|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
एमालेको महाधिवेशन फागुन पहिलो साता बुटवलमा हुने काठमाण्डौं, October 18, 2008- नेकपा एमालेको आउँदो महाधिवेशन फागुनको पहिलो साता बुटवलमा गर्न एमाले नेता भरत मोहन अधिकारीको संयोजकत्वमा ६१ सदस्यीय महाधिवेशन मूलतयारी समिति गठन गरिएको छ। नेकपा एमालेको आउँदो महाधिवेशनमा पार्टीको नाम फेर्नेबारे छलफल हुने भएको छ । हिजो सकिएको राष्ट्रिय कार्यकर्ता भेलाका निश्कर्षबारे जानकारी दिन कार्तिक २ गते आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव झलनाथ खनालले पार्टीको नाममा एमाले भन्ने शब्द हटाएर नेपाल कम्यूनिस्ट पार्टीमात्रै राख्नेबारे छलफल हुने जानकारी दिएका हुन् । सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा माओवादी भित्र पार्टीको नाम फेर्ने कि नफेर्ने भन्नेबारे बिबाद चलिरहँदा एमाले भित्र पनि यस्तो बहस शुरु भएको हो । २०३२ सालमा आफुलाई कम्यूनिस्ट पार्टी भनेर चिनाउने धेरै भएकोले आफ्नो पार्टीले पुच्छर हाल्न थालेको र अहिले एमाले सच्चा कम्यूनिस्ट भनेर पुष्टि भएकोले अब त्यसको आवश्यकता नभएको महासचिव खनालको भनाई थियो । राष्ट्रिय भेलाले राष्ट्रिय सरोकार र पार्टीसँग सम्बन्धित १९ वटा एजेन्डा पारित गरेको जानकारी गराइएको थियो । एमालेको राष्ट्रिय भेलाले पारित गरेका एजेन्डाहरुमा कोशी तटबन्ध भत्किएर भएको क्षतिको भारतसँग क्षतिपुर्ति माग्नुपर्ने, भारतबाट मिचिएका नेपाली भूमि फिर्ता गर्नुपर्ने, १९५० को सन्धि परिवर्तन गर्नुपर्ने, मुल्य बृद्धि र सामग्रीको अभाव हटाउनपर्ने लगायत उल्लेख छन् । यसैगरी विराटनगरका मस्जिदमा बम विस्फोट गराउनेहरुमाथि कारवाही गर्न, तराई र पुर्वी पहाडमा भइरहेका आपराधिक कृयाकलाप नियन्त्रण गर्न, एमाले कार्यकर्तामाथि राजनीतिक पुर्वाग्रह सहित लगाइएका मुद्दा फिर्ता गर्न, बिभिन्न पक्षबाट हत्या गरिएका एमाले कार्यकर्तालाई शहीद घोषणा गरेर राहत दिनु पर्ने एमालेको माग रहेको छ । एमालेले शान्ति सम्झौताअनुसार कब्जा गरिएका घरजग्गा फिर्ता गर्न, वाइसिएलको अर्धसैनिक संरचना परिवर्तन गर्न र बृटिश गोर्खा सैनिकका माग पुरा गराउन बेलायती सरकारसँग वार्ता गर्न सरकारसँग माग गरेको छ । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||