एमाले नेता तथा साहित्यकार मोदनाथ प्रश्रितले संक्रीय
राजनीतिबाट सन्यास लिए
बुटबल, 23 Feb, 09- विघटित एमाले स्थायी समिति सदस्य एवं र्चिचत साहित्यकार
मोदनाथ प्रश्रितले संक्रीय राजनीतिबाट सन्यास लिएको घोषणा गर्नुभएको छ ।
नेकपा एमालको आठौ महाधिवेसनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने चर्चा
चलेका नेता प्रश्रितले युवा पुस्तालाई स्थान दिन आफूले केन्द्रीय सदस्यमा
उम्मेदवारी नदिएको र पार्टीको राजनीति पनि नगर्ने घोषणा गरेका छन् । आज
एमाले महाधिवेशनस्थलमा पत्रकार सममेलन गरी उहाले अब आफू लेखन, अनुसन्धान र
सिर्जना क्षेत्रमा लाग्ने स्पष्ट पार्नुभएको छ ।
२०२४ सालदेखि कम्युनिष्ट राजनीति शुरु गरी तत्कालीन माले र एमालेमा गरी ३२
वर्षसम्म केन्द्रीय नेतृत्वमा रहेका नेता प्रश्रित पंचायती व्यवस्थामा लामो
समय जेल बस्नुभएको थियो । उहाका लेखरचना पढेर थुप्रै व्यक्ति कम्युनिस्ट
राजनीतिमा लागेका छन् । पत्रकार सम्मेलनमा उहाले जारी गरेको प्रेस
विज्ञप्तिमा पार्टीका नेताहरुले ७० वर्ष पुग्दासम्म पद ओगटि बस्ने
प्रवृत्तिले पार्टी र युवा पुस्ता अघि बढ्न नसक्ने स्पष्ट पार्नुभएको छ ।