![]() |
|||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: CPN UML Manifesto |
||
|
एमालेको अप्रकाशित चुनावी
घोषणा पत्रको पूर्ण रुप First published at 12:35 am ET न्यूयोर्क, काठमाडौं,
March 9, 2008-एमालेले
आजै घोषणा गर्ने भनेको चुनाव घोषणा पत्र युएस नेपाल अनलाइनलाई हाम्रा बिशेष
सम्पादन सहकर्मी किशोर श्रेष्ठमार्फत अग्रिम प्राप्त भएको छ। एमाले ले घोषणापत्र अबको
दुई घण्टा भित्र (नेपाली समय अनुसार दिउसो १ बजे ) एक पत्रकार सम्मेलन गरी
जारी गर्ने पनि उनले बताए। घोषणा पत्रको पूर्ण रुप
यहाँ प्रस्तुत छ:यो लेख PDF PDF फाइल पढ्न Acrobat Reader चहिन्छ्, यदि छैन भने फ्री डाउनलोडको लागि यहाँ क्लिक गर्नुहोस् संविधानसभाको निर्वाचनका लागि नेकपा एमाले को घोषणापत्र-२०६४ संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरौं ! सबल र सम्वृद्ध नेपालको निर्माण गरौं !! आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु ! हामी नेपाली इतिहासमै पहिलोपल्ट संविधानसभा निर्वाचनको महत्वपूर्ण चरणमा आइपुगेका छौं । आफ्नो देशको भविष्यको रुपरेखा आफ्नै हातले कोर्न पाउने यो सर्वाधिक महत्वपूर्ण अधिकार प्राप्तिको लागि हामीले लामो समयदेखि वलिदानी सङ्घर्ष गर्दै आएका छौं । यस दौरान नेपाल आमाका अनेकौं सन्ततिहरुले आफ्नो जीवन उत्सर्ग गर्नु भएको छ आन्दोलनमा घाइते हुनु भएको छ र दमन एवं यन्त्रणाका कष्टकर क्षणहरुको सामना गर्नु भएको छ । यही बलिदानी संघर्षले हामीलाई सार्वभौम जनताको हैसियतमा आफ्नो संविधान आफै बनाउन पाउने महान अवसर प्रदान गरेको छ । यस महत्वपूर्ण घडीमा हामीहरु सामाजिक मुक्ति र राष्ट्रिय स्वतन्त्रताका निम्ति साचालित आन्दोलनहरुमा विशेषतः गत वर्ष विकसित भएको शान्तिपूर्ण जनक्रान्तिको क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने आदरणीय वीर अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धााजलि अर्पण गर्दछौं । आन्दोलनमा घाइते मित्रहरुको स्वास्थ्य लाभको कामना गर्दछौं र निरङ्कुश राजतन्त्रलाई परास्त गर्न सफल तपाईं महान आन्दोलनकारी जनताप्रति हार्दिक अभिनन्दन गर्दछौं । संविधानसभाको निर्वाचनलाई हामीहरु एक स्वाधीन सबल र सम्वृद्ध संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्ने ऐतिहासिक अवसरका रुपमा प्राप्त गरिरहेका छौं । यो अवसरलाई सफलतापूर्वक उपयोग गरेर मात्र राजतन्त्रलाई उन्मूलन गर्ने लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने राज्यको पुनःसंरचना गर्ने दिगो शान्ति स्थापना गर्ने वैज्ञानिक भूमिसुधार गर्ने र आफ्नो संविधान आफैं बनाउने ऐतिहासिक उचाईमा पुग्न