एमालेको दोहोरा भूमिकाकै कारण सरकार संचालनमा
कठिनाई
काठमाण्डौं, January 4, 2009- सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रिय
सचिवालय बैठकले सत्ता साझेदार दल एमालेको दोहोरा भूमिकाकै कारण सरकार
संचालनमा कठिनाई उत्पन्न भएको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुस २० गते बसेको बैठकका सहभागी सचिवालय
सदस्य सिपि गजुरेलले एमालेको व्यवहारको विषयमा पार्टी नेतृत्वले भोलि विहान
एमाले शिर्ष नेताहरुसँग छलफल गर्ने तय भएको जानकारी दिए ।
यस्तै नेकपा एकता केन्द्र मशालसंगको एकताको विषयलाई पुर्णता दिने र एकता
केन्द्र सँग २९ गते एकिकरण घोषणा गरिने समेत निर्णय गरेको छ । एकता
केन्द्रले यसअघि नै माओवादीसँग पार्टी एकिकरण गर्ने निर्णय गरीसकेको छ ।
यसैगरी बैठकले माओवादी केन्द्रिय समितिकेा बैठक यहि पुष २७ गते गर्ने निर्ण
पनि गरेको छ ।