Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
एमाले ले पुरुषबादी र बाहुनवादी चरित्र प्रदर्शन गरेको आरोप
नेतृ शाहना प्रधान र एमाले महिलाहरु आक्रोसित

काठमाडौं,  July 25, 2008- आफ्नै राष्ट्रपति बन्ने स्थिति हुँदाहुँदै एमालेले नेपाली काग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गरेपछि एमालेकी बरिष्ठ नेतृ शाहना प्रधान पार्टीसँग असन्तुष्ट हुनुभएको छ ।

असन्तुष्टिकै कारण पार्टीले आयोजना गरेको पुष्पलाल स्मृति दिवसमा नेतृ प्रधान अनुपस्थित हुनुभएको जानकारी श्रोतले दिएको छ । एमाले स्थायी समिति सदस्य नेतृ प्रधान नेकपाका संस्थापक महासचिव स्व. पुष्पलाल श्रेष्ठकी जीवनसंगिनी हुनुहुन्छ ।

एमालेको आयोजनामा साउन ७ गते मंगलबार राष्ट्रिय सभा गृहमा पुष्पलाल स्मृति दिवस आयोजना गरिएको थियो । कार्यक्रमको प्रुमुख अतिथि एमाले महासचिव झलनाथ खनाल थिए । प्रधानलाईपनि कार्यक्रममा निम्त्याइएको थियो । तर प्रधान कार्यक्रममा उपस्थित हुनुभएन । त्यसैदिन विहान पुष्पलाल स्मृति प्रतिस्ठानले चम्पादेवीमा आयोजना गरेको कार्यक्रममा भने प्रधान सरिक हुनुहुन्थ्यो ।


नेतृ प्रधान राष्ट्रपतिको सम्भावित उम्मेदवार हुनुहुन्थ्यो । एमालेद्धारा प्रस्तावित माधव नेपालको सट्टा प्रधानलाई राष्ट्रपतिमा प्रस्ताव गरिए सहजै स्वीकार गर्ने माओवादीले बताएको थियो । तर माधव नेपालकै नाममा एमाले महासचिव खनालले यति अड्डी लिइदिए कि प्रधानको नाम एमालेबाट आउन सकेन । बरु नाटकीय ढंगलॆ कांग्रेसका डा. रामबरण यादवलाई एमालेले राष्ट्रपति स्वीकार गर्यो ।

राष्ट्रपति निर्वाचन प्रकरणमा एमालेले माओवादीको शेखी झार्ने प्रयत्न गरेपनि माधव नेपालको नाममा अनावश्यक अड्डी लिएकोमा महासचिव खनालप्रति पार्टीभित्रै आक्रोस बढ्न थालेको छ । जनजाति समुदायका सुवाष नेम्वाङ्गपनि राष्ट्रपति बन्ने स्थिति थियो । तर उनको नामपनि एमालेले प्रस्ताव गरेन । प्रधानलाई नभए नेम्वाङ्गलाई राष्ट्रपतिमा प्रस्ताव गर्न माओवादीले एमालेसँग अनुरोध गरेको थियो । तर नेम्वाङ्गको नामपनि प्रस्ताव भएन ।

प्रधानको नाम प्रस्तावित नगिरंदा एमालेभित्रका महिलाहरु निराश भएका छन् भने नेम्वाङ्गको नाम प्रस्तावित नगिरंदा जनजातिहरु । महिला र जनजाति समुदायका व्यक्तित्वलाई राष्ट्रपतिमा अघि नसारेर एमाले नेतृत्वले पुरुषबादी र बाहुनवादी चरित्र प्रदर्शन गरेको आरोप लाग्न थालेको छ । श्रोतका अनुसार राष्ट्रपति निर्वाचन यता भएका कार्यक्रमहरुमा एमाले महासचिव खनालले यससम्बन्धमा स्पष्टिकरण िदंदै िहंड्नु परेको छ ।

