|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
बेलायतकालागि नेपाली राजदूत शर्माको आफ्नै आफ्नै चिट्ठी
बुमर्याङ काठमाण्डौ, 6 Feb, 09- बेलायतकालागि नेपाली राजदूत मुरारीराज शर्माको आफ्नै कुटनीतिक मर्यादाविपरितका व्यवहारका कारण एमाले महासचिव माधव नेपाललेसमेत उनलाई जोगाउन सकेनन्। यसअघि एमाले महासचिव माधव नेपालकाकारण फिर्ता हुनबाट जोगिएका उनलाई एक महिनाभित्र फिर्ता हुन परराष्ट्र मन्त्रालयले पत्राचार गरेको छ । मन्त्रालयले विहीबार एक पत्र पठाई उनलाई एक महिनाभित्र फर्कन भनेको श्रोतले बताएको छ । अमेरिकाकालागि नेपाली राजदुत डा. सुरेशराज चालिसे र भारतकालागि राजदुत डा. दुर्गेशमान िसंहसँगै शर्मालाईपनि फिर्ता बोलाउने निर्णयमा मन्त्रालय पुगेको थियो । विगतमा नेपाली कांग्रेसको कोटामा राजदूत बनेका शर्माले एमालेका पूर्व महासचिव माधव नेपालसँग अनुनय गरेपछि उनलाई फिर्ता बोलाउने निर्णय स्थगित गरिएको थियो । एमाले नेता नेपालको साथ पाएपछि उनले सरकारविरोधी हर्कत सुरु गरेका थिए । उनको कृयाकलापका कारण परराष्ट्र मन्त्री उपेन्द्र यादव क्रुद्ध थिए । गत महिना गर्ने भनिएको प्रधानमन्त्री प्रचण्डको फिनल्याण्ड र नर्वेको भ्रमण टोलीमा आफूलाई नपारिएको भन्दै उनले परराष्ट्रमन्त्री विरुद्ध प्रधानमन्त्री प्रचण्डलाई पोल लगाएका थिए । बेलायतका लागि नेपाली राजदूत नर्वेकालागिपनि राजदूत हुने बताउँदै उनले परराष्ट्र मन्त्री उपेन्द्र यादवले आफूलाई प्रधानमन्त्रीकासाथ नर्वेको भ्रमणबाट बिाचत गरेको आरोप लगाएका थिए । उनले प्रधानमन्त्रीलाई पत्र पठाएर यस्तो आरोप लगाएका थिए । आफ्नो विरुद्ध यसरी लिखित रुपमै प्रधानमन्त्रीलाई पोल लगाएपछि क्रुद्ध बनेका परराष्ट्र मन्त्री उपेन्द्र यादवको जोडबलमा उनलाई फिर्ता बोलाउने निर्णयमा सरकार पुगेको हो । श्रोतका अनुसार आफूले परराष्ट्रमन्त्रीका विरुद्ध प्रधानमन्त्रीलाई पठाएको पत्र सार्वजनिक भएपछि उनले मन्त्री यादवसँग माफी माग्दै पत्र पठाएका थिए । तर सोही पत्रलेपनि उनलाई जोगाउन सकेन । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||