![]() |
|||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
नेपाली सेना र माओवादी जनसेना बिच लडाईं
चर्कीए के होला? को बलियो? बाक युद्ध भोटका लागि कि? People's Liberation Army (Maoist's Jana Sena) at work. -सीताराम बराल काठमाडौं, March 25, 2008-एघार वर्षे सशस्त्र युद्धको दौरान न माओवादीले सैन्य रुपले राज्यलाई पूर्णरुपले हराउन सके न नेपाली सेनाले १ लाख संख्या बराबरको फौज र देश विदेशको अनुभवका बाबजुद करिव २० हजार माओवादी सैन्य पंक्तिलाई हराउन सक्यो । सेना र माओवादीबीच यदि बाकयुद्ध चर्कंदै गयो भने परिणाम के हुन्छ? हाम्रो बिश्लेषण पढ्नुहोस् कटु बोलीलाई नेपाली सन्दर्भमा गोलीको रुपमा ब्याख्या गर्ने चलन छ । द्धन्द वा झगडाको पर्याय पनि हो गोली । द्धन्दको सुरुवात पहिले बाझाबाझ वा बोलीबाट हुन्छ । झगडा चर्कंदै जाँदा यदि झगडा गर्नेहरुसँग यदि गोली वा हतियार छ भने गोलीपनि चल्न सक्छ । सेना र माओवादीबीच यदि बाकयुद्ध चर्कंदै गयो भने परिणाम के हुन्छ? के यी दुबै हतियारधारीको झगडा बोलीमामात्र सीमित रहन्छ? अहँ त्यो बाकयुद्धमामात्र सीमित रहने छैन । त्यसको परिणाम हुनेछ- फेरिपनि लडाईं । त्यस्तो लडाईं- जस्तो बिगत ११ वर्षसम्म भयो। Nepal Army. Photos: Sitaram Baral संविधान सभामार्फत् नेपाली जनताले दीर्घकालीन शान्तिको खोजी गरिरहेका बेला नेपाली सेना र माओवादीबीच भने अनायास बाकयुद्धको सुरुवात भएको छ । माओवादीसहित सम्पूर्ण देशको ध्यान संविधानसभातिर तानिएकाले तत्काल दुवैबीच गोली नै चल्नेगरी युद्ध त नहोला । तर यसतर्फ दुबै पक्ष र अन्य राजनीतिक दलले ध्यान दिएनन् भने अहिलेको बाकयुद्ध साँच्चिकै लडाईंमा परिणत हुनसक्छ । एक अर्काप्रति गरिएका आरोप प्रत्यारोप र तीखा बोलीहरु गोलीमा रुपान्तरित हुन सक्छन् । पछिल्लो विवाद पछिल्लो वाकयुद्ध एउटा सानो विषयबाट सुरु भएको हो । पछिल्लो समय माओवादीले राष्ट्रियताको मुद्धालाई जोडतोडले उठाउँदै आएको छ । माओवादीका केन्द्रीय सदस्य अग्नि सापकोटाले चैत्र ६ गते रिपोटस्र क्लबमा आयोजित साक्षुत्कार कार्यक्रममा उनले नेपाली सेना र माओवादीलाई जोडेर राष्ट्रियतासम्बन्धी आफ्नो पार्टीको सम्बेदनशीलता देखाउने प्रयास गरे । सो कार्यक्रममा सापकोटाले जस्तो अभिव्यक्ति दिए आफ्नो भनाईप्रति सेनाले यति कटु जवाफ दिनेछ भन्ने सायद उनले कल्पना गरेका थिएनन् । सापकोटाको भनाई थियो- 'राष्ट्रियताको मुद्धा अत्यन्त सम्बेदनशील भएको र अहिले नेपाल कमजोर भएकाबेला विदेशीहरुको स्वार्थसिद्धी नहोस् भनेर हाम्रो अध्यक्ष प्रचण्डले नेपाली सेनाका प्रधानसेनापतिसँगपनि परामर्श गर्नुभएको छ ।' माओवादी नेता सापकोटाको अभिव्यक्ति आएको भोलिपल्टै सेनाले कडा प्रतिकृया जनायो । सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति मार्फत् भन्यो- 'नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि खेलवाड गर्ने, प्रजातान्त्रिक पद्दतिविरुद्ध हतियार उठाउने, हतियारको राजनीतिमा विश्वास गर्दै प्रजातान्त्रिक प्रकृयालाई हतियारकै बलमा निर्देशित गर्न खोज्ने एबं विश्व परिवेशमा आतंकवाद, अतिवाद, र उग्रवादमा विश्वास गर्दै त्यसैका आधारमा राज्यसत्ता कब्जा गर्न खोज्ने कुनैपनि तत्वसँग सेना झुक्दैन र सम्झौता गर्दैन ।' 