|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
एमालेका बरिष्ठ नेता सिद्धिनाथ ज्ञवालीको निधन
काठमाण्डौं, October 18, 2008- नेकपा एमाले केन्द्रीय सल्लाहकार सिद्धिनाथ ज्ञवालीको शनिवार विहान निधन भएको छ । लामो समयदेखि क्यान्सरको रोगी रहेका ज्ञवालीको उपचारकै क्रममा ७५ बर्षको उमेरमा शनिवार विहान ५ बजे निधन भएको हो । नेपाली कम्युनिष्टहरुमाझ उनी पाका कम्युनिष्ट नेताको रुपमा चिनिन्थे । उनलाई एमालेदेखि माओवादीसम्मका नेताहरुले सम्मान गर्दथे । नेपालको लोकतान्त्रिक आन्दोलनका अथक सेनानी ज्ञवाली राणाकालदेखि नै लोकतान्त्रिक आन्दोलनमा संलग्न थिए । सुरुमा प्रजापरिषद् र पछि नेपाल कम्युनिष्ट पार्टीमा संलग्न भएर प्रजातन्त्र प्राप्तिको आन्दोलनमा योगदान पुर्याएका ज्ञवालीले पन्चायतकालमा झण्डै बीस बर्षको कठोर भूमिगत जीवन बिताएका थिए । पन्चायती कालमा उनको सर्वस्व हरण गर्ने र टाउकाको मोलसमेत तोक्ने कामसमेत गरिएको थियो । विशेष गरेर लुम्बिनी अन्चलमा शैक्षिक र सामाजिक जागरण, लोकतान्त्रिक आन्दोलनको विकास र कम्युनिष्ट पार्टीको सुदृढ आधार तयार गर्न उनले विशिष्ट भूमिका खेलेका थिए । उनी संसदीय व्यवस्थाकालमा राष्ट्रिय सभाको सदस्यसमेत थिए । गल्मीको रुरु-रेसु्ंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको अध्यक्षको हैसियतले उनले त्यस क्षेत्रको संरक्षण र विकासको निम्ति पनि महत्वपूर्ण योगदान दिएका थिए । एमालेका महासचिव झलनाथ खनालले एक विज्ञप्ति जारी गर्दै स्व. ज्ञवालीलाई 'अथक लोकतान्त्रिक योद्धा, नैतिकवान कम्युनिष्ट नेता, अविश्रान्त समाजसेवी र पार्टीका अभिभावक' संज्ञा िदंदै उनको निधनले सिंगो पार्टी पङ्क्ति शोक विह्वल बनेको बताएका छन् । महासचिव खनालले स्व. ज्ञवालीको योगदान पार्टी पंक्तिले सदैव स्मरण गरिरहनेपनि बताएका छन् । उनको शनिवार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||