सक्नेछौं । त्यो नै दुनियाँलाई आश्चर्य चकित बनाउने ऐतिहासिक जनआन्दोलनको जनादेश पनि हो । त्यसैले नेपाली समाजमा सामाजिक आर्थिक रुपान्तरण ल्याउने यो ऐतिहासिक अवसरको ढोका खोल्न उच्च मनोवल असाधारण निर्भिकता र अपूर्व दृढताका साथ अग्रसर हुन नेकपा एमाले स्वदेश तथा प्रवासमा रहनुभएका पार्टीका सदस्य समर्थक शुभेच्छुक एवं सम्पूर्ण लोकतन्त्र र शान्तिप्रेमी देशभक्त जनसमुदायमा हार्दिक आव्हान गर्दछ । संविधानसभाको निर्वाचनः लोकतन्त्र दिगो शान्ति र अग्रगमन संविधानसभाको निर्वाचन हाम्रा अग्रजहरुको सपना हो हाम्रो ६ दशक लामो आन्दोलनको माग हो । जनताको वलिदानी सङ्घर्षले २००७ सालमा जहानियाँ राणाशासन समाप्त भएपछि संविधानसभाको निर्वाचन मार्फत् बन्ने नयाँ संविधानबाट मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो । तर राजतन्त्रको षडयन्त्रले यसलाई त्यसै तुहाइयो र २०१७ सालमा अधिनायकवादी निरङ्कुश व्यवस्था लादियो । नेपाली जनताले त्यसका विरुद्ध अनवरत सङ्घर्ष गरिरहे । २०४६ सालको ऐतिहासिक जनआन्दोलनले निरङ्कुश राजतन्त्रलाई पछाडि हट्न बाध्य पार् यो र बहुदलीय प्रजातन्त्र स्थापना गर् यो । तर जनताको सर्वोच्चता सार्वभौमसत्ता र राजकीय अधिकार स्वीकारेर संवैधानिक सीमाभित्र बस्ने संझौता र आफ्नो प्रतिवद्धतालाई उल्लङ्घन गर्दै राजतन्त्रले प्रजातन्त्र विरुद्ध षडयन्त्र जारी राख्यो । नृशंस राजदरबार हत्याकाण्डपछि सत्तारुढ भएका राजा ज्ञानेन्द्रले २०५९ असोज १८ गतेको प्रतिगमन र २०६१ माघ १९ को 'कू' मार्फत तानाशाही लाद्ने प्रयास गरे । शान्तिपूर्ण जनक्रान्तिको स्वरुप लिएको २०६२÷६३ को जनआन्दोलन यस्तो ऐतिहासिक परिघटना हुनपुग्यो जसले विश्व जनसमुदायलाई समेत आकर्षित मात्र गरेन नेपाली जनताको प्रतिष्ठालाई समेत माथि उठायो । एक्काइसौं शताब्दीको एउटा विशिष्ट राजनीतिक घटनाको रुपमा विश्व राजनीतिक मानचित्रमा अङ्कित यो आन्दोलनले सैनिक बलमा आधारित निरङ्कुश राजतन्त्रलाई मात्रै घुँडा टेकाएन सामन्तवादका आधारहरुलाई समाप्त पार्दै नयाँ र समुन्नत नेपाल निर्माण गर्ने ऐतिहासिक संभावना समेत प्रस्तुत गर् यो । जनआन्दोलनबाट सुरु भएको यो क्रान्तिकारी प्रकृया जारी छ र हामीले संविधानसभा मार्फत् आन्दोलनका जनादेशलाई सम्पन्न गरेर यसलाई पूर्ण बनाउनु आवश्यक छ । संविधानसभा निर्वाचन एउटा यस्तो क्षण हो जसले जनतालाई आफ्नो संविधान आफैंले बनाउने महत्वपूर्ण अवसर प्रदान गर्छ । प्रुान्स लगायत विश्वका कतिपय मुलुकले वंशानुगत निरंकुश शासन समाप्त गरी विधिको शासन शुरु गरेको दुई सय वर्ष भन्दा पछि नेपाली जनताले प्राप्त गरेको यो अवसरले नेपाललाई ऐतिहासिक रुपमा