|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
एमाले महाविधेशनमा विदेशी कम्युनिष्ट नेताहरु मध्ये कार्ल माक्सको मात्रै तस्विर |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
माधवकुमार नेपाल र केपी शर्मा ओली मिले खनाल अप्ठेरोमा पर्ने
UML leaders Jhalanath Khanal, KP Oli & Madhavkumar Nepal. Photos file: Sitaram काठमाण्डौ, 17 Feb, 09- नेकपा एमालेको केन्द्रीय कमिटी, स्थायी समिति लगायत सम्पूर्ण केन्द्रीय निकायहरु विघटन गरिएको छ । अहिलेको महाधिवेशनदेखि शक्तिशाली बनाइएको अध्यक्ष पदमा वर्तमान महासचिव झलनाथ खनाल, पूर्व महासचिव माधवकुमार नेपाल र स्यायी समिति सदस्य केपी शर्मा ओली दाबेदार रहेको बताइएको छ । आठौं महाधिवेशन बन्द सत्रमा फागुन ६ गते सम्पूर्ण केन्द्रीय निकायहरु भंग गरी महाधिवेशन सन्चालनको सम्पूर्ण जिम्मा अध्यक्ष मण्डलले लिएको हो । केन्द्रिय समिति भंग हुनु अघि एमाले महासचिव झलनाथ खनालले ११ सदस्यीय अध्यक्ष मण्डलको धोषणा गरेका थिए । पूर्व केन्द्रीय कमिटीका महासचिव झलनाथ खनालद्धारा घोषित अध्यक्ष मण्डलका सदस्यहरुमा अमृतकुमार बोहरा, भरतमोहन अधिकारी, मोदनाथ पश्रित, साहना प्रधान, अशोक राई, पृथ्वी सुब्बा गुरुङ्ग, रामचन्द्र झा, विद्या भण्डारी, रामप्रित पासवान, मोहनिसं राठौर र महेश चौधरी रहेका छन् । पूर्व केन्द्रिय सदस्य इस्वर पोख्रेलका अनुसार अध्यक्ष मण्डलको अनुमतिमा बिघटित केन्द्रीय कमिटीका महासचिव खनालले आज प्रस्तुत गर्न लागिएको राजनीतिक प्रतिवदेन पहिलो सत्र ढिलो सुरु भएको कारण र बिदेशी पाहुनाहरुको बोल्ने क्रम नसिद्धिएको कारण भोली मात्रा प्रस्तुत गरिने भएको छ। बन्द सत्रका विभिन्न कार्यक्रम गर्नको लागि बहसनोट कमिटी, माइनोट कमिटिी, निर्वाचन कमिटी र स्टेरिङ्ग कमिटी घोषणा गरिएको छ । महाधिवेशनमा एक हजार ८ सय १६ प्रतिनिधिहरुले भाग लिइरहेका छन् । नेतृत्व चयनको औपचारिक प्रकि्रया भने पार्टी विद्यान पारित भएपछि शुरु हुनेछ । अहिलेको महाधिवेशनदेखि शक्तिशाली बनाइएको अध्यक्ष पदमा वर्तमान महासचिव झलनाथ खनाल, पूर्व महासचिव माधवकुमार नेपाल र स्यायी समिति सदस्य केपी शर्मा ओली दाबेदार रहेको बताइएको छ । अध्यक्ष पदमा तीनै उम्मेदवारवीचको सहमतीबाट नेतृत्व चयन हुन सक्ने पहिलो संभावना रहेको एमाले स्रोतले बताएको छ । सहमती हुन नसकेर निर्वाचन हुने अवस्थामा नेपाल र ओलीवीच सहमती भएर खनालसँग प्रतिस्प्रर्धा हुने सक्ने बलियो संभावना रहेको उक्त स्रोतको भनाई छ । त्यसो हुन नसकेको अवस्थामा तीनै उम्मेदवारवीच चुनावी प्रतिस्प्रर्धा हुनेछ । |
|
![]() Archive» UML leaders Jhalanath Khanal, KP Oli & madhvkumar Nepal. Photos file: Sitaram. Illustration: eEyeCam दोस्रो र तेस्रो तहका नेता कार्यकर्ताहरुले भने नेतृत्व चयन सहमतीबाट गर्न प्रयास गरिरहेका छन् । एमाले केन्द्रीय सदस्य तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङ्गले हिजो नेपाल र ओलीवीचको सहमतीको लागि प्रयास गरेका थिए । एमाले महाविधेशनमा यसपटकदेखि विदेशी कम्युनिष्ट नेताहरु मध्ये कार्ल माक्सको मात्रै तस्विर राखिएको छ । नेपालमा मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ र मदनकुमार भण्डारीको तस्विर राखिएको छ । -Santa Bagam in Kathmandu Representative of Nepalese media at the convention. Photo courtesy: Kishor Shrestha, Editor, Jana Aastha Weekly Read our related news: » प्रधानमन्त्रीद्वारा एमालेलाई प्रतिकान्तिकारीको गोटी नबन्न सुझाव » एमालेको अध्यक्ष पदकालागि झलनाथ खनाल, माधब नेपाल र केपी शर्मा ओली » एमालेको आठौं महाधिवेशनमा १८ सय १६ जना प्रतिनिधीले भाग लिने » एमालेको राजाधानीमा शक्ती प्रदर्सन, तर पुरानो शक्ती अझै फर्केन (15 Photo) » देश बिखण्डन गराउन बिदेशी शक्तिहरु लागिरहेको एमाले महासचिब खनालको दाबी |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||