|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
लौ अब लागे एमाले नेताहरु
कामतिर गणतन्त्र स्वागतका लागि जिल्लाब्यापी जनसहभागिता जुटाइने - काठमाडौं, May 19, 2008-पुरानै नेताहरुलाई नयाँ जिम्मेवारुी दिंदै बैठकले पार्टीको नबौं महाधिवेशन आगामी मंसीर १ देखि ५ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । एमालेले पार्टी नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । यसक्रममा पूर्व महासचिव माधव नेपालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् भने निवर्तमान कावा महासचिव अमृत बोहोरालाई संगठन विभागको जिम्मा दिइएको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटीको १८ औं बैठक सकिएपनि त्यसको तीनदिनपछि बसेको १९ औं बैठकले यो निर्णय गरेको हो । यसैगरी संविधान सभामा एमालेका सभासद्हरुको नेता महासचिव खनाल नै हुने निर्णयपनि एमालेले गरेको छ । माधव नेपालले सम्हाल्दै आएको महासचिवको जिम्मेवारी खनालले पाएजस्तै यसअघि खनालले सम्हाल्दै आएको विदेश विभागको जिम्मेवारी नेपालले सम्हाल्नुलाई रोचक संयोगको रुपमा हेरिएको छ । १५ वर्षअघि महासचिवको जिम्मेवारी सम्हाल्नुअघि पनि नेपाल विदेश विभागकै जिम्मेवारीमा थिए । केपी ओलीले पार्टी स्कूल विभागको जिम्मेवारी पाएका छन् । यसअघि पार्टी स्कूल विभाग युवराज ज्ञवालीले सम्हालेकोमा उनले पार्टी सचिवालय सचिवको जिम्मेवारी सम्हाल्ने भएका छन् । इश्वर पोखरेलले प्रचार विभाग सम्हालेका छन् भने उनले सम्हाल्दै आएको उपत्यका समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी अब काठमाडौंका मुल निवासी राजेन्द्र श्रेष्ठले सम्हाल्नेछन् । विष्णु पौडेललाई संसदीय विभाग, प्रदीप नेपाललाई जलश्रोत विभागको जिम्मेवारी दिइएको छ । बैठकले स्थायी समिति सदस्य भरतमोहन अधिकारीलाई नयाँ संविधान मस्यौदा कार्यदल संयोजकको जिम्मेवारी सुम्पेको छ । उनी ०४७ को संविधानको मस्यौदाकार मध्येका एक हुन् । पार्टीको पुनसंरचनाबारे अध्ययन गर्ने कार्यदलको जिम्मा भने बामदेव गौतमले पाएका छन् । गौतमलाई मध्य पश्चिम विकास क्षेत्रको इन्चार्जको जिम्मेवारीपनि दिइएको छ । यस्तै अन्य कार्यदलहरुको निर्माणपनि एमाले बैठकले गरेको छ जसअनुसार सामाजिक आर्थिक एजेण्डा तैयार पार्ने कार्यदलको जिम्मा स्थायी समिति सदस्य केशव बडालले र संविधान सभाको समीक्षा गर्ने कार्यदलको जिम्मा अशोक राईले पाएका छन् । तीन वर्षअघि माओवादी निस्कासनमा परी संविधान सभा चुनाव अघि एमाले प्रवेश गरेका रविन्द्र श्रेष्ठलाई केन्द्रीय कमिटीमा र क. उद्धव पोखरेललाई केन्द्रीय सल्लाहकार कमिटीमा मनोनयन गर्ने स्थायी कमिटीको निर्णयलाई बैठकले अनुमोदन गरेको छ । सचिवालय सचिव युवराज ज्ञवालीका अनुसार एमालेका संविधानसभा सदस्यहरुको बैठक आगमी जेठ ११ मा बस्ने निर्णयपनि गरिएको छ । यसैगरी संविधान सभाको पहिलो बैठकले गणतन्त्रको निर्णय गर्ने भएकाले सोही दिन पार्टीका प्रत्येक जिल्ला कमिटीहरुले बृहत योजना बनाई व्यापक जनसहभागिताकासाथ गणतन्त्रलाई स्वागत गर्दै राष्ट्रिय पर्वको रुपमा मनाउन हार्दिक आग्रहका साथ निर्देशन समेत दिएको छ । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®