खनालको नेतृत्वप्रति सबैभन्दा आक्रोसित भने महिलाहरु देखिएका छन् । मंगलबार आयोजित पुष्पलाल स्मृति कार्यक्रममा महिला नेतृ राधा ज्ञवालीले एमाले नेतृत्वमा पुरुषवादी चिन्तन देखिएकै कारण महिला गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति बन्ने अवसर गुमेको भन्दै आक्रोस पोखेकी थिइन् । उनको भनाईलाई कार्यक्रममा उपस्थित महिलाहरुले ताली बजाएर समर्थन गरेका थिए । ज्ञवालीले चेतावनीको भाषामा भनिन्- 'यस्तै रहे सम्पूर्ण महिलाहरुले पार्टीबाट विद्रोह गनुपर्ने हुन्छ ।'
  संविधान सभामा एमालेको तर्फबाट निर्वाचित ज्ञवाली एमाले निकट महिला संघकी पूर्व अध्यक्षपनि हुन् । शाहना प्रधान वा सुवाष नेम्वाङ्गमध्ये एकलाई राष्ट्रपति बनाउन माओवादीले गरेको अनुरोध तर महासचिव खनालको अस्वीकारोक्तिपछि एमालेका धेरै कार्यकर्ता नेतृत्वसँग आक्रोसित भएकामात्र छैनन् माओवादीमा जाने धम्कीसमेत दिन थालेका छन् । भुषको आगो झैं सल्किएको असन्तुष्टका कारण एमाले नेतृत्व अप्ठेरोमा परेको छ ।

महिलामात्र होइन एमाले नेतृत्वसँग जनजातिजहरुपनि सन्तुष्ट छैनन् । यदि एमालेले माधव नेपालको सट्टा सुवाष नेम्वाङ्गको नाममा सहमति जनाइदिएको भए नेपालको पहिलो राष्ट्रपति बन्ने सौभाग्य जनजातिहरुलेपनि पाउने थिए । तर आफ्नो महासचिव पद जोगाउन लागिपरेका झलनाथ खनालले नेम्वाङ्गको नामपनि प्रस्ताव गरिदिएनन् । नेम्वाङ्ग खनालकै जिल्लाबासी हुन् । बताइए अनुसार आफ्नै जिल्लाका नेम्वाङ्गलाई राष्ट्रपति बनाइदा नेम्वाङ्गको भन्दा आफ्नो व्यक्तित्व तल देखिने भयले खनालले उनको नाम पेश नगरेका हुन् ।

राष्ट्रपति निर्वाचन प्रकरणले सबैभन्दा बढि फाइदा नेपाली कांग्रेस र फोरमलाई भएको छ भने घाटा एमालेलाई । एमालेको मुखैमा आएको राष्ट्रपतिको पद खनालको असक्षमताका कारण गुमेको छ । नेम्वाङ्गलाई संविधान सभाको अध्यक्ष बनाएर एमाले नेतृत्वले चित्त बुझाएपनि एमालेले राष्ट्रपति पाएकै अवस्थामापनि खनालकालागि संविधान सभाको अध्यक्ष पद सर्वस्वीकार्य हुने थियो । पुनस्र्थापित प्रतिनिधि सभा र अन्तरिम व्यवस्थापिका- संसदको सभामुख हुँदा उनले निर्वाह गरेको भूमिकाकारण नेम्वाङ्ग सहजै संविधान सभा अध्यक्ष बन्न सक्ने थिए । यो कुरा अहिले उनी निर्विरोध निर्वाचित भएबाटपनि देखिएको छ ।

संविधान सभा निर्वाचनमा नराम्रो पराजय व्यहोर्न बाध्य एमालेले राष्ट्रपति निर्वाचनमा खेलेको भूमिकाका कारण अर्को निर्वाचनमापनि धक्का व्यहोर्नुपर्ने देखिएको छ । किनभने माओवादीले साहना प्रधानलाई राष्ट्रपतिको रुपमा अधि सार्न आग्रह गर्दागर्दै एमालेले नसारेर धेरै महिलाहरुको विश्वास गुमाउन पुगेको छ भने यस्तै व्यवहार जनजाति समुदायका नेता सुवाष नेम्वाङ्गका सम्बन्धमा प्रदर्शित गरेको छ । जब सबैभन्दा धेरै जनसंख्या भएको वर्ग र समुदायलाई पार्टीले यसरी चिढ्याउँछन् भने ती बर्ग र समुदायका मानिसले त्यो पार्टीकालागि किन मरिमेट्छन् ?

Sahana Pradhan. Photo: eEyeCam

-Sharmila Thapa in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®