|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अध्यादेश ल्याउन माओवादी र एमाले सहमत काठमाण्डौ, 2 Feb, 09- सत्तारुढ दल एकीकृत नेकपा माओवादी र नेकपा एमाले आवश्यकताअनुरुप अध्यादेश ल्याउने विषयमा सहमत भएका छन् । दुई दलका शीर्ष नेताहरुको माघ २० गते बसेको बैठकले सम्बद्ध पक्ष एवम् निकायसँग आवश्यक परामर्श गरी सरकारले नल्याई नहुने र आवश्यकता अनुरुपका अध्यादेश सहमति र समझदारीका आधारमा ल्याईने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ३ घण्टा लामो माओवादी र एमालेको उच्चस्तरीय संयन्त्रको बैठकले सरकारको दैनिक कार्य सचालनको लागि आवश्यक विधेयकहरु अध्यादेश मार्फत् ल्याउनका लागि सरकारले सम्बन्धित पक्ष र निकायसँग परामर्श गर्नुपर्ने निर्णय गरेको छ । बैठकपछि एमाले पूर्व महासचिव माधवकुमार नेपालले सरकारका लागि आवश्यक तथा नल्याईनहुने अध्यादेश ल्याउन सरकारलाई सहमति दिइएको बताउँदै तर त्यस्ता अध्यादेशका बारेमा सम्बद्ध पक्षसँग छलफल र सहमति जुटाउनुपर्ने विषयमा सहमति भएको बताए । माओवादी प्रवक्ता दिनानाथ शर्माले खाँचो अनुरुपका अध्यादेश सरकारले ल्याउने र त्यसका लागि आवश्यक परामर्शलाई पनि अघि बढाईने उल्लेख गरे । आजको बैठकमा स्थानीय निकाय गठन, सेना समायोजन, राजनैतिक नियुक्ति लगायतका विषयमा छलफल भएपनि त्यस विषयमा भने निर्णय नभएको प्रबक्ता शर्माले जानकारी दिए । त्यस्तै बैठकमा सरकारले मनोमानी ढङ्गले कर्मचारी सरुवा गरेको भन्दै त्यस्तो निर्णय फिर्ता लिन र आईन्दा त्यसो नगर्न एमालेका तर्फबाट सरकारको ध्यानाकर्षण गराईएको पनि एमाले नेता नेपालले जानकारी गराए । सत्ता साझेदार दुईदल बीच हिजोको वैठकमा एक अर्कालाई सार्वजनिक रुपमा आलोचना नगर्ने सहमती भएको थियो । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||