमा एमालेको तर्फबाट कर्णाली र सुदुर पश्चिमको प्रतिनिधित्व नहुने भएपछि केन्द्रीय सदस्य भीम रावल, भानुभक्त जैसी, डिल्लीबहादुर महतलगायतले सार्वजनिक रुपमै असन्तुष्टि जनाइसकेका छन् ।

जानकारी अनुसार यही कारणले एमालेले आज हुने भनिएको केन्द्रीय कमिटीको बैठकपनि मंगलबारको लागि सारेको छ । हिजो मन्त्री मण्डलको विस्तार हुन नसकेको स्थितिमा आजदेखि यदि केन्द्रीय कमिटीको बैठक हुने भए केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको आलोचना गर्नेमात्र होइन सरकारमा पठाइने नामहरुलाई संसोधन गर्न सक्ने सम्भावना थियो ।

त्यसैले आइतबार मन्त्री मण्डलको विस्तार भएपछिमात्र केन्द्रीय कमिटीको बैठक बोलाउने योजना महासचिव झलनाथ खनालले बनाएका छन् ताकि मन्त्री मण्डलमा पठाउने नामका बारेमा केन्द्रीय कमिटीले संसोधन गर्न नसकोस् । एमाले स्थायी समितिको अघिल्लो हप्ता सम्पन्न बैठकले गरेको निर्णय अनुसार नै पठाउने अडानमा महासचिव खनाल छन् ।

स्मरणीय छ, एमाले स्थायी समितिको अघिल्लो हप्ता सम्पन्न बैठकले बामदेव गौतमलाई गृह, बिष्णु पौडेललाई जलश्रोत, रामचन्द्र झालाई स्थानीय विकास, अष्टलक्ष्मी शाक्यलाई उद्योग, तथा आपूर्ति गोपाल शाक्यलाई युवा तथा खेलकूद र किरण गुरुङ्गलाई बनमन्त्री बनाउने निर्णय गरिसकेको छ । यद्यपी माओवादीसँग सल्लाह गरेर आफ्नो तर्फबाट केही राज्यमन्त्री थप्ने योजनामा एमाले छ ।

जानकारी अनुसार मंगलबारदेखि हुने भनिएको एमाले केन्द्रीय कमिटीको बैठकमा महासचिव खनालले पेस गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरुलाई बोल्न नदिइने भएको छ । यसको सट्टा प्रतिवेदनका सम्बन्धमा लिखित सुझाव मागिने छ । यसअघि भने महासचिवको प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले मौखिक सुझाव दिने प्रचलन थियो ।

'मौखिक सुझाव िदंदा समय लम्बिने कारण देखाइएको छ' एमालेका एक केन्द्रीय सदस्यले भने- 'मुख्य कारण चैं बैठकमा नेतृत्वको आलोचना हुन्छ र त्यससम्बन्धी समाचार पत्र पत्रिकामार्फत् बाहिर जान्छन् भनेर नै हो।'

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®