Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

एमालेमा ककसले जिते? नयाँ पुस्‍ताको बर्चस्व बढ्यो



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

UML leaders Jhalanath & Ishwar Pokhrel. Photos file: Sitaram

काठमाण्डौ, 25 Feb, 09- पूर्व निर्धारित कार्यक्रम भन्दा ३ दिन बढि लम्बिएको नेकपा एमालेको आठौं महाधिवेशनले झलनाथ खनाललाई अध्यक्षमा निर्वाचित गरेको छ भने मनग्य नयाँ पु स्ताका नेताहरुलाई जिताएर परिवर्तनको सन्देश दिएको छ।

खनालका विरुद्ध पूर्व महासचिव माधव नेपालले उभ्याएका बरिष्ठ नेता केपी शर्मा ओली खनालसँग १ सय सत्र मतान्तरले पराजित भएका छन् ।

अन्तिम मतगणनामा खनालले नौ सय १३ मत सुरक्षित गरे भने प्रतिद्धन्दी ओलीले सात सय ९६ मतमात्र पाउन सके । अत्यन्त प्रतिस्पर्धा भएको अध्यक्षको चुनावले पूर्व महासचिव नेपाललाई निकै ठूलो झड्का लागेको छ ।

उपाध्यक्षमा अशोक राई १ हजार १ सय ९९, बामदेब गौतम ८ सय ६५ र बिद्या भण्डारी ८ सय ५१ मत पाएर बिजयी भएका छन् भने सचिवमा इश्वर पोखरेलले ९ सय ३५ मत पाएर प्रतिद्धन्दी प्रदीप नेपाललाई पछारेका छन् । सचिवमा बिष्णु पौडेलले १ हजार २ सय ६८, शंकर पोखरेलले १ हजार ५८ र युवराज ज्ञवालीले ८ सय ३५ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।

विजयी हुने केन्द्रीय सदस्यहरुमा अधिकांश नयाँ पुस्ताका रहेका छन् । यसरी निर्वाचित हुने केन्द्रीय सदस्यहरुमा जनजातिबाट वीरबहादुर लामा, दलबहादुर रानामगर, विनोद श्रेष्ठ, गंगालाल तुलाधर, पर्शुराम मेघी गुरुङ, विजय सुब्बा र नागेन्द्र चौधरी छन् ।

जनजाति तर्फकै वैकल्पिक केन्द्रीय सदस्यमा सिन्धुलीका सभासद् विषमलाल दनुवार, प्ररायुसंघका अध्यक्ष अजम्बर काङवाङ, खेलकुद परिषद्का सदस्य-सचिव जीवनराम श्रेष्ठ, नवलपरासीका पूर्व जिविस सभापति वैजनाथ चौधरी, रामेछापका पूर्व सांसद कमलप्रकाश सुनुवार र अखिल अध्यक्षमा रामकुमारी झाँक्रीमगरसित पराजित रोल्पाली गोकुल घर्तीमगर निर्वाचित भएका छन् ।

महिलातर्फबाट राधा ज्ञवाली थममाया थापामगर, जयन्ती राई, श्रीमाया थकाली, गौरा प्रसाइ, कल्याणी खड्का, गंगा डाँगी र टुकमाया हमाल चुनिएका छन् । वैकल्पिक महिला सदस्यहरुमा महिन सुब्बा, सुशीला नेपाल, गरिमा शाह, ममता गिरी, कमला सुवेदी र कल्पना चापागाईं निर्वाचित भएका छन् ।
  अन्‍चलबाट केन्द्रीय सदस्यमा नरेश खरेल- मेची, राजेन्द्र गौतम- कोसी, जगन्नाथ खतिवडा- सगरमाथा, केशव देवकोटा- जनकपुर, देवी ज्ञवाली- नारायणी, योगेश भट्टराई- उपत्यका, खगराज अधिकारी- गण्डकी, गणेश तिमिल्सना- धौलागिरी र प्रकाश ज्वाला- राप्ती छन् । भेरीमा देवराज भार र गोविन्द कोइरालाको बराबर मत आएको छ भने सेतीमा भानुभक्त जैसीले जितेका छन् ।

-Sitaram Baral in Kathmandu
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®