|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
राष्ट्रपति डा. यादवलाई अर्को राजनीतिक निम्तो, यसपाली एमालेको शनिवारमात्र जनमुक्ति सेना नेपालको बार्षिकोत्सब कार्यक्रममा नजाने जानकारी पठाएका राष्ट्रपति डा. रामबरण यादवलाई अर्को त्यस्तै राजनीतिक निम्तो प्राप्त भएको छ । त्यो हो बुटवलमा हुने एमालेको आठौं महाधिवेशनको निम्तो । राष्ट्रपतिले भने एमालेको महाधिवेशनमापनि नजाने संकेत एमाले नेताहरुलाई दिएका छन् । एमालेको महाधिवेशन आगामी फागुन ५ देखि १० सम्म बुटवलमा हुँदैछ । महाधिवेशनकालागि एमालेले आइतबार राष्ट्रपति डा. रामबरण यादवलाई निम्तो दिएको थियो । निम्तोकालागि एमाले महासचिव झलनाथ खनाल, पूर्व महासचिव माधव नेपाल र स्थायी समिति सदस्य भरतमोहन अधिकारी राष्ट्रपति कार्यालय पुगेका थिए । एमाले महाधिवेशनमा आफूलाई सरिक हुने इच्छा भएपनि त्यस्ता कार्यक्रममा जान हुने वा नहुने भन्ने कुराको टुङ्गो राष्ट्रपति कार्यालयले लगाउने र आफूले त्यसै अनुसार गर्ने जानकारी राष्ट्रपति यादवले एमाले टोलीलाई दिएका थिए । एमालेले भने प्रमुख अतिथिको रुपमा सहभागी भैदिन आग्रह गरेको थियो । जानकारी अनुसार राष्ट्रपतिजस्तो उच्च मर्यादा र विवाद रहित स्थानमा रहनुपर्ने व्यक्तित्व कुनै राजनीतिक पार्टीको कार्यक्रममा जाँदा मर्यादा नरहने र विवादमासमेत परिने भएकाले राष्ट्रपतिको उपस्थिति एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा नहुने भएको छ । श्रोतले भन्यो- 'यसै मान्यताका आधारमा जनमुक्ति सेनाको वार्षिकोत्सबमापनि नजाने भनिएको हो ।' एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाईसमेत महाधिवेशन उद्घाटन समारोहमा अतिथिको रुपमा सहभाग हुने निम्तो आइतबारै दिएको छ । दुबै जनाले कार्यक्रममा भागलिने बताएका छन् । -Sitaram Baral in Kathmandu |
|
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||