'केही समयदेखि राष्ट्रमा अशान्ति र अस्थिरतालाई कायमै राखी आफ्ना कुित्सत स्वार्थ पुरा गर्ने दुश्प्रयासमा तल्लीन केही तत्वले आफ्नो कमी-कमजोरी लुकाउन विभिन्न सन्चारमाध्यममार्फत् नेपाली सेनाका बारेमा आधारहीन चर्चा गरेर यसको नेतृत्व वर्गलाईसमेत राजनीतिक विवादमा तान्न कुचेष्टा गरिरहेकोमा नेपाली सेना भत्स्रना गर्दछ' बक्तव्यमा माओवादीप्रति थप लक्ष्यित गर्दै भनिएको छ- 'यस्ता भ्रामक टीकाटिप्पणीमा विश्वास नगर्न आम जनसमुदायमा अपिल गर्दछौं यसैगरी नेपाली सेनाको नाम जोडेर गलत प्रचारबाजी गर्ने क्रमलाई तत्काल अन्त्य गर्न संम्बन्धितहरुलाई बेलैमा स्पष्ट रुपमा सचेत तुल्याउँछौं ।' सेना र माओवादीबीच यस्तो वाकयुद्ध बिगत केही महिना यतादेखि निरन्तर चलिरहेको छ । प्रचण्डलगायतका माओवादी शीर्ष नेताहरुले राष्ट्रियताको विषयमा नेपाली सेना र माओवादी सेना समायोजन हुनुअघिपनि सँग मिलेर काम गर्नसक्ने र यसविषयमा दुई सेनाबीच पटक-पटक कुराकानी हुने गरेको बताउने गरेका छन् । मंसीरको पहिलो हप्ता जनमुक्ति सेनाको आठौं बार्षिकोत्सब मनाउने क्रममा प्रचण्डले नेपाली सेनाका जनरलहरुसँग यसबारेमा आधिकारिक रुपले कुराकानी भएको बताएका थिए । नेपाली सेनाको उच्च तहसँग भएको भेटघाटबारे रहस्योद्घाटन गर्दै उनले भनेका थिए- 'नेपाली सेनाका अधिकारी र माओवादी सेनाको जेनेरल हेडक्वार्टरबीच सेना समायोजनबारेसमेत दुई पटक छलफल भैसकेको छ ।' जनमुक्ति सेनाका सर्बोच्च कमाण्डरसमेत रहेका प्रचण्डको यो भनाईको खण्डन सेनाले एक महिना पछिमात्र गर् यो । प्रधानसेनापति रुक्माङ्गद कटवाल भारत भ्र्रमणबाट फर्कैलगत्तै सेनाले प्रचण्डसँग सेना समायोजनबारे वार्ता भएको भन्ने कुरा अस्वीकार गर् यो । प्रचण्डको दावी आधारहीन थिएन भन्ने कुरा त्यतिबेला पुष्टि भयो जब उनले सैनिक मन्चसँगै जोडिएको शहीद माचमा जनयुद्धको तेर्हौं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित माओवादीको पहिलो चुनावी सभालाई सभालाई सम्बोधन गर्ने क्रममा सैनिक जनरल र माओवादीबीच भएका वार्तास्थलबारे समेत सार्वजनिक गरे । र प्रचण्डको यो दोश्रो दावीबारे सेना केहीपनि बोलेन । प्रचण्डका अनुसार प्रचण्ड सार्वजनिक भएलगत्तै पोहोर ०६३ असारमा ललितपुरको समिट होटल र लाजिम्पाटस्थित होटल एम्ब्यासडरमा बार्ता भएको थियो । श्रोतका अनुसार होटल एम्ब्यासडरमा भएको वार्तामा नेपाली सेनाका जनरलहरुले दुई सेनाबीच कसरी समायोजन गर्न सकिन्छ भन्नेबारेमा एक अवधारणा पत्र नै बोकेर गएका थिए जुन माओवादीलाईपनि दिइएको थियो । माओवादीलेपनि यसबारेको आफ्नो अवधारणा नेपाली सेनाका जनरलहरुलाई दियो । प्रचण्डको दोश्रो दावीपछि सेना मौन बसेकाले