नै विश्व समुदायका बीच नयाँ स्वरुपमा स्थापित गर्नेछ । संविधानसभा निर्वाचनले पहिलो पटक नेपाली जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्न र आफ्नो सर्वोच्चता स्थापित गर्न अवसर प्रदान गर्नेछ । आजसम्म शासकहरुले तोकिदिएको स्थानमा बस्न बाध्य नेपाली जनताद्वारा पहिलो पटक मुलुकका सबै शक्तिहरुको स्थान निर्धारण हुनेछ । संविधानसभा निर्वाचनले नेपालमा पन्ध्र सय वर्ष भन्दा अघि देखि जारी सामन्ती राजतन्त्र र २४० वर्ष देखि कायम शाहवंशीय राजतन्त्रलाई अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नेछ । एघार वर्ष अगाडि शुरु भएको माओवादी विद्रोहको शान्तिपूर्ण समाधानको जारी प्रकि्रयालाई पनि पूर्णता दिनेछ । राजनीतिक उद्देश्यको निम्ति कसैले पनि हतियार उठाउन नपर्ने स्थितिको निर्माण गर्दै जनताको अभिमतको आधारमा शान्तिपूर्ण माध्यमबाट समाज परिवर्तनको प्रकि्रयालाई अगाडि बढाउनेछ । नेकपा एमालेः गौरवपूर्ण संघर्ष र नयाँ संकल्प सामन्तवाद दलाल-नोकरशाही पुँजीवाद र साम्राज्यवादका सबै प्रकारका शोषण-उत्पीडनलाई समाप्त पार्दै जनताको जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यकासाथ २००६ सालमा स्थापित हाम्रो पार्टीले विगत ६ दशकसम्म निरन्तर जनता र राष्ट्रको पक्षमा सङ्घर्ष गर्दै आएको छ । हाम्रो पार्टी राष्ट्रियता लोकतन्त्र र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिदै आएको छ । आन्दोलनको मोर्चामा निरन्तर अगुवाई गर्दै निरङ्कुशतन्त्रका विरुद्ध लोकतन्त्रका लागि संझौताहीन सङ्घर्ष तथा जनता राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रति अटल निष्ठा हाम्रो पार्टीको परिचय बनेको छ । सात सालदेखि पन्ध्र सालसम्मको अस्थीर राजनीतिक वातावरणमा कम्युनिष्ट पार्टीले राष्ट्रिय हीत एवं जनअधिकारको सुरक्षाको पक्षमा दृढतापूर्वक आवाज उठायो भने सत्र सालको तानाशाही कदम पछि निरन्तर बलिदानी सङ्घर्ष संचालन गर् यो । निरंकुश पाचायती व्यवस्था अन्तरगत दमनकारी शासनका विरुद्ध अदम्य साहस र बलिदानद्वारा आन्दोलनलाई गति दिने कम्युनिष्ट योद्धाहरुले नै निरङ्कुशतन्त्रको जग हल्लाइ दिएका थिए । कमरेड पुष्पलालको संयुक्त जनआन्दोलनको प्रस्तावलाई नेपाली काङ्ग्रेसले दम्भका साथ वेवास्ता गर्नाले पाचायतको आयु लम्बिन गयो । तथापि वामपन्थी आदर्शले ओतप्रोत युवा विद्यार्थीहरुको २०३५÷३६ सालको आन्दोलनले त्यसको जग हल्लाई दिएको थियो । हाम्रो पार्टीले अगाडि सारेको संयुक्त जनआन्दोलनको प्रस्ताव नै २०४६ सालको आन्दोलनको मुख्य आधारविन्दु बन्न पुगेको कुरा ऐतिहासिक तथ्य हो जसमा आन्दोलनको मुख्य संवाहकको रुपमा हाम्रो पार्टीका