Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
एमाले महासचिव खनालको यो प्रस्ताव किन अस्वीकृत भो?

काठमाण्डौं, October 13, 2008-केन्द्रीय कमिटी विघटन गरी महाधिवेशन आयोजनाकालागि आयोजक कमिटी बनाउने एमाले महासचिव झलनाथ खनालको प्रस्ताव एमालेको केन्द्रीय कमिटीले अस्वीकृत गरिदिएको छ ।

महाधिवेशन नजििकंदै जाँदा एमालेभित्रको शक्ति संघर्षलाई यो प्रकरणले बाहिर ल्याइदिएको छ । महासचिव बन्न खनाललाई साथ दिएका नेताहरु यसपटक खनालको यो प्रस्तावको विपक्षमा उभिएपछि उनी अप्ठ्यारोमा परका छन् ।

चुनावमा शर्मनाक पराजयका कारण तत्कालिन महासचिव माधव नेपालले राजिनामा दिएपछि खनाललाई महासचिव बनाइएको थियो । नेपालकै प्रस्तावमा खनाल पार्टी महासचिव बनाइएका थिए । बरिष्ठ नेता केपी ओलीलाई नेतृत्वमा आउन नदिन नेपालले खनालको नाम प्रस्ताव गरेका थिए । नेपालकै प्रस्तावका कारण खनाल सर्वसम्मत महासचिव बनेका थिए ।

पार्टी महासचिव भएलगत्तै खनालले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने धारणा अघि सार्दै आएका छन् । माओवादीको बढ्दो लहरबाट पार्टी जोगाउनकालागि पार्टीमा व्यापक पुनर्गठन गर्नुपर्ने खनालको धारणा छ । पार्टीको केन्द्रीय समितिमाबढि भन्दा बढि युवा पुस्तालाई नेतृत्वमा ल्याउने योजना उनले बनाएका थिए ।

यसै योजनाअनुसार केन्द्रीय कमिटी विघटन गरी महाधिवेशन आयोजक कमिटी बनाउने प्रस्ताव उनले गरेका थिए । यसका अलवा आयोजक कमिटी बनाई पार्टीभित्र आफू थप शक्तिशाली हुने उनको भित्री योजनापनि थियो । बर्तमान केन्द्रीय कमिटी विघटन गरी महाधिवेशन आयोजक समितिमा आफू निकटका युवा नेताहरुलाई ल्याउने उनको योजना थियो ।

ओलीलाई पार्टीको नेतृत्व सम्हाल्न दिनबाट रोक्न निवर्तमान महासचिव नेपालदेखि बामदेव गौतमसम्मका नेताहरु खनाललाई महासचिव बनाउन लागेपनि केन्द्रीय कमिटी विघटन गरी आयोजक समिति बनाउने खनालको प्रस्तावमा उनीहरु सबै विपक्षमा देखिए । आयोजक समितिको हैसियतपनि केन्द्रीय कमिटीकै बराबर भएकाले उनीहर हच्किएका हुन् ।

खनाल आगामी महाधिवेशनबाट महासचिव हुने योजनामा छन् । महाधिवेशन आयोजक समितिमा आफ्ना पक्षका थप नेताहरुलाई सामेल गर्न सके फेरिपनि महासचिव हुन पाइने उनको विश्लेषण छ । किनभने आफ्ना पक्षकाहरुलाई अहिल्यै आयोजक समितिमा राख्न सके महाधिवेशनबाट चुनिएर आउन उनीहरुलाई सजिलो पर्नेछ । एमालेको विधान परिवर्तन नभएर तिनै निर्वाचित केन्द्रीय सदस्यहरुले नै पार्टीको नयाँ महासचिव छान्न पाउनेछन् ।

केन्द्रीय कमिटी विघटन गरेपछि बन्ने महाधिवेशन आयोजक समितिमा आफ्ना मान्छेहरु ल्याएर फेरि महासचिव बन्ने खनालको आसय बुझेपछि यसै आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा निवर्तमान महासचिव नेपाल र बरिष्ठ नेताहरु ओली, गौतमलगायतका नेताहरुले खनालको सो प्रस्तावको विरोध गरेका थिए । त्यसैकारण केन्द्रीय कमिटीबाट खनालको प्रस्ताव अस्वीकृत हुन पुग्यो ।

  सोमबार सम्पन्न एमाले केन्द्रीय कमिटीबाट सबैभन्दा महत्वपूर्ण सो प्रस्ताव अस्वीकृत गरेर प्रतिवेदनलाई ससोधनसहित एमाले केन्द्रीय कमिटीले पास गरिदिएको छ । जानकारीअनुसार नेपाल, ओली र गौतमका अलवा भरतमोहन अधिकारी लगायतका बृद्ध नेताहरुलेपनि खनालको प्रस्तावप्रति असहमती जनाएका थिए । किनभने नयाँ पुस्ताका नेताहरुलाई आयोजक समितिमा ल्याइने भएपछि बृद्ध नेताहरुले केन्द्रीय समितिबाट हात धुनु पर्थ्यो ।

जे होस्, फेरि महासचिव बन्न खनालले गरेको प्रारम्भिक प्रयास यसपटकका लागि असफल भएको छ । निवर्तमान महासचिव नेपाल र अर्का नेता केपी ओली हालसम्म नेतृत्वको प्रतिस्पर्धामा रहेपनि यो प्रकरणले नेपाल, खनाल, ओली र गौतमबीच पो प्रतिस्पर्धा हुने हो कि भन्ने आशंका कार्यकर्ताहरुले गर्न थालेका छन् ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®