|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
गैरी खेतमा शीरै
हान्यो..दरौंदीले ...एमाले र माओवादी को करौटीले... प्रचण्ड अग्रस्थानमा, माधव नेपाल धरापमा बिशेष काठमाडौं ब्युरोबाट नेपाली समय अपरान्ह ३:४० बजेसम्म काठमाडौं, April 11, 2008-मतगणना सुरु भएका अधिकांस निर्वाचन क्षेत्रहरुमा जनयुद्धपछि पहिलो पटक निर्वाचनमा भाग लिएको नेकपा माओावादी ले अग्रता हासिल गरेको छ । यसपाली एमाले र माओवादी एक आपस मा करैटी भए आश्चर्य नमाने हुन्छ। जसअनुसार नेकपा माओवादी का अध्यक्ष प्रचण्ड प्रारम्भिक मतगणनामै भारी मतले अगाडि देखिएका छन् । प्रारम्भिक मतगणनाको 'ट्रेण्ड' हेर्दा त्यहाँ प्रचण्डले विजय हासिल गर्ने देखिएको छ । त्यहाँ प्रचण्डले १ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली कांग्रेसका राजेन्द्र केसीले पछ्याइरहेका छन् । केसीले ७ सय ८ मत बटुलेका छन् भने एमालेका सानुकुमार श्रेष्ठ ५ सय १३ मत ल्याएर तेश्रो स्थानमा छन् । कीर्तिपुर भेग रहेको सो क्षेत्र आफ्नो गढ रहेको भन्दै एमालेले प्रचण्डलाई त्यो क्षेत्र छाडिदिन अस्वीकार गरेको थियो । एमाले महासचिव माधव नेपाललाई काठमाडौं- २ मा माओवादीका झक्कुप्रसाद सुवेदीले खतराको घण्टी बजाएका छन् । अहिलेसम्म त्यहाँ माओवादीका झक्कु सुवेदी प्रथम स्थानमा छन् भने महासचिव नेपाल तेश्रो स्थानमा । सुवेदीले हालसम्म १ हजार ९ सय १४ मत पाएका छन् भने कांग्रेसका दीपक कुइँकेलले १ हजार ६ सय १३ र एमाले महासचिव माधव नेपालले १ हजार ५ सय ५२ मतमात्र पाएका छन् । ललितपुर- ३ मा सुरुदेखि नै अग्रस्थानमा रहेकी माओवादीकी पम्फा भूषालको अग्रता कायमै छ । उनले हालसम्म ५ हजार ४५ मत पाएकी छिन् भने एमालेका रघु पन्त बल्ल दोश्रो स्थानमा उक्लेका छन् । पन्तले ३ हजार २ सय ९५ कांग्रेसका मोहनश्याम पौडेलले ३ हजार ८३ राष्ट्रिय जनशक्ति पार्टीका केशरबहादुर बिष्टले १ हजार ७ सय ६६ र जनमोर्चा नेपालका दीपेन्द्र श्रेष्ठले १ हजार १ सय ८३ मत पाएका छन् । दाङ्ग- ३ मा माओवादी प्रबक्ता सूचना तथा साचार मन्त्री कृष्णबहादुर महराले १ हजार ८ सय ५५ मत ल्याएर आफूलाई अग्रस्थानमा उभ्याएका छन् । दोश्रो स्थानमा रहेकी कांग्रेसकी अनिता देबकोटाले ९ सय ९० मत पाएकी छन् भने एमाले उम्मेदवार छबिलाल ओलीले जम्मा ४ सय ३६ मत पाएका छन् । एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठलाई तेश्रो स्थानमा छोड्दै काठमाडौं- ९ मापनि माओवादीकै माइला लामाले अग्रता हासिल गरिरहेका छन् । माओवादीका लामाले ६ सय ७८ मत पाएका छन् भने दोश्रो स्थानमा रहेका नेपाली कांग्रेसका ध्यानगोबिन्द रिाजतले ५ सय ४२ मत प्राप्त गरेका छन् । काठमाडौं- ६ मा भने एमालेका योगेश भटराई प्रारम्भिक मतगणनामा अग्रता हासिल गरेका छन् । भटराईले त्यहाँबाट १ हजार १ सय २१ मत पाएका छन् भने केही अघिसम्म थुप्रै अन्तरले पछाडि रहेका माओवादीका हितमान शाक्यको मतमा प्रगति देखिएको छ । तेश्रो स्थानबाट उक्लेर दोश्रो स्थानमा पुगेका शाक्यले ७ सय ८५ मत पाएका छन् भने दोश्रो स्थानमा रहेका कांग्रेसका भीमसेनदास प्रधान ७ सय १० मतसहित तेश्रो स्थानमा पुगेका छन् । काठमाडौं- ८ मा एमाले अघि देखिएपनि त्यहाँ एमाले माओवादी र कांग्रेसबीच तीब्र प्रतिस्पर्धाको स्थिति देखिएको छ । प्रथम स्थानमा रहेकी एमालेकी अष्टलक्ष्मी शाक्यले ४ सय ६४ मत पाएकी छन् भने कांग्रेसका नबीन्द्रराज जोशीले ४ सय ३९ र माओवादीका सर्बात्तम डंगोलले ४ सय २९ मतकासाथ तेश्रो स्थानमा छन् । चितवन- २ मा नेकपा माओवादी का बरिष्ठ नेता रामबहादुर थापा बादल प्रारम्भिक मत गणनामा अग्रता हासिल गरेका छन् । बादलले ५ सय मत पाएका छन् भने कांग्रेसका एकनाथ रानाभाटले ३ सय ५१ मत ल्याई दोश्रो स्थानमा छन् भने एमालेका काशीनाथ अधिकारी ३ सय मतकासाथ तेश्रो स्थानमा छन् । बर्दिया- १ मा माओवादीकी सरला रेग्मीले भारी मतान्तरले एमालेका बरिष्ठ नेता बामदेव गौतमलाई पछाडि पारेकी छन् । माओवादीकी रेग्मीले हालसम्म १ हजार ७ सय ३६ मत पाएकी छन् भने एमालेका गौतमले ६ सय ७५ मत पाएका छन् । बर्दिया- ३ मा माओवादी उम्मेदवारले ४ सय ७२, कांग्रेसका उम्मेदवारले ३ सय ३७ र एमालेका उम्मेदवारले जम्मा ३५ मत पाएका छन् । बर्दिया- ४ मा माओवादीका थारु नेता रामचरण चौधरी करिव दोब्बर मतका अन्तरले कांग्रेसका एमालेकी शुष्मा चौधरीलाई पछाडि छाडेका छन् । माओवादीका चौधरीले १ हजार ३ सय ३२ मत पाएका छन् भने एमालेकी चौधरीले ६ सय ५ मत पाएकी छिन् । नेकाका उम्मेदवार ५ सय २४ मतकासाथ तेश्रो स्थानमा छन् । बर्दिया- २ मापनि अत्याधिक मतान्तरका साथ नेकपा माओवादी को अग्रता छ । त्यहाँका माओवादी उम्मेदवार विष्णु चौधरीले १ हजार १ सय ३५ मत पाएका छन् । दोश्रो स्थानमा रहेका एमाले उम्मेदवारले जम्मा ३ सय २ मत पाएका छन् भने कांग्रेसका साजय गौतमले २ सय ४४ मत पाएका छन् । भक्तपुरका दुवै क्षेत्रमा नेपाल मजदुर किसान पार्टीले अग्रता हासिल गरेको छ । भक्तपुर- १ मा सो पार्टीका अध्यक्ष नारायणमान विजुक्छे २ हजार ७ सय ५४ मतका साथ प्रथम स्थानमा छन् । दोश्रो स्थानमा रहेका माओवादीका देबेन्द्र श्रेष्ठले १ हजार ७ सय ७ मत पाएका छन् । तेश्रो स्थानमा रहेका कांग्रेसका महेश श्रेष्ठले १ हजार ६ सय १३ मत पाएका छन् । भक्तपुर- २ मापनि अग्रस्थानमा रहेको सो पार्टीका सुनिल प्रजापतिले ४ हजार ४ सय मत पाएका छन् भने दोश्रो स्थानमा रहेका नेकाका लेखनाथ न्यौपानेले ३ हजार ५ सय १५ मत पाएका छन् । तेश्रो स्थानमा रहेका एमालेका गणेशबहादुर खत्रीले १ हजार ८ सय ७८ र माओवादीका अर्जुन श्रेष्ठले १ हजार ६ सय ९५ मत पाएका छन् । पाल्पा- २ मापनि प्रारम्भिक मत गणनामा माओवादी भारी मतान्तरका साथ अग्रस्थानमा देखिएको छ । त्यहाँकी माओवादी उम्म्मेदवार लीला सोमई मगर ले १ हजार ८ सय ७ मत पाएकी छन् भने कांग्रेसका राजन पन्त ७ सय ८५ मतका साथ दोश्रो स्थानमा छन् । यसअघिका दुई निर्वाचनमा बिजयी एमालेका सोमप्रसाद पाण्डे तेश्रो स्थानमा छन् । |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®