|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
एमालेका पूर्व सांसद राष्ट्रिय प्रजातन्त्र
पार्टीतिर काठमाण्डौ, January 21, 2009- दुई कम्युनिष्ट पार्टी माओवादी र एमाले एकअर्काको कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउन कम्बर कसेर लागेका बेला नेकपा एमालेका एकजना पूर्व सांसदलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूतिर आकर्षित गर्न सफल भएको छ । डोल्पाबाट ०५६ को निर्वाचनमा निर्वाचित एमाले सांसद नरबहादुर बुढाथोकीसहित म्याग्दीका पूर्व रापंस भीमप्रसाद गौचन राप्रपा प्रवेश गर्न लागेका हुन् । उनीपनि २०५५ मा एमालेमा प्रवेश गरेका थिए । एमाले प्रवेश गरेपनि शाही शासनलाई दुबैले समर्थन गरेका थिए । पार्टी प्रवेश लगत्तै आशा गरे अनुसारको जिम्मेवारी नदिएका कारण गौचन उतिबेलै देखि एमालेसँग असन्तुष्ट थिए । उता पन्चायती शासन कालमा बदनाम अनुहारहरुलाई पार्टीमा प्रवेश गराएको भन्दै एमाले नेतृत्व आलोचित समेत बनेको थियो । त्यसैले दुबै जना पाखा लागेको अनुभव गर्दै थिए । यसैबीच भएको शाही कदमको फाइदा उठाउँदै दुबैले सो कदमको समर्थन गर्न पुगे । उनीहरुसँगै राष्ट्रिय जनशक्ति पार्टीका पूर्व नेता बुद्धिमान तामाङसमेत राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपा विभाजन गरी राष्ट्रिय जनशक्ति पार्टी खोल्नमा तामाङ्गको निकै ठूलो भूमिका थियो । तर संविधान सभा निर्वाचनमा पार्टीले समानुपातिक कोटाबाट सभासद् नबनाएपछि उनीपनि पार्टीसँग असन्तुष्ट थिए । पार्टी प्रवेश गर्न लागेका तीनैजनालाई पार्टीको केन्द्रीय सदस्य बनाउन अध्यक्ष पशुपतिसमशेर सहमत भएको श्रोतले बताएको छ । राप्रपा र सूर्यबहादुर थापाले नेतृत्व गरेको राष्ट्रिय जनशक्ति पार्टीबीचको एकता प्रकि्रया अन्तिम टुंगोमा पुगेको चर्चा चलिरहेका बेला पार्टी एकता पूर्व नै बुढाथोकी, गौचन र तामाङ्गको पार्टी प्रवेशको मूल कारण 'अवसरको चाँडो खोजी' लाई मानिएको छ । राप्रपा श्रोतले भन्यो- 'पार्टी एकता भैसकेपछि प्रवेश गरे भने माग गरेजस्तो जिम्मेवारी नपाउन सक्छन् त्यसैले पहिल्यै प्रवेश गरेर उनीहरुले केन्द्रीय सदस्यको जिम्मेवारी सुरक्षित गर्न खोजेका हुन् ।' -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||