|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
एमाले आठौँ महाधिवेशनको मूल नारा: |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'यथास्थिति अराजकता र विखण्डका विरुद्ध आठौँ महाधिवेशन:
राष्ट्रिय एकता, सामाजिक रुपान्तरण र संघीय लोकतान्त्रिक गणतन्त्रका लागि
नयाँ संविधान' काठमाण्डौं, December 26, 2008- सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले आगामी फागुनको पहिलो हप्ता बुटबलमा हुने पार्टीको आठौँ महाधिवेशनको मूल नारा तय गरेको छ । सो महाधिवेशनको नारा 'यथास्थिति अराजकता र विखण्डका विरुद्ध आठौँ महाधिवेशन: राष्ट्रिय एकता, सामाजिक रुपान्तरण र संघीय लोकतान्त्रिक गणतन्त्रका लागि नयाँ संविधान' भन्ने तय गरिएको छ । द्धन्दकालमा मारिएका सात हजार भन्दा बढि ब्यक्तिलाई शहीद घोषणा गर्न बुधबारको मन्त्री परिषद्मा पेश गरिएको प्रस्तावप्रति एमालेको विहीबार सम्पन्न बैठकले असन्तुष्टि जाहेर गरेको छ । सोही समाचारका विषयलाई लिएर विहीबारको एमाले केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले कुरा उठाएका थिए । अधिकांस केन्द्रीय सदस्यहरुले मन्त्री परिषद्मा पेश गरिएको सो प्रस्तावको विरोध गरेपछि 'द्वन्द्वकालमा मारिएका सबै पक्षका मानिसहरुको बारेमा विस्तृत रुपले अध्ययन र छानबिन गरेर मात्र सहिदहरुको निक्र्यौल गर्नुपर्ने र यस विषयलाई व्यापक छलफल र छानबिनपछि मात्र अगाडि बढाउनुपर्ने' निर्णय एमालेको बैठकले गरेको छ । जानकारी अनुसार गृहमन्त्री बामदेब गौतमले शहीदका रुपमा प्रस्तावित नामहरु गृहमन्त्रालयले नभै शान्ति मन्त्रालयले पेश गरेको स्पष्टिकरण दिएका थिए । एमालेका केन्द्रीय सदस्यहरुले माओवादी जिल्ला संगठन समितिहरुको सिफारिशमा प्रस्तुत गरिएका कैयौँ नामहरु अत्यन्त विवादास्पद र आलोच्य रहेको भन्दै प्रस्ताव लिन फिर्ता लिन माग गरेका थिए । बाइसौं बैठकको रुपमा लिइएको सो बैठकको अन्तिम दिन विहीबार महासचिव झलनाथ खनालले विहीबार विहान माओवादी नेताहरुसँग भएको कुराकानीका बारेमा बैठकलाई जानकारी दिएका थिए । विहीबार विहान दुई पार्टीबीचको सम्बन्धलाई अरु प्रगाढ बनाएर लैजान मोर्चा निर्माणको प्रस्तावका साथै नयाँ समझदारी विकास गरेर जाने विषयमा छलफल भएको थियो । बैठकमा राज्य पुनःसंरचनासम्बन्धी कार्यदलका संयोजक तथा पूर्व महासचिव माधवकुमार नेपालले कार्यदलले गरेका कामका बारेमा संक्षिप्त जानकारी दिएका थिए भने अर्का स्थायी समिति सदस्य केशव वडाललगायतका विभिन्न केन्द्रीय सदस्यहरुले डिजेल प्लान्ट स्थापना गर्ने सरकारको योजनाको आलोचना गर्दै उक्त राष्ट्रहित विपरीतको निर्णय सच्च्याउन सरकारसँग अविलम्ब कुराकानी गर्न जोड दिएका थिए । यसैगरी संगठन विभाग प्रमुख अमृतकुमार बोहराले महाधिवेशन सम्मुख रहेकाले पुस १५ गतेदेखि संगठनहरुमा थपघट आदि नगर्ने निर्देशन दिने प्रस्ताव पेस गरे । बैठकले ईश्वर पोखरेलको संयोजकत्वमामा गठित सरकार सन्चालन र सहमति कार्यान्वयन सम्बन्धी कार्यदलद्वारा प्रस्तुत मस्यौदालाई पनि अन्तिम रुप दिएको छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||