हजारौं नेता÷कार्यकर्ताले अग्रणी भूमिका निर्वाह गरेका थिए । नेकपा एमाले नै त्यो पार्टी हो जसले उक्त आन्दोलनका उपलव्धीलाई संरक्षण गर्न आह्वान गरेको थियो र यसका सीमाहरुलाई उद्घाटित गर्दै यसलाई सामाजिक-आर्थिक रुपान्तरणको तहसम्म विस्तारित गर्नुपर्ने मान्यता अगाडि सारेको थियो । २०४७ सालको संविधानमा कमरेड मदन भण्डारीको अगुवाइमा पार्टीले अगाडि सारेका आलोचनाका २७ बुँदाहरु कति सान्दर्भिक र दूरगामी महत्वका रहेछन् भन्ने तथ्य समयले पुष्टि गरिसकेको छ । २०४८ सालको आम निर्वाचनबाट स्थापित संसदमा प्रमुख विपक्षी दलको हैसियतमा होस् या २०५१ सालको मध्यावधि निर्वाचनपछि बनेको अल्पमतको सरकारमा रहेर होस् नेकपा एमाले ले छोटो समयमै देश र जनताको हीतमा अगाडि सारेका नीति र कार्यक्रम कति लोकपि्रय र हितकर थिए भन्ने तथ्य सबैलाई जानकारी भएकै हो । २०४६ सालको संयुक्त जनआन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्न निश्चित समयसम्म आन्दोलनकारी शक्तिहरु बीचको सहकार्यको लागि नेकपा एमाले ले अगाडि सारेको प्रस्तावको महत्वलाई उग्र कम्युनिष्टविरोधी भावनाले ग्रस्त नेपाली कांग्रेस लगायतका कतिपय शक्तिले समयमै बुझ्न सकेनन् । परिणामस्वरुप एकातर्फ आन्दोलनकारी शक्तिहरु बीच कटु द्वन्द्व शुरु भयो भने अर्कातिर नेकपा माओवादी ले संसदीय व्यवस्था विरुद्ध विद्रोह नै शुरु गर् यो । यसबाट फाइदा उठाउँदै प्रतिगामी शक्तिहरु शक्ति साचय गर्न र लोकतन्त्रमाथि प्रहार गर्न समेत सफल भए । र माघ १९ को ुकु को दुस्प्रयत्नसमेत गर्न पुगे । हाम्रो पार्टीले िहंसाको बलमा राज्यसत्ता कब्जा गर्ने उग्रवामपन्थी दुःसाहसवादका विरुद्ध लगातार विचारधारात्मक सङ्घर्ष र यसको शान्तिपूर्ण समाधान खोज्न लगातार राजनीतिक प्रयत्न जारी राख्यो । आफ्ना १५० जना भन्दा बढी कार्यकर्ताहरुको माओवादीद्वारा हत्या हुँदाहुँदै पनि हाम्रो पार्टीका नेताहरुले अत्यन्त प्रतिकुल परिस्थितिमा समेत जोखिम बहन गर्दै माओवादी समस्याको शान्तिपूर्ण समाधानको निम्ति गरेको अथक प्रयत्न सबैका सामु छर्लङ्गै छ । आज िहंसा र बन्दुकको बलमा राज्य कब्जा गर्न चाहने र विद्रोहलाई सैन्य बलमा समाप्त पार्न चाहने दुबै अतिवादी मान्यता पराजित भएका छन् । विपरीत धु्रुवमा रहेका शक्तिहरु संविधानसभाको निर्वाचनको निम्ति एकै ठाउँमा आइपुगेका छन् । आन्दोलनको सफलतापछि यसका उपलब्धिहरुलाई संस्थागत गर्न र शान्ति प्रकि्रयालाई अघि बढाउन संसद सरकार वार्ताटोली र आठ दलभित्र नेकपा एमाले ले निर्वाह गरेको सकि्रय भूमिका जनसमुदायका सामु स्पष्टै छ । ती क्रान्तिकारी उपलब्धीहरुलाई सामान्य सुधारमा सिमित राख्न चाहने