|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
दुई सेनालाई समायोजन गर्ने कुरामा बिबाद |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
कार्यक्रममा वायाँबाट क्रमश इन्द्रजीत राई, पूर्व जनरलहरु चित्रबहादुर गुरुङ्ग, गोपालिसंह बोहोरा, रिपोटस्र क्लबका अध्यक्ष ऋषि धमला र नन्दकिशोर पुन Photo: Sitaram काठमाडौं, September 3, 2008- नेकपा माओवादीको जनमुक्ति सेनाका डेपुटी कमाण्डर नन्दकिशोर पुन 'पासाङ' ले जनमुक्ति सेना र नेपाली सेनाको समायोजन गरी राष्ट्रिय सेना बनाउन अवरोध खडा गरिए द्वन्द्व निम्तने चेतावनी दिएका छन् । शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउन दुवै सेनाको एकीकरण अनिवार्य भएको बताएका छन् । रिपोटस्र क्लबद्धारा आयोजित अन्तर्कृया कार्यक्रममा उनले 'सेना समायोजन' कार्य नेपाली सेनामा जनमुक्ति सेना वा जनमुक्ति सेनामा मिसाउने नभै नयाँ राष्ट्रिय सुरक्षा नीति अन्तर्गत राष्ट्रिय सेनाको प्रावधान ल्याएर त्यसै अन्तर्गत दुबै सेनालाई मिसाइने स्पष्ट पारेका छन् । 'जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजन गर्नुहुन्न भन्नेहरु द्वन्द्व निम्त्याउन चाहन्छन्' पासाङको भनाई छ- 'दुई सेनाबीच एकीकरण गरेर राष्ट्रिय सेना नबनाए द्वन्द्व निम्तन्छ शान्ति प्रकृया निष्कर्षमा पुग्दैन ।' ६ महिनाभित्र समायोजन कार्य सम्भव हुँदैन भनेपनि त्यसअवधिमा यससम्बन्धी प्रकृया सुरु गर्न सकिनेपनि उनले बताएका छन् । 'नेपाली सेनालाई लोकतान्त्रिकरण र जनमुक्ति सेनालाई व्यवसायीकरण गर्नुपर्ने आवस्यकता छ' राजधानीमा आयोजित कार्यक्रममा पासाङ्गले भने- 'राष्ट्रिय सुरक्षानीतिबाट आधार तयार गर्नुपर्छ साथै समग्र सुरक्षा संयन्त्रबीच सहकार्यको अवस्था सृजना गर्नुपनि पर्छ।' प्रधानमन्त्री बन्नुअघि जनमुक्ति सेनाका सर्बोच्च कमाण्डर रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सोही जिम्मेवारी छाडेपछि पासाङ्ग जनमुक्ति सेनाको प्रमुख कमाण्डर हुँदैछन् । त्यसैले पासाङ्गका अभिव्यक्तिलाई महत्वपूर्ण रुपमा लिन थालिएको छ । यसै सन्दर्भमा उनले प्रधानसेनापति रुक्माङ्गत कटवाललाई आफ्नो पार्टीले तत्काल कारबाही गर्ने कुनै सोच नबनाएको जानकारी दिएका छन् । कटवालले राजनीति गरिरहेकोमा भने उनले आपत्ति जनाए । उनले भने- 'प्रधानसेनापति परिवर्तन गर्ने पक्षमा छैनौं तर उहाँले विवादास्पद राजनीतिक भाषण गर्ने परम्परा भने सच्याउनु पर्छ ।' |
|
|
जनमुक्ति सेनालाई समयमै रकम निकासा नगरेर यसअघिको नेपाली कांग्रेस नेतृत्वको सरकारले दुःख दिएको बताउँदै पासाङ्गले आफूहरुले १७ महिनासम्म रकम नपाएको स्मरण गराए । उनले भने- 'कांग्रेस सेना समायोजनलाई विवादमा पारेर अझै दुःख दिने मनशायमा देखिन्छ ।' सेना समयोजनको विकल्प नभएको बुझ्दा बुझ्दै विवाद खडा गर्नु द्वन्द्व निम्त्याउनु सरह हुने उनले बताए । पासाङ्ग अघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले बोलेका थिए । डा. महतले माओवादीका जनसेनालाई नेपाली सेनामा कुनै हालतमा समायोजन गर्न नहुने बताएका थिए । महतको भनाई थियो- 'माओवादी सेनालाई नेपाली सेनामा नै समायोजन गर्ने भन्ने कुरा उल्लेख भए पनि दुई सेनाको समायोजन हुन सक्दैन ।' 