Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
एमालेलाई सरकारमा दोस्रो मर्यादाक्रम दिन माओवादी
राजी
काठमाडौं, August 28, 2008-
नेकपा एमालेबाट सरकारमा सहभागी हुने मन्त्रीहरुले भदौ १३
गते पद तथा गोपनियताको सपथ लिने भएका छन् ।
प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले
महासचिव झलनाथ खनालवीच भदौ १२ गते भएको वार्ताले मर्यादाक्रम सम्बन्धी
विवादको अन्त्य गरेको हो । सरकारमा जाने मन्त्रीहरुको नाम तय भईसकेर पनि
भदौ ६ गते माओवादी र फोरमका तर्फबाट सहभागी हुने ८ मन्त्रीले मात्रै सपथ
ग्रहण गरेका थिए ।
सिंहदरबार स्थित माओवादी संविधान सभा दलको कार्यालयमा भएको वैठकबाट
बाहिरिदै प्रधानमन्त्री प्रचण्डले भने 'भोलि एमाले मन्त्रीहरुको सपथ ग्रहण
हुन्छ ।'
एमाले महासचिव झलनाथ खनाल आफ्नो पार्टीलाई सरकारमा दोस्रो मर्यादाक्रम दिन
माओवादी राजी भएको बताए । एमालेबाट सरकारमा सहभागी हुने मन्त्रीहरु पहिला
घोषणा गरिए अनुसार नै हुने पनि खनालले जानकारी दिए । जस अनुसार एमालेमा
सहभागी हुने मन्त्रीहरुको नेतृत्व गृह मन्त्रालयको समेत जिम्मेवारी पाउने
वामदेव गौतमले गर्नेछन् । १३ गते सपथ लिनेहरुमा गौतम वाहेक विष्णु पौडेल-
जलस्रोत, रामचन्द्र झा- स्थानीय विकास, किरण गुरुङ्ग- वन, अष्टलक्ष्मी
शाक्य- उद्योग तथा वाणिज्य र गोपाल शाक्य- युवा तथा खेलकुद छन् ।
एमालेबाट सरकारमा जाने ६ मन्त्रीको सपथ पछि सरकारमा मन्त्रीहरुको संख्या १५
पुग्नेछ । २४ सदस्यीय मन्त्री मण्डलमा माओवादीले ५ तथा अन्य साना दलले ४
सदस्य पठाउन सहमती भईसकेको छ ।
-Santa Bagam in Kathmandu
|
|