गृहमन्त्री तथा एमालेका बरिष्ठ नेता बामदेब गौतम अकस्मात
विमारी, काठमाडौं ल्याइयो
काठमाण्डौ, 22 Feb, 09- महाधिबेशनकै क्रममा विमारी भएपछि गृहमन्त्रीसमेत
रहेका एमालेका बरिष्ठ नेता बामदेब गौतमलाई शनिवार अकस्मात काठमाडौं
ल्याइएको छ । उपचारकालागि गौतमलाई महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना
गरिएको छ ।
महाधिवेशनकाक्रममा अत्याधिक खटिएका गृहमन्त्री गौतमको अनुहारमा 'फेसियल
नभ्स्र प्यारालाइसिसु' देखिएपछि उनलाई अपरान्ह ३ बजे काठमाडौं ल्याइएको
थियो । उनी महाधिवेशनमा झलनाथ खनाल समूहबाट उपाध्यक्षका प्रत्यासी थिए ।
गत महिनापनि स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएका
गौतमलाई केही समय 'रेष्ट' कालागि बैकक लगिएको थियो । करिव १ हप्ता त्यहाँ
रहेका गौतम महाधिवेशनकै क्रममा राजधानीमा माघ २४ गते आयोजित सभालाई सम्बोधन
गर्न काठमाडौं आइपुगेका थिए ।