यससम्बन्धी विवाद तत्कालकालागि स्थगित भयो । तर चीन भ्रमणमा जानुअघि प्रधानसेनापति रुक्माङ्गद कटवालले राजनीतिक विचार बोकेका छापामारहरुलाई नेपाली सेनामा समायोजन गर्न नसकिने अभिव्यक्ति दिएर फेरि विवादलाई निरन्तरता दिने र सतहमा ल्याउने काम गरे । उनको भनाईको तीब्र विरोध भयो । विरोध चर्कंदै जाँदा प्रधानसेनापतिको भनाईको बचाउ प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला स्वयंले गरे । अनि स्थिति कतिसम्म असहज बन्यो भने माओवादी अध्यक्ष प्रचण्ड स्वयंले प्रधानसेनापति र प्रधानमन्त्रीको भनाई संविधान सभा चुनाव भाँड्न आएको आरोप लगाए । माओवादीका छापामारहरु शिविरबाट निस्केर प्रधानमन्त्री र प्रधानसेनापतिका अभिव्यक्तिको विरोधमा उत्रिए । माओवादीले कडा विरोध गरेपछि सेना समायोजनकालागि तैयारी गर्न मन्त्री परिषद्को बैठकले विशेष समिति बनायो । त्यसपछिमात्र माओवादीहरु चुप लागे । सेनाको मनोविज्ञान एघार वर्षे सशस्त्र युद्धको दौरान न माओवादीले सैन्य रुपले राज्यलाई पूर्णरुपले हराउन सके न साँढे २ सय वर्षभन्दा बढि लामो इतिहास भएको नेपाली सेनाले आफ्नो अत्याधुनिक हतियार करिव १ लाख संख्या बराबरको फौज र देश विदेशको अनुभवका बाबजुद सीमित संख्यामा आधुनिक हतियार रहेका करिव २० हजार माओवादी सैन्य पंक्तिलाई हराउन सक्यो । नेपाली सेनाको तुलनामा संख्या र हतियार अत्यन्तै न्यून भएपनि सैन्य रणनीतिमा माहिर माओवादीले सेनालाई राजनीतिक रुपले पराजित गरेमामात्र लडाईं जितिने निश्कर्ष निकाल्यो । र सेनाको समर्थन रहेको राजा ज्ञानेन्द्रको सत्ताविरुद्ध नेका एमालेजस्ता राजतन्त्रका पक्षँपाति पार्टीहरुलाईसमेत आफूसँगै आन्दोलनको मोर्चामा ल्याउन भूमिका खेल्यो । आन्दोलन सफल भयो । नेपाली सेनाका परमसेनाधिपति रहेका ज्ञानेन्द्र र सेनाबीचको सम्बन्ध टुटाउने कार्यमापनि माओवादीको चतुर भूमिकाले नै काम गरेको थियो । माओवादी अध्यक्ष प्रचण्डले संयुक्त जनआन्दोलनमार्फत् आफूहरुले सेनालाई हराइसकेको दावी गर्दै आएका छन् । प्रचण्डको भनाई छ- 'कुनैपनि सेनाको सर्बोच्च कमाण्डरलाई सैनिक बर्दी फुकाल्न बाध्य पार्नु भनेको त्यो सेनालाई लडाईंमा हराए सरह हो हामीले नेपाली सेनाको सर्बोच्च कमाण्डर राजा ज्ञानेन्द्रलाई सैनिक बर्दी फुकाल्न बाध्य पारिसकेका छौं ।' आमने-सामनेको लडाईं लम्बिने देखिएपछि र जीत हुने ग्यारेन्टी नदेखिएपछि यस्तै सैन्य रणनीतिमार्फत् माओवादीले सेनालाई कमजोर पार्न खोजेको कुरा लुकेको छैन । सेनालाई मनोबैज्ञानिक रुपमा कमजोर पारेरमात्र हराउन सकिन्छ भन्ने कुरा सैन्य रणनीतिमा पोख्त मानिने प्रचण्डले राम्रैसँग बुझेका छन् । सरकारी सेनाको एउटा ठूलो पंक्तिलाई आफ्नो पक्षँमा ल्याएपछिमात्र लडाईं जितिन्छ भन्ने माओवादीको विश्लेषण छ । आशा सैनिक भोटको त्यसैले माओवादी यतिबेला कुनैपनि हालतमा नेपाली सेनाको एउटा पंक्तिलाई आफ्नो पक्ष ल्याउन चाहन्छ । र यसमा माओवादीले आंशिक सफलतापनि पाएको छ । अवकासप्राप्त