Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

वेलायतका स्रष्टाहरुले साहित्य सम्मेलन गर्ने
नेपाली उत्तरआधुनिक साहित्यमा समाबेशीको कुरा


Nepalese creative writers in UK. Photos courtesy: Suhim

London, UK, August 22, 2008- लण्डनको मेरीटाइम ग्रीनवीच कलेजमा बसेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वैठकले आगामी लक्ष्मी जयन्तिको अवसरमा वेलायत ब्यापि साहित्य सम्मेलन गर्ने निर्णय गर्दै सम्पन्न भयो ।

बैठकले अरु विभिन्न विषयहरुमा छलफल गरि निर्णय गर्यो । साहित्य सम्मेलनमा कविता प्रतियोगिताको लागि गोपि प्रसाइ, जगत नवोदितलाई क्रमश संयोजक र उपसंयोजक, त्यस्तैगरि बाल कविता प्रतियोगिताको लागि विनोद न्यौपानेलाई संयोजक तोक्यो ।

अनेसासले आगामी नयाँ बर्षको अवसरमा स्मारिका झिक्ने र त्यसको लागि उपाध्यक्ष श्रीमति निला अधिकारीलाई संयोजक तथा सम्पादक तोकियो भने विज्ञापन तथा ब्यवस्थापनको लागि कोषाध्यक्ष विदुर सिटौलालाई जिम्मेवारी दिइयो । आगामी तिहारमा अनेसासको तर्फबाट देउसी भैलो खेल्ने निर्णय गर्दै अध्यक्ष हरि शिवाकोटिलाई संयोजक तोकियो । अनेसास वेलायतको वेभपेज निर्माणको जिम्मेवारी महासचिव विश्वास दीप तिगेलालाई प्रदान गरियो ।

अनेसासले वेलायतका स्रष्टाहरु मध्ये प्रत्यक बर्ष १ जनालाई पुरस्कृत गर्नेगरि पुरस्कारको स्थापना लगायत नेपालका स्रष्टा र विदेशमा रहेका स्रष्टाहरुलाई पनि योगदानको आधारमा वेग्लाबेग्लै पुरस्कारको ब्यवस्था गर्ने निर्णय गर्यो । संस्थाका सदस्य केदार सुनुवारद्धारा प्रस्तावित स्मृति पुरस्कारको लागि अनेसासले जिम्मेवारी लिने पनि निर्णय गर्यो ।
 
यसै बिच, समाजको आयोजनामा मेरीटाइम ग्रीनवीच कलेज लण्डनमा प्रा. डा. गोविन्दराज भट्टराइको उपस्थितीमा उत्तरआधुनिकवाद र सान्दर्भिकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।



नेपाली साहित्यमा झण्डै २ दशक अघि शुरुवात भएको उत्तरआधुनिक साहित्यले आफ्नो मौलिकपनलाई बचाउदै परिवर्तित समय सापेक्ष विकास र असरलाई स्वीकार गर्नुपर्दछ भन्ने मान्यता राख्दछ । अग्रेजी 'पोष्ट मोर्डन' शब्दको नेपाली रुपान्तर नै उत्तरआधुनिक भएको हो । आजको आधुनिक भन्दा पनि भोलिको आधुनिकलाई इंगित गर्दै स्वीकार गर्नु उत्तरआधुनिक हो । यस भित्र बहूलता हुन्छ र नयाँनयाँ प्रकृतिका साहित्यलाई समेत यसले मान्यता प्रदान गर्दछ ।



उत्तरआधुनिक साहित्य भनेको ब्यापकता, विविधता हो । अब साहित्यलाई हेर्ने नयाँ दृष्टिकोणको आवश्यकता महशुस गर्नु हो । उत्तरआधुनिक साहित्यले डायस्पोरा, साइवर जगत, युद्ध र द्धन्द्ध, जनजाति, नारी, बाल जगत, प्रकृति तथा सिमान्तकृत बर्ग, समुह र ब्यक्ति जस्ता विभिन्न विषय र क्षेत्रलाई समेट्नु पर्दछ ।

साहित्यमा नयाँ केन्द्रहरुको उदय भइरहेको छ । यो विश्व साहित्यको वर्तमान प्रवृतिले र ग्लोबल परिस्थितिले ल्याएको तिब्र परिवर्तनको परिणाम हो । यसले हरेक विचारको सिद्धान्तको लेखन शैलि र विषयबस्तुको विकल्प खोज्दछ । त्यसैले गर्दा नेपाली साहित्यमा पनि अनेक प्रकारका प्रयोग, आन्दोलन र नविनताहरु थपिन्दैछन् । राष्ट्रिय साहित्यले यी सबै कुराको मूल्याङ्कन र अभिलेखन गर्नु पर्दछ भन्ने उत्तरआधुनिकवादले मान्यता राख्दछ ।

उत्तरआधुनिकबादको विषयमा साहित्यकार जगत नवोदित र गोपि प्रसाइले आ-आफ्नो धारणाहरु प्रस्तुत गर्नुभएपछि उत्तरआधुनिकबादका अगुवा आमन्त्रित प्रा. डा. भट्टराइले विस्तारमा आफ्नो विचार राख्दै प्रष्ट पार्नुभएको थियो । प्रश्नउत्तरको कार्यक्रममा धेरै स्रष्टार्सजकहरुको सहभागिता रहेको थियो ।

स्मरण रहोस, उत्तरआधुनिक ऐना पुस्तकमा प्रा. डा. भट्टराइले नयाँ दृष्टिकोणले नेपाली साहित्यको ब्याख्या र विश्लेषण गरेका छन् । उक्त पुस्तकलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाले उत्कृष्ट कृति पुरस्कार २००६ को रुपमा पुरस्कृत गरेको थियो भने वहाको नेपाली समालोचनाको क्षेत्रमा सबैभन्दा ठूलो ग्रन्थ ७०५ पृष्ठको उत्तरआधुनिक विमर्श हालै प्रकाशित भएको छ ।

कार्यक्रमको शुरुमा अनेसास वेलायतका अध्यक्ष हरि शिवाकोटि र नेपाली दुतावासका प्रतिनिधि श्रीमती निला अधिकारीले आमन्त्रित प्रमुख अतिथि प्रा. डा. भट्टराइलाई खादा ओढाउनुको साथै सम्मान पत्र प्रदान गर्नुभएको थियो । वेलायतमा रहेका लेखक तथा साहित्यकारहरुको उत्साहजनक उपस्थिती रहेको सो कार्यक्रममा वयोबृद्ध साहित्यकार धनाहाँङ सुब्बा, मंजु विमली, मिजास तेम्बे लगायतले आ-आफ्नो सिर्जना बाचन गरेका थिए । कार्यक्रमलाई महासचिव विश्वास दीप तिगेलाले संचालन गरेका थिए भने गोर्खा एक्सिलेन्सि लिमिटेड र भट्टराइ एण्ड कम्पनी इमिग्रेशन प्राक्टिस सेन्टरले खाजा नास्ताको ब्यवस्था गरेको थियो ।

-Suhim Yakthum, Ken, UK
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®