![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
USNepalOnline.Com News Impact |
||
|
USNepalOnline.Com को एक साता अघिको भन्डाफोरले
अर्को रुप लियो: बेलायति नेपाली दुताबास भवन बेचिने कि नबेचिने अझै अनिस्चित "कमिशन खोरहरु कमिसनको लागि दुताबास भवन मात्र होइन श्रीमतीको अस्मिता बेच्न तयार छन्।" न्यूयोर्क,
यूके
February 2, 2008 -गत
बिहीवार बेलायतमा कृयासिल नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु र बेलायतका
लागि नेपाली राजदुत मुरारिराज शर्मा तथा नेपाली सरकारी टोली बिच भएको एक
भेलामा दुताबास भवन बेच्ने कि नबेच्ने भन्ने बिषयमा घम्साघम्सी भएको खबर
प्राप्त भएको छ।कार्यक्रमको शुरुमा राजदुत शर्माले अङ्रेजीमा बोल्दै दुताबास भवन बेच्ने कुरा गर्न थाले पछी नेपाली संस्थाका प्रतिनिधिहरुले कडा बिरोध जनाउदै भेलामा उपस्थित बेलायति नेपालीहरु बिच बहुमतले ताली ठोकेर दुताबास भवन बेच्न नहुने म्यान्डेट र चेतावनी दिइएको थियो। त्यस पछी राजदुत शर्माले "त्यसै भएर सल्लाह गर्न भेला बोलाएको" भन्न वाध्य भएका थिए। UK Nepalese Embassy. Photo: Pushpa Shrestha सो
भेलामा कमिशनका चाटुकारहरु बाल मुकुन्द जोशी, उत्तम अमात्य र अशोक
श्रेष्ठ, President, NRN UK लगायतका नेपालीहरुले दुताबास भवन बेच्ने राजदुत
शर्माको कुरामा समर्थन गरे पनि अधिकांश नेपाली प्रतिनिधिहरुले भने त्यस्को
कडा प्रतिबाद गर्दै निहित स्वार्थको लागि दुताबास भवन बेच्न कदापी नपाईने
बताएका थिए। भवन बिक्रीको बिपक्षमा बोल्नेहरुमा चिरन्जिबी ढकाल, President,
Yeti Nepalese Association, UK, डा. कृष्ण अधिकारि, Reading Nepalese
Society, UK, डा. गोबिन्द दाहाल, Center for Nepal Studies, डा. रमेश
ढुङ्गेल, डा. राघब धिताल, खगेन्द्र नेपाली, आङ काल्जेन लामा, कैलाश
विश्वकर्मा, शेरबहादुर सुनार, अर्जुन प्रधान र डा. चन्द्र बहादुर गुरुङ
लगायतका बेलायति नेपालीहरु थिए।Ambassador Murari Raj Sharma. Photo: Nepembassy.org.uk संस्थापक अध्यक्ष, Reading Nepalese Society तथा USNepalOnline.Com contributor डा. गुरुङले राजदुत शर्मा प्रति लक्षित गर्दै कडा शब्दमा- "तपाइ नेपाल सरकार र नेपालीहरुको प्रतिनिधित्व गर्ने मान्छेले यसरी कमिशनको लोभमा दुताबास भवन बिक्री गर्न लाज लाग्दैन। तपाईंले नेपालीहरुको शिर ठाडो पार्नु पर्नेमा शिर झुकाउने काम गर्नु भयो। अब हामीले तपाईंहरु जस्ताको एक एक असलियत पहिचान गरी राखेका छौं।" भने पछी एक सरकारी प्रतिनिधिले भने- " यो त वाइसिएलको जस्तो कुरो भो।" अर्का बक्ता अर्जुन प्रधानले "पैसा पाएमा तपाईंहरु आफ्नो श्रीमती बेच्न पनि तयार हुनु हुन्छ हैन्?" भन्ने प्रश्न राखेका थिए। तेसै गरी चिरन्जिबी ढकालले दुताबास भवनको ऐतिहासिक महत्व रहेको र यसको संरक्षण गर्न बेलायति नेपालीहरु तयार रहेको बताएका थिए। डा. कृष्ण अधिकारिको भनाइ थियो-" यस्तो सम्बेदनशील कुराको निर्णय अन्तरिम सरकारले गर्नु नहुने र निर्बाचित सरकारले मात्र निर्णय गर्ने अधिकार छ।" यस अघि गत साता USNepalOnlne.com ले January 25, 2008 मा लेखेको थियो- "बेलायति नेपाली दुताबास भवन बेचिदै छ: कमिसन खाने धुनमा प्रधानमन्त्रीदेखि राजादुतसम्म?" "कमिसनको स्वाद कती गुनिलो हुन्छ भन्ने कुरा बेलायतको नेपाली दुताबास बेच्ने खबरले प्रष्ट पार्दछ। यतिबेला यही कमिसनको धुनमा अरु कोही होइन बिगतमा कमिसनका कारण बदनाम भएका वयो बृध्द प्रधानमन्त्री कोईराला र उन्की पुत्री सुजाता कोईराला लागेका छन् भने परराष्ट्र मन्त्रालय सम्हालेकी मन्त्री साहना प्रधान पनि अगिल्ला परराष्ट्र मन्त्री केपी ओलि झैं बेच्ने निर्णयमा पुगेकी छिन् । गत साल केपी ओलि परराष्ट्र मन्त्री छँदा दुताबास भवन र जग्गाको बिक्री गर्ने निर्णय भएकोमा त्यसलाइ अन्तिम रुप दिन जनवरि २७ मा परराष्ट्र मन्त्रालयको एक टोली लण्डन जाँदैछ।" हाम्रा सहकर्मी सम्पादक सिताराम बरालको थप बिश्लेशण पढ्नुहोस्: बेलायति नेपाली दुताबास भवन बेचिदै छ: कमिसन खाने धुनमा प्रधानमन्त्रीदेखि राजादुतसम्म? |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®