Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रधानमन्त्रीद्वारा एमालेलाई प्रतिकान्तिकारीको गोटी नबन्न सुझाव


UML Gen Sect. Jhalanath Khanal inaugurating UML's 8th Convention in Butwal. Photo: Kiran Panday

बुटवल, 16, Feb, 09- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्ता साझेदार दल नेकपा एमालेलाई प्रतिकान्तिकारीको गोटी नबन्न सुझाव दिएका छन् । एमालेको आठौं महाधिवेशन उद्घाटन कार्यक्रममा फागुन ५ गते बोल्दै प्रधानमन्त्री प्रचण्डलेले यस्तो सुझाव दिएका हुन् ।

एमालेलाई माओवादी नजिक जान नदिन दक्षिणपन्थीहरुले खेल खेलीरहेको उनको भनाई थियो ।

काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहमती, सहकार्य र एकताको विकल्प नभएको भन्दै एमाले महाधिवेशनबाट नयाँ सहमतीको शुरुवात भएको बताए । कोइरालाले नयाँ सहमतीलाई कायम राख्दै संविधान निर्माणमा एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखे ।

एमाले महासचिव झलनाथ खनालले शान्ति प्रकि्रया, नयाँ संविधान निर्माण, समान्तवादको अन्त्य, राज्यको पुनरसंरचना तथा राष्ट्रिय एकता मजबुत पार्न आवश्यक रहेको बताए । खनालले प्रधानमन्त्री दाहाललाई आफूले बोलेका कुरा व्यवहारमा उतार्न आग्रह गरेका थिए । महासचिव खनालले आफ्नो पार्टीमा भएको अराजकता, गुटबन्दीको तत्काल अन्त्य हुनुपर्ने बताए ।

एमाले पूर्व महासचिव माधवकुमार नेपालले जनताको बहुदलीय जनवादले कम्युनिष्ट एक दलियतामा प्रहार गरेर लोकतान्त्रिक गणतन्त्र अंगालेको धारणा राखे । उनले पार्टी भित्र रहेका अनुचित षडयन्त्र, गुटबन्दीबाट सचेत रहनु पर्ने बताए ।

एमाले स्थायी समिति सदस्य केपी शर्मा ओलीले आमूल परिवर्तनको नाममा एमाले वामपन्थी ध्रुवीकरण तथा लोकतान्त्रिक गठबन्धनको नाममा यथास्थितिवादी ध्रुवीकरणको पक्षमा नरहेको बताए ।
 
महासचिव खनालले महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट ल्याइएको दीप प्रज्जवलन गरेर महाधिवेशन उद्घाटन गरेका थिए ।

कार्यक्रममा संविधान सभा अध्यक्ष तथा एमाले नेता सुवास नेम्वाङ्ग, मधेशी जनअधिकार फोरमका अध्यक्ष तथा परराष्ट्र मन्त्री उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, सद्भावना पार्टी अध्यक्षसमेत रहेका वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतो लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

देशभरीका एक हजार ८ सय ११ प्रतिनिधि सहभागी महाधिवेशन फागुन १० गते सकिदै छ ।

-Santa Bagam in Kathmandu
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®