|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
Special photo feature coming up... |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
एमालेको अध्यक्ष पदकालागि झलनाथ खनाल, माधब नेपाल र केपी शर्मा
ओली काठमाण्डौ, 16 Feb, 09- सोमबारदेखि सुरु भएको नेकपा एमालेको बुटवल अधिबेशनमा पार्टीको कार्यकारी पद अध्यक्षकालागि बरिष्ठ नेताहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ । अहिलेसम्म महासचिवलाई कार्यकारी मानेको एमालेको आठौं महाधिवेशनपछि अध्यक्ष पदलाई कार्यकारी मान्ने भएपछि सो पदमा आफू चयन हुन तीन बरिष्ठ नेताहरु कम्बर कसेर लागेका छन् । नेताहरुबीचको प्रतिस्पर्धाका कारण एमाले महाधिवेशनले बिगतमा भन्दा बढि चर्चा पाएको छ । महासचिव झलनाथ खनाल, निवर्तमान महासचिव माधब नेपाल र स्थायी समिति सदस्य केपी शर्मा ओलीले अध्यक्ष पदकालागि दावी गरेका छन् । अध्यक्ष पदकालागि औपचारिक घोषणा नगरेपनि उनीहरुले पार्टीको सर्बोच्च पदमा योग्य नेता पुग्नुपर्ने र सोकालागि आफू योग्य भएको बताउने गरेका छन् । आफू अध्यक्ष बन्नकालागि उनीहरुले सहमतिको खोजीपनि गरेका छन् । बताइए अनुसार शीर्ष नेतृत्वमा पुग्नकालागि उनीहरुले लविङ्गसमेत सुरु गरिसकेका छन् । महासचिव खनाल आफू अध्यक्ष हुने र उपाध्यक्ष वा महासचिव नेपाल वा ओलीलाई बनाउने योजनामा छन् । नेपालको योजनापनि यस्तै छ- आफू अध्यक्ष हुने उपाध्यक्ष वा महासचिवमा खनाल वा ओलीलाई बनाउने । ओलीलेपनि आफू अध्यक्ष बनेर नेपाल वा खनाललाई उपाध्यक्ष वा महासचिव बनाउन सकिने योजना आफ्ना कार्यकर्ताहरुलाई सुनाउने गरेका छन् । तीनै नेता अहिलेसम्म टसकामस नभएकाले निर्वाचनको सम्भावना बढेको छ । एमालेले पहिलो पटक आफ्नो विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था गर्दैछ । पार्टीको अध्यक्ष जो बन्छ यो पद कार्यकारी अधिकारसहितको भएकाले त्यही व्यक्ति पार्टीमा शक्तिशाली हुने निश्चितप्राय भएकाले नेताहरुबीच यो पद हत्याउन हानथाप भएको हो । हालसम्म शक्तिशाली मानिएको महासचिव पद भने अहिले चर्चाहीन बनेको छ । यो पदमा स्थायी समिति सदस्य प्रदीप नेपालबाहेक कसैलेपनि उम्मेदवारी घोषणा गरेका छैनन् । एमालेको प्रमुख नेतृत्वमा को पुग्छ भन्ने कुराले सरकारको आयु निर्धारण गर्नेछ । महासचिव खनाल एमालेसहित माओवादीको नेतृत्वमा रहेको सरकारको विकल्प नभएको धारणा राख्छन् भने ओलीले माओवादीको नेतृत्वमा सरकारमा एमाले बस्न नहुने धारणा राख्दै आएका छन् । नेपाल भने यस मामिलामा ढुलमुले छन् । ओली अध्यक्षमा निर्वाचित भएमा माओवादी नेतृत्वको सरकारबाट एमाले हट्ने निश्चितप्रायजस्तै छ । -Sitaram Baral in Kathmandu |
|
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||