Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियूको मतगणना फेरि स्थगित

काठमाण्डौं,  29 Mar, 09- लामो विवादपछि सुरु भएको केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालय स्ववियूको मतगणना फेरि स्थगित भएको छ ।

मतगणनामा माओवादी सम्बद्ध अखिल क्रान्तिकारीको मतान्तर अग्रता अरु बढेपछि प्रतिद्धन्दी विद्यार्थी संगठनहरु एमाले सम्बद्ध अनेरास्ववियू र नेपाली कांग्रेस निकट नेबिसंघले स्थगित गराएका हुन् । विवादका कारण त्रिविको स्ववियूको मतगणना फेरि अनिश्चित बन्न पुगेको छ ।

एक हप्ता भन्दा लामो विवादपछि शनिवारदेखि मतगणना सुरु भएको थियो । आइतबार अपरान्हसम्म भएको मतगणनामा अखिल क्रान्तिकारीको प्यानलले अन्य विद्यार्थी संगठनलाई करिव ३ सय मतान्तरले उछिनेको थियो । त्यसअघि आफ्नालागि मतपत्रमा मतदान गर्न राखिएको स्पेश कम भएको भन्दै अखिल क्रान्तिकारीले मतदान रोक्न माग गरेको थियो । प्रतिद्धन्दी दुई संगठनकै जोडबलमा शनिवारदेखि मत गणना सुरु गरिएको थियो ।

यसअघि राजनीति शास्त्रकोमात्र मतगणना भएको र त्यसमा अखिल क्रान्तिकारीले अत्याधिक भर्ना गरेकाले उ अघि देखिएको आरोप लगाएका थिए । राजनीति शास्त्रपछि अन्य संकाय (फ्याकल्टी) को मतगणना सुरु हुनासाथ अखिल क्रान्तिकारीको मत घट्ने र अन्य संगठनको बढ्ने दावी गर्दै उनीहरुले क्रान्तिकारी हार्ने डरले मतगणना स्थगित गराएको भन्दै अखिल क्रान्तिकारीको सहमतिको बाबजुद मतगणना सुरु गराएका थिए ।

तर अन्य संकायमा मत गणना सुरु भएपछि एमाले अखिल र नेबिसंघको दावी र अनुमान विपरित क्रान्तिकारीको पक्षमा झन् मतान्तर बृद्धि भएको थियो । पछिल्लो मतगणना अनुसार अखिल क्रान्तिकारीका सभापतिका उम्मेदवार हिमाल शर्माको प्यानल १ हजार ७ सय ६८ मतसहित अग्रस्थानमा थिए । नेबिसंघका सभापतिका उम्मेदवार अन्जन लामा १ हजार २ सय ३४ मतसहित दोश्रँे स्थानमा र एमाले अखिलको बिदूर सुब्बाको प्यानल १ हजार १ सय १४ मतसहित तेश्रो स्थानमा थियो ।

अपरान्ह खाजा खानकालागि मतदान स्थगित गरिएपछि एमाले अखिल र नेबिसंघले नया निहुं निकालेर मतगणना स्थगित गरेको क्रान्तिकारीको आरोप छ । आफूहरुको असहमतिका बाबजुद मतगणना सुरु गरेको तर आफै हार्ने भएपछि आफै निहुं निकालेर मतगणना स्थगित गरेको क्रान्तिकारीका सभापतिका उम्मेदवार हिमाल शर्माले बताए । यसबाट आफ्ना प्रतिद्धन्दी संगठनहरु कतिसम्म नांगिन तैयार रहेछन् भन्ने कुरा यो प्रकरणले देखाएको उनको भनाई छ ।

जानकारी अनुसार खसेका करिव साढे सात हजार मतमध्ये ५ हजार मतको गणना भैसकेको छ । क्रान्तिकारी कमजोर भनिएका संकायमापनि उ बलियो देखिएकाले सबै मत गन्दा सोही संगठन नै बिजयी बन्ने पक्कापक्की भैसकेको छ । यो स्थिति देखिएपछि नेबिसंघले बीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको मतगणना पुन: सुरु गर्नुपर्ने र एमाले अखिलले पृथ्वीनारायण क्याम्पस पोखराको मतगणना सुरु गरेपछिमात्र केन्द्रीय क्याम्पसको मतगणना गर्न दिने माग गर्दै मतगणना स्थगित गरेका थिए ।
 
अन्य क्याम्पसको विषयलाई आधार बनाएर केन्द्रीय क्याम्पसमा सुरु भएको मतगणना स्थगित भएपछि क्रान्तिकारी क्रुद्ध भएको छ । सो संगठनले केन्द्रीय क्याम्पसको मतगणना स्थगित गर्ने भए अहिलेसम्म गनिएको मतको आधारमा विजयी घोषणा गर्न क्रान्तिकारीले माग गरेको छ । एमाले अखिल र नेबि संघ हारिसकेको बताउंदै शर्माले उनीहरु कुनै हालतमा मतगणना गर्न नदिने मनस्थितिमा भएकाले विद्यार्थीहरुको मतको सम्मान गर्न अहिलेसम्मको गण्ना परिणामलाई सार्वजनिक गरी अखिल क्रान्तिकारीको प्यानललाई विजयी घोषणा गर्नपनि शर्माले माग गरे ।

-Sitaram Baral in Kathmandu

  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®