सरकारको नीति तथा कार्यक्रममा बोल्न एमाले
सभासदहरुलाई प्रशिक्षण
काठमाडौँ, September 12, 2008-
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विषयमा बोल्न एमालेले
आफ्ना सभासदहरुलाई प्रशिक्षण दिएको छ ।
आफ्नो पार्टीको समेत संलग्नतामा तयार पारिएको नीति तथा कार्यक्रममा
मतक्यैता हुन नसकेपछि प्रशिक्षण दिनु परेको प्रमुख सचेतक पाण्डेले जानकारी
दिए ।
नेकपा एमाले संविधान सभा दलको उपनेतामा भीम आचार्य तथा प्रमुख सचेतकमा
सुरेन्द्र पाण्डे नियुक्त भएका छन् । संविधान सभा दलका तत्कालिन उपनेता
विष्णु पौडेल जलस्रोत मन्त्री भएपछि सो ठाउँमा आचार्यलाई ल्याइएको हो ।
यसअघिका प्रमुख सचेतक रामचन्द्र झा स्थानीय विकास मन्त्री भएपछि पाण्डेले
सो पद पाएका हुन् । मन्त्री मण्डलमा कर्णालीको नभएको भन्दै सार्वजनिक
रुपमै आक्रोस व्यक्त गरेका भीम रावलको नाम चर्चामा भएपनि उनले प्रमुख सचेतक
बन्न पाएनन् । महासचिव खनाल पक्षीय मानिने रावल र पाण्डे मध्ये पाण्डेलाई
स्थानीय विकास मन्त्रालय दिने तयारीले मूर्तरुप दिन सकेको थिएन।