|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
वेलायतमा किरातहरुको प्रथम राजाको नाममा खेल![]() Photos courtesy: Bishwa Deep Oxford, UK, August 11, 2008- विश्व आदीवासी दिवस अगष्ट ९ को अवसर पारेर गत अगष्ट १० तारिखमा वेलायतको आसफोर्डस्थित किरात याक्थुङ चुम्लुङ यू. के. द्धारा किरातहरुको प्रथम राजा यलम्बरहाँङको नाममा स्थापित यलम्बरहाङ रनिङशिल्ड फूटवल प्रतियोगिताको आयोजना गरियो। ![]() विभिन्न २४ नेपाली सिनियर र जुनियर फूटवल टिमहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा एकै समयमा ५ वटा फूटबल मैदान प्रयोग गरिएको थियो । विहान ११ बजे देखि शुरु भएको खेल बेलुकी ७ बजे समाप्त भएको थियो । |
|
![]() सिनियर टिमतर्फ 'इन्टेक ८३' टिमलाई अन्तिम पेनाल्टीमा हराउदै 'धरान' टिमले विजय हात पार्यो भने जुनियर टिमतर्फ 'क्यान्टवरी टु आरजीआर' लाई हराउदै मेड्स्टोनका 'एफसि तोङ्बा' टिमले पेनाल्टीबाटै यस बर्षको यलम्बरहाँङ कप २००८ हात पार्यो । खेल अत्यन्तै प्रतिस्पर्धात्मक हुनुले झण्डै २ हजारको संख्यामा उपस्थित दर्शकहरुले निक्कै चाखपपूर्वक हेरेका थिए । सिनियर टिमतर्फ यस बर्षको उत्कृष्ट खेलाडी शम्भू लिम्बू र सर्बाधिक गोल हान्नेमा छवि लिम्बू घोषित भए भने जुनियर टिमतर्फ उत्कृष्ट खेलाडी विक्रम गुरुङ र सर्बाधिक गोल गर्नेमा चेष्टध्वज थापामगर घोषित भए । ![]() विजयी खेलाडीहरुलाई पूर्व राज्य मन्त्रि विजयप्रकास थेवे, वेलायतका पूर्व चुम्लुङ अध्यक्ष श्रीप्रसाद लिम्बू, नेपाल चुम्लुङका उपाध्यक्ष नरकुमारी लिम्बू, डा. विना थेवे, डा. चन्द्र लक्सम्बा र आयोजक अध्यक्ष बमप्रसाद लिम्बूले शिल्ड, टंकर तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । ![]() Photos courtesy: Bishwa Deep यलम्बरहाङ रनिङशिल्ड फूटवल प्रतियोगितामा प्रवेश शुल्क १ सय १० पाउण्ड राखिएको थियो । एक टिममा ७ जना मात्र सहभागि हुने ब्यबस्था थियो । नाम दर्तामा ढिलाइका कारण स्थानिय अंग्रेज टिम लगायत अरु केही टिम सहभागि हुनुबाट बंचित हुनु परेको थियो । वेलायतमा आयोजना हुने नेपालीहरुको ठूला प्रतियोगिता मध्यको एक यस प्रतियोगितालाई वेलायतको समर मौसम र सुन्दर खेल मैदानले भरपुर सहयोग पुर्याएको थियो । More detail you can visit: www.chumlunguk.com/photo.html Photos courtesy: Bishwa Deep -Bishwa Deep Tigela Kent, UK (विश्वास दीप तिगेला) ![]() ![]() |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||