'बृहद शान्ति सम्झौतामा दुई सेना समायोजन गर्ने कुरा उल्लेख छ तर बिगतमा सत्तामा बसेर अकुत सम्पत्ति कमाएकाहरु समायोजनमा बखेडा झिकेर मुलुकलाई फेरि गृहयुद्धमा फसाउन चाहिरहेका छन्' डा. महतप्रति संकेत गर्दै पासाङ्गले भने- 'देशमा फेरि द्धन्द भयो र माओवादीलाई जंगल पठाउन सकियो भने द्धन्द दबाउने नाममा हतियार ल्याएर त्यसको करोडौं कमिसन खान पाइन्छ भन्ने उनीहरुलाई लागेको छ त्यसैले उनीहरु समायोजनको मुद्धा निकालेर हामीलाई उत्तेजित पार्न खोजिरहेका छन् ।' नेपाली सेनाका पूर्व रथी सीबी (चित्रबहादुर) गुरुङले सेना समायोजन संवेदनशील र अत्यन्त जटिल प्रकृया भएकाले वृहत छलफल र बहसबाट मात्र काम अगाडि बढाउनुपर्ने बताए । समायोजन गर्दा नेपाली सेनाको मापदण्ड नियमलाई विशेष ध्यान दिनुपर्ने बताए । उनले भने 'स्वदेश विदेशको अनुभव र नेपालको परिस्थितिलाई ध्यान दिएपछि मात्र सेना समायोजनको प्रकृया थाल्नुपर्छ ।' छ महिनाभित्र सेना समायोजन हुनेमा आफूलाई विश्वास नलागेको उनले बताए । गुरुङका अनुसार सेना समायोजनले लामो समय लिनेछ । सेना समायोजनका लागि माओवादीले मात्र निर्णय गरेर नपुग्ने भन्दै संविधान सभामा प्रतिनिधित्व गर्ने २५ दलकै सहमतिबाट नीति तयार गर्नुपर्ने बताए । नेपाली सेनाका पूर्व सहायकरथी एवं एमालेका सभासद् गोपालिसंह बोहराले राष्ट्रिय सुरक्षा नीति बनाएपछिमात्र सेना समायोजन प्रकृया अगाडि बढाउनुपर्ने बताए । माओवादीका जनसेनालाई नेपाली सेनामा प्रवेश गराउनेभन्दा अन्यत्र आकर्षित गर्नुपर्नेमा जोड दिएका उनले उत्पादनशील कार्य, अन्य सुरक्षासम्बन्धि कार्यमा जनसेनालाई समायोजन गर्नेतर्फ ध्यान िदंदा उपयुक्त हुने बताए । राजनीतिक इच्छाशक्ति भए सेना समायोजन जटिल नहुने बताउँदै सभासद् बोहोराले मापदण्डलाई गम्भीरतापूर्वक मनन गरेर समायोजन अगाडि बढाउनुपर्नेमा जोड दिए । उनको भनाई थियो- 'अहिलेसम्म देशको सुरक्षा नीति नै बनेन त्यसैले सर्वप्रथम राष्ट्रिय सुरक्षानीति बनाएर अगाडि बढ्नुपर्छ ।' सैन्यविद् एवं माओवादी सभासद् डा. इन्द्रजीत राईले नेपाली सेना र जनमुक्ति सेनाको सम्मानजनक समायोजन हुनुपर्ने बताउँदै सेनाको गुणस्तर नबिग्रने गरी समायोजन अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले भने- 'सेना समायोजनमा माओवादी लचक हुनुपर्छ सुरक्षाकर्मीबाट पनि अव्यवहारिक अडान राखिनुहुन्न ।' दलहरु आग्रह पूर्वाग्रहबाट मुक्त भएर सेना समायोजनलाई निष्कर्षमा पुर्याउन जिम्मेवार हुनुपर्ने बताए । सुरक्षासम्बन्धमा विद्यावारिधि गरिरहेका दीपक भट्टले राष्ट्रिय सुरक्षा नीतिको टुंगो लगाएपछि मात्र सेना समायोजन प्रकृया अगाडि बढाउन जोड दिए । उनले भने- 'सुरक्षा नीति बनाएर सैन्य नीतिबाट समायोजन अगाडि बढाउनुपर्छ ।' -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||