Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

एमालेको आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने विधान कस्तो छ?



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काठमाण्डौ, 29 Jan, 09- आगामी फागुन दोश्रो हप्ता बुटवलमा हुने नेकपा एमालेको आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको विधान तैयार भएको छ । पार्टी महाधिवेशनमा प्रस्तुत गरिने विधानको सम्पूर्ण अंश यूएस नेपाल अनलाइनले फेला पारेको छ ।

विधान मस्यौदा समितिको जिम्मेवारी एमालेले स्थायी समिति सदस्य अमृतकुमार बोहोरालाई दिएको थियो ।

बोहोराले तैयार पारेको पार्टी विधानमा पार्टीको प्रमुख कार्यकारी निकायमा कोहीपनि लगातार दुई कार्यकाल भन्दा बढि रहन नपाउने व्यवस्था गरिएको छ । यसै गरी पार्टीको नीति निर्माणमा सहयोग पुर्याउन प्रतिनिधि परिषद्को व्यवस्थासमेत गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्स्रवादी-लेनिनवादी को आठौं राष्ट्रिय महाधिवेशन
'फागुन ५-१० २०६५ (February 16-21, 2009)
बुटबलमा प्रस्तुत गरिने

विधान संशोधन प्रस्ताव
केन्द्रीय कमिटी
नेकपा एमाले

प्रकाशक: नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

विधान संशोधन प्रस्तावको औचित्य र आवश्यकता

पार्टीको संगठनात्मक प्रणालीलाई संस्थागत रुपमा संचालन गर्न पाँचौ राष्ट्रिय महाधिवेशन पश्चात् बदलिदो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशलाई समेत ध्यानमा राखी तदअनुरुप पार्टी विधान पारित गरिएको थियो । त्यस विधानमा छैटौं र सातौं राष्ट्रिय महाधिवेशनले समयानुकूल संशोधन र परिमार्जन गरेको थियो । सातौं राष्ट्रिय महाधिवेशनपछि देशमा ठूला-ठूला ऐतिहासिक परिवर्तन भएका छन् । राज्यको पुनःसंरचना र लोकतान्त्रिकरणको प्रकि्रया लगायतका महत्वपूर्ण काम सम्पन्न गर्नको लागि सोही अनुरुपको पार्टी संगठनात्मक प्रणाली आवश्यक भएको छ । विद्यमान सम्भावनाहरुको पूर्णरुपमा उपयोग र चुनौतीहरुको सामना गर्न पार्टी संगठन तथा यस अन्तर्गतका जनवर्गीय संगठनहरुलाई अनुशासित र कुशलतापूर्वक योग्यता र क्षमताका साथ संचालन गर्नु आवश्यक छ । यही तथ्यलाई ध्यानमा राख्दै हामीले पार्टी सदस्यता प्रणाली बहुपदीय प्रणाली केन्द्रीय निकायहरु विशेषतः अनुशासन र लेखासम्बन्धी निकायलाई तिनको नामसमेत परिवर्तन गरी अधिकार सम्पन्न बनाउने सबै तहका नेताहरुले पार्टी सदस्यहरुप्रति उत्तरदायी हुनको लागि आ-आफ्नो स्तरका महाधिवेशन वा अधिवेशनमा प्रतिनिधि बन्न निर्वाचति हुनु पर्ने निर्वाचन क्षेत्रस्तरको कमिटीलाई प्रभावकारी बनाउने केन्द्रीय कमिटीका कामहरुलाई आवधिक रुपमा समीक्षा र मूल्याङ्कन गर्नको लागि राष्ट्रिय प्रतिनिधि परिषद्को व्यवस्था गर्ने आदि लगायतका विभिन्न विषयमा विधानमा व्यवस्था गर्दै त्यसको लागि आवश्यक संशोधन र परिमार्जन गरिएको छ ।
 
पार्टी संगठन संचालनका सम्बन्धमा पार्टी विधानमा संशोधन र परिमार्जन गर्न राष्ट्रिय महाधिवेशनमा पर्याप्त समय नहुने र प्रतिनिधिहरुको ध्यान संगठनात्मक प्रणाली तर्फ यथोचित रुपमा नजाने भएकोले राष्ट्रिय प्रतिनिधि परिषद्को वर्षमा एकपटक हुने बैठकमा आवश्यकता अनुसार पार्टी विधान संशोधनको प्रकि्रया अगाडि बढाउने व्यवस्था प्रस्तावित गरिएको छ । यसबाट पार्टी संगठनका सबै पक्षहरुमा पर्याप्त छलफल भई पार्टी संगठनलाई अझ प्रभावकारी तुल्याउन योगदान पुग्न सक्नेछ ।

पार्टी संगठनको प्रभावकारी संचालनको लागि जति राजनीतिक-सैद्धान्तिक स्पष्टता कार्यक्रमको मार्ग निर्देशन र परिस्थितिको वस्तुगत विश्लेषण आवश्यक हुन्छ त्यति नै सुस्पष्ट संगठनात्मक प्रणाली अनुशासन र नियमसंगत संचालन विधि आवश्यक हुन्छ । माक्स्रवाद-लेनिनवाद र जनताको बहुदलीय जनबादको मार्ग निर्देशमा संचालित नेकपा एमाले जस्तो पार्टीले झनै वैज्ञानिक तथा जिम्मेवारपूर्ण संगठनात्मक पद्धति अनुरुप आफूलाई संचालन गर्दै देश र जनताप्रतिको दायित्व पूरा गर्नु पर्दछ । यसरी मात्रै पार्टीले सबल पूर्णरुपमा सार्वभौम स्वाधीन सबल र समृद्ध नेपालको निर्माण गर्नसक्छ । वर्तमान संक्रमणकालमा राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्दै जनताका इच्छा र आकांक्षा अनुरुप आन्दोलनका प्रत्येक मोर्चामा जनताको नेतृत्व गर्न तथा जनसमुदायसंग एकाकार हुँदै समयका चुनौतीहरुको सफलताका साथ सामना गर्न सकिन्छ । यही उद्देश्यका साथ सातौं राष्ट्रिय महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन र परिमार्जनका लागि यो संशोधन प्रस्ताव प्रस्तुत गरिएको छ । संशोधन प्रस्तावमा पार्टीको झण्डा नाम लगायत कतिपय कुराहरु यथावत् राखिएका छन् । साथै समयाभावका कारण विधानमा भएको साबिकको व्यवस्था र संशोधन-परिमार्जन गरिएको व्यवस्थाको तुलनात्मक प्रस्तुति गरिएको छैन तथा विधानका धाराहरुमा प्रयोग हुने भाषा छलफल पश्चात् समृद्ध गर्ने गरी नीतिगत कुराहरु मात्र उल्लेख गरिएका छन् । महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुबाट यसमा गहन छलफल हुने र आवश्यक सुझावका साथ यो प्रस्ताव पारित हुने अपेक्षा हामीले गरेका छौं ।
हार्दिक अभिवादन सहित !

१४ माघ २०६५


अमृतकुमार बोहरा
प्रमुख
संगठन विभाग

पार्टी महाधिवेशनमा प्रस्तुत गरिनविधानको सम्पूर्ण अंश पढ्नुहोस्:
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®