|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'गर्हौं भारी बोकाउँछन् भनेपनि बोक्छु, हलुका भारी बोकाएपनि
बोक्छु तर बीचको भारी बोक्न भने म तैयार छैन ।' - एमालेको अध्यक्ष
पदका उमेदवार झलनाथ खनाल काठमाण्डौ, 19 Feb, 09- एमालेको शक्तिशाली अध्यक्ष पदमा निवर्तमान महासचिव झलनाथ खनालले उम्मेदवारीको घोषणा गरेका छन् । चालु महाधिवेशनमा बुधबार केन्द्रीय कमिटीको विघटन गरिएलगत्तै सन्चारकर्मीहरुसँगको कुराकानीमा खनालले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले कि आफू अध्यक्ष बन्ने, नभए तल्लो तहमा बसेर काम गर्न तैयार रहेको खुलाशापनि उनले गरेका छन् । आफू अध्यक्ष बन्ने गरी तीन बरिष्ठ नेताहरु: निवर्तमान महासचिव खनाल, पूर्व महासचिव माधव नेपाल र स्थायी समिति सदस्य केपी शर्मा ओलीले सहमतिको प्रयास गरिहेका बेला खनालले अध्यक्षमा उम्मेदवारीको घोषणा गरेपछि सहमतिको सम्भावना अब टरेको छ । आफै अध्यक्ष बन्ने धुनमा रहेका पूर्व महासचिव खनालले उम्मेदवारी घोषणा गरेपछि अध्यक्षकालागि पछि हटेका छन् । अब खनाल र ओलीबीच प्रतिस्पर्धा हुने पक्कापक्कीजस्तै भएको छ । खनालले आफूलाई पार्टीका बहुसंख्यक कार्यकर्ताले अध्यक्षमा उम्मेदवारी दिन दबाब दिएको दावी गर्दै बुधबार उम्मेदवारीको घोषणा गरेका हुन् । 'मैले धेरै कार्यकर्ताहरुसँग सल्लाह गरेर यो निर्णय लिएको हुँ' खनालले भने- 'सबैले अध्यक्षमा उठ्न दबाव दिएकाले कार्यकर्ताको भावना प्रतिनिधित्व गरेको हुँ ।' 'कार्यकर्ताहरुले जस्तो भारी बोकाउँछन् त्यो भारी बोक्न म तैयार छु' उनले थपे- 'गर्हौं भारी बोकाउँछन् भनेपनि बोक्छु, हलुका भारी बोकाएपनि बोक्छु तर बीचको भारी बोक्न भने म तैयार छैन ।' यसरी उनले पार्टीको उपाध्यक्ष वा महासचिव बन्न तैयार नभएको बरु अध्यक्ष नभए साधारण सदस्यको जिम्मेवारी बोक्न तैयार भएको जनाउ उनले दिएका छन् । एमालेको अध्यक्षलगायतका अन्य पद महाधिवेशनका प्रतिनिधिहरुको प्रत्यक्ष मतबाट चयन गर्ने वा केन्द्रीय सदस्यहरुको चुनाव गरी चुनिएका केन्द्रीय सदस्यहरुबाट गर्ने भन्ने कुराको तय भएको छैन । केन्द्रीय कमिटीको तर्फबाट महासचिव खनालले पेश गरेको प्रतिवेदनमा केन्द्रीय सदस्यहरुबाट अध्यक्ष लगायतका पदाधिकारीहरुको चयन गर्ने कुरा उल्लेख छ । तर केही युवा नेताहरुले भने प्रत्यक्ष मतदानबाट चुनिनुपर्ने पुरक प्रस्ताव राखेका छन् जसलाई महासचिव खनाललगायतका नेताहरुको समेत अप्रत्यक्ष समर्थन रहेको बताइन्छ । पार्टीलाई लोकतान्त्रिकरण गर्न अध्यक्ष लगायतका बहुपदहरुको सिर्जना गर्नुपर्ने धारणा भने ओलीले गत सातौं महाधिवेशनमा ल्याएका थिए । त्यसैले यो धारणा अघि सार्ने ओलीले अध्यक्षको जिम्मेवारी पाउनुपर्ने तर्क ओली पक्षधरहरुले गर्दै आएका छन् । अध्यक्षमा खनालको उम्मेदवारी घोषणापछि एमालेमा पूर्व महासचिव माधव नेपालको युग समाप्त भएको देखिएको छ । संविधान सभा चुनावमा माओवादीका साधारण उम्मेदवारबाट रौतहट तथा काठमाडौंका दुई निर्वाचनमा हारेपछि महासचिवबाट राजिनामा दिएपनि पार्टीभित्र नेपाल नै शक्तिशाली रहेको मािनंदै आएको थियो । उनी सहमतिबाटै अध्यक्ष बन्न चाहिरहेका थिए । |
|
|
तर खनालले उम्मेदवारी घोषणा गरेपछि सहमतिबाट अध्यक्ष बन्ने उनको चाहना
पुरा नहुने भएको छ । खनालसँग प्रतिस्पर्धा गर्दा पराजित भएमा राजनीतिक
रुपले आफू झन पछि पर्ने चिन्ता नेपाललाई छ । त्यसैले खनाललाई अध्यक्ष बन्न
नदिन उनले ओलीलाई अध्यक्षमा समर्थन गर्ने भएका छन् । खनाल वा ओली- जो
अध्यक्ष भएपनि आठौं महाधिवेशनपछि एमालेमा पहिलेजस्तो माधव नेपालको पकड रहने
छैन। -Sitaram Baral in Kathmandu |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||