
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
'नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धि
खारेज गर्नु पर्छ।' -एमाले महासचिव
खनाल
काठमाण्डौं, November 5, 2008- नेकपा एमालेका महासचिव
झलनाथ खनालले विगतमा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धि खारेज
गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा एमालेको भूपू सैनिक विभागले पार्टी कार्यालय बल्खुमा मंगलबार गरेको
शुभकामना कार्यक्रममा महासचिव खनालले औचित्य सकिएकोले त्रिपक्षीय सन्धि
खारेज गर्नुपर्नेमा बताउनुभएको हो ।
अब बेलायत र भारत दुवैसँग अलग-अलग र स्वतन्त्र सन्धि हुने बताउँदै उहाँले
भन्नुभयो 'नेपालको जनशक्ति लैजानका लागि छुट्टाछुट्टै सन्धि गर्नुपर्ने
कुरा संविधान सभा बैठकमा उठाउने छौं ।'
सेना समायोजनका लागि विगतमा भएको सम्झौता विपरीत कांग्रेस र माओवादी दुवैले
अडान कायम राखे द्वन्द्व व्यवस्थापन नहुने उल्लेख गर्दै महासचिव खनालले
भन्नुभयो- 'स्थापित मान्यताअनुसार योग्य लडाकुलाई मात्र नेपाली सेनामा
समायोजन गर्ने, बाँकीलाई समाजमा पुनस्र्थापना गर्ने सहमति दलहरु बीच भएको
थियो ।'
नेपालको अर्थतन्त्रमा गोर्खा भूपू सैनिकहरुको उल्लेखनीय योगदान रहेको
उहाँले बताउनु भयो ।
उहाँले नेपालको अर्थतन्त्रका लागि भूपू गोर्खा सैनिकहरुले आर्थिक कोष
स्थापना गरेर उल्लेख्य योगदान पुर्याउन पनि आग्रह गर्नुभयो ।
-Khagendra Makhim in Kathmandu
|
|