काठमाडौँ, September 10, 2008-
नेकपा एमालेको आठौं महाधिवेशन आगामी फागुनमा हुने भएको छ ।
मंसिरमा हुने भएको महाविधेशसन संगठन विस्तारको लागि फागुन ५ देखि १० गते
सम्म काठमाडौंमा गरिने महासचिव झलनाथ खनालले जानकारी दिए । महाधिवेशन कहिले
गर्ने भन्ने बारेमा तीव्र विवाद भएकै कारण वैठक लम्बिएको स्रोतले बताएको छ
।
आफ्नै पार्टीको नेता वामदेव गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको
एमालेले राष्ट्रको सुरक्षा नीति अत्यन्त कमजोर र संवेदनशील भएको निश्कर्ष
निकालेको छ ।
केन्द्रीय समितिको वैठकबाट पारित निर्णय सार्वजनिक गर्दै महासचिव खनालले
भने 'हामीले प्रस्तुत गरेका ५० मध्ये अधिकांश बुँदा सरकारको नीति तथा
कार्यक्रममा समेटिएका छन् । यसको कार्यान्वयन हुन सके सरकारले स्थायीत्व
पाउने छ ।'
वैठकले कोशी पिडितहरुका लागि अल्पकालिन, मध्ये कालिन र दीर्घकालीन योजना
बनाएर राहत कार्यक्रम ल्याउन आग्रह गरेको छ । वृद्ध तथा विद्यवा भत्ता ५ सय
तथा गाविसमा दिइने रकम २५ लाख पुर्याउनु पर्ने सो पार्टीको ठहर रहेको छ ।