|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
एमालेको धनी उमेद्वार निर्वाचन आयोगको कार्वाहीमा काठमाण्डौं, 27 Mar, 09-
धनुषा- ५ को उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिएका एमालेका
केन्द्रीय सदस्य रघुबीर महासेठ निर्वाचन आयोगको कार्वाहीमा पर्ने भएका छन्
।आचार संहिता तोडेको अभियोगमा निर्वाचन आयोगले उनलाई कार्वाही गर्ने भएको हो । महासेठ उपनिर्वाचनमा कार्वाहीमा पर्ने पहिलो उम्मेदवार भएका छन् । निर्वाचन आयोगले उनीमाथि उप-निर्वाचनमा आचार संहिता विपरित रंगीन पोष्ट प्रयोग गरेको आरोप लगाएको छ । रंगीन फोटो अंकित महंगो पोष्टर प्रयोग गरेर एमाले उम्मेदवार महासेठले आचार संहिता तोडेको बताउँदै धनुषा- ५ का निर्वाचन अधिकृतलाई महासेठमाथि कार्वाहीको आदेश दिएको छ । महासेठ उप निर्वाचनमा खडा भएका उम्मेदवार मध्ये सबैभन्दा धनी मानिन्छन् । संविधान सभा निर्वाचनमा धनुषा- ४ बाट पराजित भएका महासेठ गैर आवासीय नेपाली संघका अध्यक्ष उपेन्द्र महतोका बहिनी ज्वाईं हुन् । एमालेले महतोको आर्थिक हैसियतप्रति मध्यनजर गर्दै महतोकी बहिनी तथा महासेठकी धर्मपत्नी जुलीकुमारी महतोलाई संविधान सभा सदस्यसमेत बनाएको छ । संविधान सभा निर्वाचनमा पराजित भएपनि पैसाकै आडमा उनलाई उपनिर्वाचनमापनि टिकट दिइएको र उनकी श्रीमतिलाई पनि समानुपातिक क्षेत्रबाट संविधान सभा सदस्य बनाइएको आरोप लाग्दै आएको छ । स्थानीय विकास मन्त्रीसमेत रहेका रामचन्द्र झाले जुलीलाई सभासद् बनाइएपछि असन्तुष्टी प्रकट गर्दै पार्टी केन्द्रीय सदस्यबाट राजिनामा समेत दिएका थिए । निर्वाचन आयोगले संविधान सभा निर्वाचनमा खडा भएका एउटा उम्मेदवारलाई प्रयोग गर्न दिइने गाडी अर्काे उम्मेदवारले प्रयोग गरेमा गाडी जफत गरी दुबै उम्मेदवारमाथि कार्वाही गर्न सबै उपनिर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई निर्देशन दिएको छ । पार्टीहरुले धेरै गाडी प्रयोग गर्न 'डमी' उम्मेदवार खडा गर्ने प्रबृति रहेकाले निर्वाचन आयोगले यस्तो निर्देशन दिएको हो । फोटो- एमाले उम्मेदवार रघुबीर महासेठ -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||