एमाले भित्र माओवादीसँग नेतृत्वले गरेको गोप्य
वार्ता र सम्झौता सार्वजनिक गर्नुपर्ने माग काठमाडौँ, September 5, 2008-
नेकपा एमालेको केन्द्रिय समितिले २० औं पूर्ण बैठकमा महासचिव झलनाथ
खनालद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय बल्खुमा विगत चार दिनदेखि निरन्तर रुपमा बस्दै
आएको बैठकमा महासचिव खनालले केन्द्रिय सदस्यहरुले प्रतिबेदन माथि उठाएका
प्रश्नहरुको जवाफ दिएपछि प्रतिवेदनलाई बैठकले अनुमोदन गरेको हो ।
भदौ २० गतेको वैठकमा महासचिब झलनाथ खनालले अहिलेको परिस्थितिमा माओवादीलाई
सहयोग गरेर अघि बढ्नुपर्ने उल्लेख गर्दै ३१ पृष्ठ लामो राजनितीक प्रतिबेदन
प्रस्तुत गरेका थिए ।
भोलिको बैठकमा आठौं महाधिबेशन र पार्टीको आन्तरिक एजेण्डाबारे छलफल हुने
स्थायी समिती सदस्य अमृत कुमार बोहराले जानकारी दिए ।
यस्तै सरकारमा पार्टीको सहभागिताका क्रममा सुदुरपश्चिम र कर्णाली
क्षेत्रलाई समाबेस नगरेको भन्दै नेता भीम रावल लगायतका नेता कार्यकर्ताले
गरेको विरोधका विषयमा पनि भोलिको बैठकमा छलफल हुने छ ।
बैठकमा बोल्ने अधिकांश सदस्यहरुले नेकपा माओवादीलाई हेर्ने दृष्टिकोण
स्पष्ट पार्न र माओवादीसँग नेतृत्वले गरेको गोप्य वार्ता र सम्झौता
सार्वजनिक गर्नुपर्ने माग राखेका थिए ।