|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपालमा रहेका दुई सेनामा अब उस्तै दर्ज्यानी Prachanda and Pasang. Photo: Sitaram काठमाडौँ, September 22, 2008- आगामी ६ महिनाभित्रै सेना समायोजन गरी नयाँ राष्ट्रिय सेनाको निर्माण गर्ने सरकारी नीतिलाई सजिलो बनाउन माओवादी सम्बद्ध जनमुक्ति सेनालेपनि सोही अनुरुप आफ्ना लडाकूहरुको पद समायोजन गर्न थालेको छ । नेपाली सेनामा पिपा र सिपाहीदेखि परमसेनाधिपतिसम्मको पद छ भने माओवादीको जनमुक्ति सेनामा जनमुक्ति सेनाको सदस्यदेखि सर्बोच्च कमाण्डरसम्मको पद छ । सकृय जिम्मेवारीका हिसावले हाल नेपाली सेनाको उच्च पदमा प्रधानसेनापतिको रुपमा रुक्माङ्गद कटवाल छन् भने माओवादीमा 'सेना प्रमुख' को रुपमा नन्दकिशोर पुन 'पासाङ्ग' छन् । जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर रहेका पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री भएपछि सोही पद खालि छ । 'पासाङ्ग' लाई भदौको अन्तिम साता बसेको माओवादी केन्द्रीय समितिको बैठकले सेना प्रमुख बनाएको हो । सेना समायोजनकालागि माओवादीले सेना प्रमुख पासाङ्गलाई प्रधानसेनापति रुक्माङ्गद कटवाल सरहको मान्यता दिने भएको छ । सेना प्रमुखपछि माओवादी जनमुक्ति सेनामा डेपुटी कमाण्डर छन् । माओवादीले डेपुटी कमाण्डरलाई नेपाली सेनाको लेफ्टिनेन्ट जनरल 'रथी' सरहको मान्यता दिने भएको छ । नेपाली सेनामा हाल रथीको रुपमा कूलबहादुर खड्का र अमर पन्त छन् । जनमुक्ति सेनामा भने चन्द्र ढकाल 'बलदेव' मात्र डेपुटी कमाण्डर छन् । |
|
|
संविधान सभामा निर्वाचित भएकाले बर्षमान पुन 'अनन्त', जनार्दन शर्मा 'प्रभाकर' डेपुटी कमाण्डरको जिम्मेवारीबाट र प्रचण्ड जनमुक्ति सेनाको सर्बोच्च कमाण्डरको जिम्मेवारीबाट अलग भैसकेका छन् । डेपुटी कमाण्डरपछि माओवादीमा डिभिजन कमाण्डरको तह छ । माओवादी जनमुक्ति सेनाका ७ वटा डिभिजनमा हाल ६ जना डिभिजन कमाण्डर छन् । रामहरि श्रेष्ठ हत्या प्रकरणमा ३ नं डिभिजन कमाण्डर कालीबहादुर खाम 'बिबिध' निलम्बित छन् । माओवादीले डिभिजन कमाण्डरहरुलाई मेजर जनरलको रुपमा परिभाषित गर्ने भएको छ । नेपाली सेनामापनि मेजर जनरलहरुले डिभिजन अर्थात् पृतनाहरुको जिम्मेवारी लिदै आएका छन् । माओवादी सेनामा ७ वटा डिभिजन छन् भने नेपाली सेनामा ६ टा डिभिजनहरु छन् । नेपाली सेनाका सहायक रथी बृगेडियर जनरल सरह माओवादीले डिभिजन सहायक कमाण्डरहरुलाई राख्ने भएको छ । नेपाली सेनाले आफ्ना डिभिजन सहायक कमाण्डरको जिम्मेवारी सहायकरथीलाई दिने गरेको छ । माओवादी सेनामा ३० वटा बृगेडहरु छन् भने नेपाली सेनाको बिग्रेड संख्या २६ छ । माओवादीले बिग्रेड कमाण्डरहरुलाई नेपाली सेनाको फूल कर्णेल सरहको मान्यता दिने भएको छ । यसैगरी बृगेड सहायक कमाण्डरले लेफ्टिनेन्ट कर्णेल सरहका मान्यता पाउनेछन् । माओवादी सेनाका बटालियन कमाण्डर, बटालियन भाइस कमाण्डर र कम्पनी कमाण्डरलाई माओवादीले मेजर 'सेनानी' सरहको मान्यता दिनेछ । माओवादीले अनौपचारिक रुपमा सार्वजनिक गरेको यो दर्जाबारे नेपाली सेनालेपनि आधिकारिक रुपमा कुनै प्रतिकृया सार्वजनिक गरेको छैन । जङ्गी अड्डाका एक उच्च सैनिक अधिकृतले यूएस नेपाल अनलाइनसँग भने- 'यो उनीहरुको आन्तरिक मामिला हो, यसबारेमा सेनाले केही बोल्नु जरुरी छैन, सेना समायोजनका अहिले सार्वजनिक गरिए अनुसार नै माओवादी लडाकूहरुलाई दर्जा दिन खोजियो भने चािहं समस्या उपन्न हुनेछ ।' माओवादी सरकारमा जानुअघि नै चार दलबीच भएको समझदारीमा ६ महिनाभित्र सेना समायोजन गरिसक्ने भन्ने सहमति भएको थियो । यस्तो सहमति भएपनि नयाँ राष्ट्रिय सेनामा माओवादी लडाकूलाई कस्तो स्थान दिने भन्ने कुरा भने अहिलेपनि अन्यौलमै छ । माओवादी श्रोतले भने नयाँ राष्ट्रिय सेनामा कसलाई कस्तो दर्जा दिने भन्ने बारेमा बहस गर्न सजिलो होस् भनेर प्रस्तावित दर्जा सार्वजनिक गरिएको बताएको छ । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||