Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
एमालेको ३९ पोलिटव्यूरो, १५ स्थायी समिति र ११६ सदस्यीय केन्द्रीय कमिटी

काठमाण्डौं,  29 Mar, 09- बुटवलमा सम्पन्न एमालेको आठौं महाधिबेशनमा पराजित घोषणा गरिएका एमाले नेता काशीनाथ अधिकारीलाई एमालेको चालु केन्द्रीय कमिटीको बैठकले विजयी घोषणा गरेको छ ।

केन्द्रीय अनुशासन आयोगका संयोजक अमृत बोहोरालाईपनि बैठकले बैधानिकता दिएको छ । बुधबारदेखि पुन: सुरु भएको बैठकले यो दुबैको विजयलाई बैधानिकता दिएको हो ।

सुरुदेखि नै बढि मत ल्याएपनि सबै मत जोड्ने क्रममा गल्तीका कारण अधिकारीलाई विजयी घोषणा गरिएको थिएन । त्यसपछि आफूमाथि अन्याय भएको भन्दै अधिकारीले पार्टी अध्यक्ष झलनाथ खनालसमक्ष उजुरी दिएका थिए । आफ्नो पक्षका भएको अधिकारीलाई षडयन्त्रपूर्वक हराइएको आरोप ओली पक्षले लगाएको थियो ।

उता महाधिबेशनमा सबै पदमा निर्वाचन हुने भनिएपनि निर्वाचन नै नगराई अनुशासन आयोगमा अमृत बोहोरालाई विजयी घोषणा गरिएको आरोपपनि ओली पक्षले लगाएको थियो । संस्थापन पक्षले भने बोहोरा निर्विरोध निर्वाचित भएकाले उनका सम्बन्धमा कुनै प्रश्न उठाउन नमिल्ने दावी गर्दै आएको थियो । अन्ततः आफ्नो तर्कमा संस्थापन पक्षले अर्काे पक्षलाई सहमत गराएको छ ।

बैठकले आठौं महाधिवेशनबाट पारित विधान प्रतिवेदनलाई अन्तिम रुप दिन अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा, विधानलाई अन्तिम रुप दिन महासचिव इश्वर पोखरेलको संयोजकत्वमा, महाधिवेशनको समीक्षा गर्न भरतमोहन अधिकारीको संयोजकत्वमा र मतगणना स्थलमा भेटिएको रहस्यमय मतपेटिकाको सम्बन्धमा अध्ययन गर्न केन्द्रीय सदस्य राजेन्द्र पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

बुटवलमा एमालेसम्बद्ध युथफोस्रका जिल्ला सदस्य प्रचण्डमान थैबको हत्याकाकारण दुई दिन स्थगित भएको बैठक आइतबारदेखि सुचारु भएको हो । यो बैठकले पार्टीको ३९ सदस्यीय पोलिटव्यूरो र १५ सदस्यीय स्थायी समिति गठन गर्ने पनि बनाइएको छ । एमालेको केन्द्रीय कमिटीमा १ सय १५ जनाको स्थान भएपनि अधिकारीलाईपनि विजयी घोषणा गरिएपछि अब त्यसको संख्या बढेर १ सय १६ पुगेको छ।

-Sitaram Baral in Kathmandu










   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®