|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
यसरी टुट्यो एमाले र माओवादीको सहकार्य 'हामी एमालेको भरिया र एमाले पो लाहुरे हुने भयो' -प्रचण्ड Prachanda at the press conference after presidential election defeat. Photo: Sitaram काठमाडौं, July 23, 2008- चाहेको भए माओवादीले राष्ट्रपतिका आफ्ना उम्मेदवार रामराजाप्रसाद सिंहलाई जिताउन सक्ने बताउँदै माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारलाई समावेशी बनाउन अपबित्र गठबन्धन नगरेको बताएका छन् । प्रतिपक्षमा बस्ने पार्टीको निर्णय सार्वजनिक गर्न मंगलबार सिंह दरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यो कुरा बताएका हुन् । 'राष्ट्रपतिमा रामराजाप्रसाद सिंहलाई उम्मेदवार बनाइसकेपछि उपराष्ट्रपतिमा महिला र जनजाति समुदायको व्यक्ति हुनुपर्थ्यो तर फोरमले मधेशी मूलको पुरुषलाई नै उपराष्ट्रपति उठायो' प्रचण्डले भने- 'दुबै व्यक्ति पुरुष र एकै मूलको हुनु समावेशी सिद्धान्त विपरित हुन्थ्यो त्यसैले हामीले फोरमसँग सम्झौता गरेनौं हारेपनि हाम्रा उम्मेदवारहरु समावेशी प्रकृतिका थिए ।' माओवादीले राष्ट्रपतिमा मधेशी मूलका गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह र उपराष्ट्रपतिमा जनजाति नेवार समुदायकी महिला शान्ता श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । 'हाम्रा उम्मेदवार नेपालको जातीय भावनाको प्रतिनिधित्व गर्ने खालका थिए' प्रचण्डले भने- 'फोरमका उम्मेदवारलाई उपराष्ट्रपतिमा समर्थन गर्दा हामीले उठाएका राष्ट्रपतिको उम्मेदवार विजयी हुने भएपनि नयाँ नेपाल समावेशी प्रकृतिको हुनुपर्छ भन्ने मान्यताका आधारमा त्यसो गरेनौं ।' |
|
|
राष्ट्रपतिमा विजयी डा. रामवरण यादवलाई बधाई िदंदै प्रचण्डले माओवादीकै
कारण उहाँलाई उम्मेदवार बनाउन कांग्रेस बाध्य भएको दावी गरे । 'कांग्रेस र
एमालेले गिरिजाप्रसाद कोइराला र माधव नेपालको नाममा अन्तिमसम्म अड्डी लिएका
थिए डा. यादव र रामप्रित पासवानको नाम आएकै थिएन' प्रचण्डले भने- 'हामीले
रामराजाप्रसाद सिंहको नाम अघि सारेपछिमात्र उहाँहरुको नाम कांग्रेस-एमालेले
अघि सारेका हुन् त्यसैले उहाँ राष्ट्रपति हुनुमा हाम्रो भूमिका छ यसप्रति
हामी गर्व गर्छौ।' एमालेका निवर्तमान महासचिव माधव नेपालको नाममा एमालेले अड्डी लिएका कारण माओवादी-एमालेबीचको सहकार्य टुटॆको बताउँदै प्रचण्डले भने- 'एमालेले समयमै रामप्रितको नाम अघि सारिदिएको भए सहकार्य जारी रहने निश्चित थियो । उहाँ पासवान को नाम आएको भए हामी दश हात उफ्रेर उहाँलाई समर्थन गर्ने थियौं तर एमालेले त्यो गरेन सहकार्य टुटाउनकैलागि उहाँको नाम अघि नसारिएको हो जस्तोपनि हामीलाई लाग्छ ।' केही सिप नलागेपछि आफुहरु अन्तिम समयमा माधव नेपालको नाममा सहमत भएपनि एमालेले गृहमन्त्रीपनि मागेपछि सहकार्य टुट्ने स्थिति सिर्जना भएको बताए । उनका अनुसार अन्तिम समयमा एमालेका नेताहरुले राष्ट्रपति र गृहमन्त्री नै सहकार्यकालागि एमालेको 'बटमलाइन' हो भनेका थिए । प्रचण्डले भने- 'राष्ट्रपति पनि एमालेलाई गृहमन्त्रालयपनि एमालेलाई । यसो गर्दा चुनाव जित्ने हामी एमालेको भरिया र एमाले पो लाहुरे हुने भयो, गठबन्धन टुट्नुको एउटा प्रमुख कारण यो पनि हो।' राष्ट्रपतीय निर्वाचनका क्रममा सदनमा कांग्रेस-एमाले-फोरमको गठबन्धनको बहुमत देखिएको बताउँदै प्रचण्डले आफूहरुले अब सरकार गठनको दावी नगर्ने बताएका छन् । 'त्यो गठबन्धनका उम्मेदवारले बहुमत प्राप्त गरेपछि नैतिक दृष्टिले अब हामी सरकार गठनको नेतृत्व गर्न सक्ने अवस्थामा छैनौं' प्रचण्डले पत्रकार सम्मेलनमा भने- 'यो स्थितिमा राष्ट्रपतिले सरकार गठनकालागि त्यही गठबन्धनलाई आव्हान गर्नुपर्छ ।' तीन दलीय गठबन्धन टुटेमामात्र आफूहरुले सरकार गठनको प्रयास गर्ने उनले बताए । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||