सुधारवादी-यथास्थितिवादी मान्यता विरुद्धको सतत् सङ्घर्ष गर्ने देखि जनसंघर्षका सीमा शक्ति सन्तुलनको अवस्था र सहकार्यको वस्तुगत यथार्थलाई वेवास्ता गर्दै आफ्ना एकाङ्गी मान्यता लाद्न चाहने उग्रवामपन्थी प्रवृत्तिका विरुद्ध पनि नेकपा एमाले ले खबरदारी गर्दै आइरहेको छ । संविधान निर्माणको सिलसिलामा नेकपा एमाले को तर्फबाट अगाडि सारिएका जनमत सङ्ग्रह र समानुपातिक निर्वाचन पद्धतिलाई अवलम्बन गर्नुपर्ने अडानको सार्थकतालाई घटनाक्रमहरुले पुष्टि गरिरहेका छन् । हामी गर्वका साथ भन्न सक्छौं नेपालको लोकतान्त्रिक आन्दोलनका अनुभव र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका शिक्षालाई संश्लेषण गर्दै पार्टीले अगाडि सारेको नेपाली विशिष्टतामाथि आधारित जनताको बहुदलीय जनवादको प्रभाव नेपाली समाजमा स्थापित भइसकेको छ । सिमित राजनीतिक स्वतन्त्रतालाई नै लोकतन्त्र ठान्ने तथा संवैधानिक राजतन्त्रलाई सिद्धान्तको रुपमा स्वीकार गर्ने शक्तिहरु लोकतान्त्रिक गणतन्त्र तथा सामाजिक न्याय सहितको लोकतन्त्रको पक्षमा उभिन आइपुग्नु नेकपा एमाले का मान्यताहरुको पुनर्पुष्टि हो भन्ने हाम्रो दाबी छ । राज्य साचालनको मुख्य नेतृत्वमा नरहेको भएपनि नेपाली समाजलाई नीतिगत नेतृत्व दिने काम नेकपा एमाले ले नै गरिरहेको माथिका सन्दर्भहरुले स्पष्ट पार्छन् । आजको परिस्थितिः उज्ज्वल संभावना र गंभीर चुनौती यतिबेला हामी सङ्क्रमणकालमा छौं र हाम्रा सामु अनेकौं गंभीर चुनौती उपस्थित छन् । शान्ति सुरक्षाको अवस्था अझै सुदृढ हुन सकेको छैन । सङ्क्रमणकालको व्यवस्थापन सही ढङ्गले हुन नसक्दा निराशा र आशङ्का बढ्न थालेको छ । कमजोर राज्य संरचनाको लाभ उठाउँदै समाजमा अराजकता फैलाउन चाहने तत्वहरु सकृय हुनथालेका छन् । जस्तासुकै माग अगाडि सार्ने र तिनलाई पूरा गराउन बलप्रयोगको प्रतिस्पर्धा शुरु भएको छ । समाप्तिको डिलमा पुगेको राजतन्त्र र प्रतिगामी शक्ति आफ्नो अस्तित्व टिकाउन अन्तिम प्रयास गरिरहेको छ । त्यसले जातीय र क्षेत्रीय आन्दोलनभित्र घुसेर साम्प्रदायिक रुप दिने राज्यका अङ्गमा रहेका पुरातनपन्थी तत्वलाई उपयोग समेत गर्ने गरिरहेको छ । कतिपय सन्दर्भमा त 'गणतन्त्र' कै खोल ओडेर राजतन्त्रको पक्षपोषण गर्नॆ र आपराधिक तत्वहरुलाई सङ्गठित गर्दै िहंसा बढाउने प्रयास गरिरहेको छ । समाजमा विद्यमान आर्थिक शोषण र सामाजिक उत्पीडनका प्रश्नहरुलाई लोकतन्त्र समृद्धि र राज्यको अखण्डतासंगै जोडेर हल गर्नुको साटो विखण्डनका हतियारको रुपमा... एमाले को घोषणा पत्रको पूर्ण रुप पढ्नुहोस्: नेकपा एमाले को घोषणापत्र-२०६४ |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®