|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
बेलायतको पार्लियामेन्टमा नेपालीहरुको समस्या प्रस्तुत |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() UK Parliamentary Committee. Photos: Bishwa बेलायत, 14 Feb, 09- गत १० फेब्रुवरीका दिन लण्डनको हाउस अफ कमन्समा डा. चन्द्र लक्सम्बाले बेलायतमा रहेका नेपालीहरुको समस्याको बारेमा जानकारी गराउनु भयो साथै समस्या समाधानको लागि आग्रह पनि गर्नुभयो । वेलायती सरकारको तथ्याङ्कमा नेपालीहरु ५० हजार मात्र रहेको भनिए पनि नेपालीहरु वेलायतमा एक लाख भन्दा बढि रहेको बताउनु भयो । वेलायतमा रहेका नेपालीहरु मध्ये ७० प्रतिशत भन्दा बढि भूतपूर्व गोर्खा सैनिक रहेको र उनीहरुलाई पेन्सनमा भेदभाव, प्रवेशाज्ञामा समस्या भएको कुरा प्रस्तुत गर्नुभयो । संमग्र नेपालीहरुमा भाषा, संस्कृति, बालबालिकाहरुको लागि नेपाली भाषा शिक्षण लगायत सरकारी सुविधाहरु प्राप्त गर्ने सम्बन्धमा पनि समस्या रहेको कुरा उल्लेख गर्नुभयो । वेलायतमा थोरै संख्यामा रहेका विभिन्न सम्प्रदायका अगुवा तथा संस्थाका प्रतिनिधिहरुलाई बोलाएर सरकारी निकायसंग प्रत्येक्ष जानकारी आदानप्रदान गर्ने कार्यक्रममा नेपाली, थाई, रोमानियन, मोरक्कन र साउथ अफ्रिकन कम्युनिटीका अगुवाहरुको सहभागिता रहेको थियो । ब्रिटिश मुस्लिम हुनुमा धेरै पीडा खेप्नु परेको गुनासो मोरक्कन र रोमानियाका प्रतिनिधिले गरे ।
![]() UK House of Parliament building and Runnymede trust logo. Photo: Bishwa |
|
|
त्यस्तैगरि थाइल्याण्डकी प्रतिनिधि रोसचोङले आफ्नो खोजकार्यको परिणाम उल्लेख गर्दै अंग्रेज संस्कृति बोकेको र अन्य संस्कृति बोकेको बीचको विवाह जस्तो सम्बन्धमा अत्यधिक घरेलु हिसां हुने गरेको बताइन् । यो समस्या फिलीपिनो, भियतनामी लगायत संमग्र एसियालीहरुमा रहेको उनको तर्क थियो । रनन्यामिडी कम्युनिटी स्टडिजद्धारा आयोजित उक्त सेमिनारमा नेपालीहरुको तर्फबाट गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष डम्बर घले, प्रेम फियाक, कृष्ण प्रसाद अघिकारी र विश्वासदीप तिगेलाको सहभागिता थियो भने सेमिनारको अध्यक्षता वेलायतको सहायक गृहमन्त्रि मेघ हिलरले गरेकी थिइन् । प्रत्येक्ष नीतिनिर्माण गर्ने सामु पुगेको आग्रहले केही सकारात्मक परिवर्तन हुने आस गरिएको छ । -Bishwadip Tigela in Kent, UK (विश्वास दीप तिगेला केन्ट) |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||