|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
एमाले केन्द्रिय सल्लाहकार कमिटीले उपराष्ट्रपति झाको राजिनामा माग काठमाडौं, July 28, 2008- नेपाल वार एसोसिएसनले उपराष्ट्रपति परमानन्द झालाई पुन: नेपाली भाषामा सपथ खाएर शपथसम्बन्धी विवादको अन्त्य गर्न सुझाव दिएको छ भने एमाले केन्द्रीय सल्लाहकार कमिटीले उपराष्ट्रपति झाको राजिनामा माग गरेको छ । वार एसोसिएसनले सर्बोच्च अदालतलाई कानूनी सल्लाह दिने हैसियत राख्छ भने एमालेको सल्लाहकार कमिटीले केन्द्रीय कमिटीलाई आवस्यक सल्लाह दिने गर्छ । उपराष्ट्रपति झाको विरुद्धमा परेको मुद्धामा आजै सर्बोच्च अदालतले निर्णय सुनाउँदैछ । निर्णयको पूर्वसन्ध्यामा नेपाल वार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनाली र महासचिव रमणकुमार श्रेष्ठले विज्ञप्ती जारी गर्दै सम्बैधानिक प्रावधान बमोजिम उपराष्ट्रपतिले नेपालीमा सपथ खानुपर्ने बताएका हुन् । वारको विज्ञप्तिपछि सर्बोच्च अदालतलॆ हिन्दी भाषाको सपथ ग्रहणलाई अवैध घोषणा गर्दै नेपाली भाषामा पुन: शपथ ग्रहण गराउन आदेश जारी गर्ने सम्भावना बढेको छ । फोरमको उम्मेदवार बनेर उपराष्ट्रपतिमा निर्वाचित झाले एमालेसमेतको समर्थन पाएका थिए । तर एमालेको सल्लाहकार कमिटीले राजिनामा माग गरेपछि एमाले महासचिव झलनाथ खनालसमेत नैतिकरुपले अप्ठ्यारोमा परेका छन् । एमाले सल्लाहकार कमिटीले झाले हिन्दी भाषामा शपथ गरेकोमात्र होइन उनको विगतपनि विवादास्पद रहेको भन्दै राजिनामा माग गरेको हो । आफू महासचिवमा टिकिरहन दुई स्थानबाट संविधान सभामा पराजित माधव नेपाललाई राष्ट्रपतिमा निर्वाचित गर्न माओवादी राजी नभएपछि खनालले माओवादीसँगको सहकार्य भंग गर्दै राष्ट्रपतिमा कांग्रेसका डा. रामबरण यादव र उपराष्ट्रपतिमा फोरमका झालाई समर्थन गर्न पुगेका थिए । केन्द्रीय सल्लाहकार कमिटीको सुझाव बमोजिम महासचिव खनाललेपनि झाको राजिनामा माग्छन् वा माग्दैनन् हेर्न बाँकी छ । आइतवारपनि देशका विभिन्न भाग लगायत राजधानीमा झा विरोधी प्रदर्शन भए । प्रदर्शनकाकारण उपराष्ट्रपति झालाई सुरक्षाकर्मीहरुले चोरबाटोबाट बहादुर भवनस्थित उपराष्ट्रपतिको कार्यालयमा पुर्याएका थिए । सर्वसाधारणले एकतर्फी बाटोमा सवारी साधन चलाउँदा ट्राफिक नियम लाग्ने भएपनि उनकालागि यो ट्राफिक नियम लागू भएन । उपराष्ट्रपति झाको कार्य सन्चालनको पहिलो दिन यसरी सवारीसम्बन्धी प्रचलित नियम उल्लंघनबाट सुरु भएको छ । के नियम ठूला मान्छेलाई लाग्दैन भन्ने प्रश्न फेरि सिर्जना भएको छ । शाही कालमा राजपरिवारका सदस्यहरुलाईपनि यसैगरी ट्राफिक नियम उल्लंघन गर्दै निर्धारित स्थानमा पुर्याइने गरिन्थ्यो । राजधानीमा भैरहेका उपराष्ट्रपति झाविरोधी विरोध प्रदर्शनकै कारण रिपोटस्र क्लवले आयोजना गरेको साक्षात्कार कार्यक्रममापनि झा उपस्थित हुन सकेनन् । अन्तिम समयमा सुरक्षाकर्मीहरुले झालाई कार्यक्रमस्थलमा ल्याउन नसकिने जानकारी दिएका थिए । क्लवमा झा आउने थाहा पाएपछि विद्यार्थीहरुले पुतलीसडक वरपर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए । |
|
|
उता मधेशवादी दलहरुले भने भाषा र भेषभूषाको आधारमा राजनीतिक दलहरुले राजनीति सुरु गर्न खोजेको आरोप लगाएका छन् । आइतबार संविधान सभाको बैठकमा बोल्दै फोरम अध्यक्ष उपेन्द्र यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका नेता ह्दयेश त्रिपाठीले उपराष्ट्रपतिले हिन्दी भाषामा लिएको शपथ विरुद्धमा भैरहेको प्रदर्शनको विरोध गरेका थिए । आज सर्बोच्च अदालतले उपराष्ट्रपति झाले हिन्दीमा गरेका सपथ ग्रहणको पक्ष वा विपक्ष- जेमा फैसला गरेपनि यो विषय विवादित बनिरहने सम्भावना देखिएको छ । झाकै पक्षमा सर्बोच्चले फैसला गर्यो भने झाको विरुद्धमा प्रदर्शन गरिरहेकाहरु अरु उत्तेजित हुनेछन् भने विपक्षमा फैसला गरेमा मधेशवादी दलहरु आन्दोलित हुने सम्भावना छ । यसरी उपराष्ट्रपति झा समस्यैसमस्या बनेका छन् । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||