मेजर जनरल कुमार फुदोङ्गलाई माओवादीले आफ्नो तर्फबाट अन्तरिम व्यवस्थापिका- संसदको सदस्य बनाउनु यही योजना अन्तर्गत भएको थियो । फुदोङ्गलाई माओवादीले अहिले भूतपूर्व सैनिक नेपाली भारतीय र बि्रटिस हरुको अत्याधिक बसोबास रहेको सुनसरी- २ धरान क्षेत्र बाट उम्मेदवार समेत बनाएको छ । फुदोङ्गमात्र होइन नेपाली सेनाको अधिकृत शिक्षुलयका प्राध्यापक डा। इन्द्रजीत राईलाईपनि माओवादीले समानुपातिकको बन्दसूचिमा राखेको छ । अवकासप्राप्त गरेपनि फुदोङ्गको नेपाली सेनाको उच्चतहसँग अहिलेपनि राम्रो सम्बन्ध छ । राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानका सैनिक सल्लाहकार एबं नेपाली सेनाका पूर्व रथी लेिफ्टनेन्ट जनरल चित्रबहादुर गुरुङ्गसँग भेटेर जनमुक्ति सेनाका सर्बोच्च कमाण्डर प्रचण्डले बेला-बेला सल्लाह लिने गरेका छन् । नेपाली सेनामा रहेका जनजाति समुदायका अन्य सैनिक जनरल र अन्य अधिकृतहरुले माओवादीसँग सुमधुर सम्बन्ध राख्न थालेको चर्चा बेला-बेलामा चल्ने गरेको छ । सेनाको उच्च तहमा रहेका यी पूर्व सैनिक अधिकृतहरुले सेनामा प्रवेश गराएकाहरु अहिलेपनि सेनामा छन् । माओवादी आफै सरकारमा भएकाले सेनाको एउटा पंक्तिसँग सम्पर्क राख्नपनि उसलाई्र सजिलोपनि भएको छ । यसै आधारमा बेला-बेला माओवादी नेतृत्वले बिद्रोहद्धारा सत्ता कब्जा गर्ने र त्यो स्थितिमा सेनाको एउटा पंक्तिले आफूलाई सहयोग गर्ने बताउँदैपनि आएको छ । एक सैनिक अधिकृतका अनुसार सैनिक नेतृत्व माओवादी नेतृत्वसँग भएका यस्ता भेटघाट सार्वजनिक नहोउन् भन्ने चाहन्छ ताकि यसको असर तल्लो तहमा परोस् । माओवादी भने भविष्यमा विद्रोह आवस्यक भएमामात्र होइन संविधान सभाको चुनावमापनि करिव १ लाखको संख्यामा रहेको नेपाली सेनाका जवानहरुलेपनि आफूलाईपनि मत देउन् भन्ने चाहन्छ । निर्वाचन आयोगले दुबै सेनाले समानुपातिककालागि मत हाल्न पाउने बताइसकेको छ । सेनाका व्यारेकबाहिर बनाइने निर्वाचन केन्द्रमा हुने गोप्य मतदानमा यदि कुनै व्यारेकका सैनिक जवानहरुले अत्याधिक संख्यामा माओवादीको पक्षमा मत खसाले भने त्यसको असर देशभरिका सैनिकहरुमा पर्नेछ भन्ने बारेमापनि सैनिक नेतृत्व चिन्तित देखिन्छ । नेपाली सेनाका जवानहरु राष्ट्रियताप्रति निकै सम्बेदनशील देखिन्छन् । सम्भवत माओवादी नेताहरुले समायोजनका अलवा राष्ट्रियताको विषयमा दुवै सेना अहिलेपनि मिलेर जानसक्ने बताउने गरेकोपनि सम्भवत यही कारणले हो । विगतमा दरवारप्रति विशेष सम्बन्ध भएको सैनिक नेतृत्व यतिबेला कांग्रेसको निकट मानिन्छ । यो स्थितिमा राष्ट्रियताको सवालमा सैनिक नेतृत्व र माओवादीबीच वार्ता भएको भन्ने समाचारमात्र सार्वजनिक भयो भनेपनि त्यसको सकरात्मक फाइदा माओवादीलाई पुग्न सक्छ । सम्भवतः माओवादीको पक्षमा जाने भोटलाई रोक्नपनि सेनाले माओवादी नेता सापकोटाले गरेको भेटघाटको खुलासाको खण्डन गरेको हुनसक्छ । - Sitaram Baral in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®