Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
पर्यटन मन्त्री र सचिव प्याराग्लाइडिङमा पोखराको आकाशमा सरर

पोखरा, 20 Feb, 09- पर्यटनमन्त्री हिसिला यमी बिहीबार पोखरामा सरर्र आधा घण्टा प्याराग्लाइडिङमा उडेर आनन्द लिनुभयो ।

पोखरामा ट्रेकिङ एजेन्सीज एशोशिएसन अफ नेपाल 'टान' पोखरा च्याप्टरद्वारा आयोजित दशौं खुल्ला प्याराग्लाइडिङ प्रतियोगिताको उद्घाटन गर्ने क्रममा मन्त्री यमीले प्याराग्लाइडिङमा चढेर आनन्द लिनुभएको हो । वहालाई स्वीस व्यवसायिक प्याराग्लाइडिङ चालक डेबिटले आधा घण्टा आकाशमा उडाउनुभएको थियो।

मन्त्री यमीसगै पर्यटन सचिव वृन्दा हाडा पनि अर्को प्याराग्लाइडिङमा उडेर रमाइलो गर्नुभयो । तर कास्की जिल्ला क्षेत्र नं. २ मा नेकपा माओवादीका तर्फबाट संविधान सभामा बिजयी राजकाजी गुरुङ "करण" भने लामो समयसम्म प्रतीक्षा गर्दा पनि आयोजकहरुले उचित व्यवस्था नगरिदिंदा प्याराग्लाइडिङमा उड्न पाउनुभएन ।

नेकपा माओवादीको निवर्तमान कास्कीका ईञ्चार्ज समेत रहनुभएका वहालाई प्याराग्लाइडिङमा उडाउन कस्सिएर लाग्नुभएका र नेकपा माओवादीको कोटाबाट नेपाल पर्यटन बोर्डको सदस्य बन्नुभएका अग्नि कडेल र सासद प्याराग्लाइडिङमा उडेको फोटो खिच्न तम्सिएर बसेका सञ्चारकर्मीहरु करीब एकघण्टापछि निराश बनेर फर्किएका थिए । वहालाई प्याराग्लाइडिङमा उडाउन लामै संघर्ष गरेका आयोजक टान पोखराका अध्यक्ष बसन्तराज दबाडीले अन्तमा सासद गुरुङसग माफी माग्दै अर्कोपल्ट प्याराग्लाइडिङमा उडाउने बचन दिएका थिए ।

सो अवसरमा आयोजक समितिका अध्यक्ष दवाडीले सासद गुरुङलाई यस प्रतियोगिताभर व्यवसायिक तरीकाले प्याराग्लाइडिङ नउडाउने र प्रतियोगिताका लागि मात्र प्याराग्लाइडिङ उडाउने लिखित सहमति भएपनि प्याराग्लाइडिका सञ्चालकहरुले सो सहमतिका विपरीत प्याराग्लाइडिङ व्यवसायिक प्रयोजनका लागि प्रयोग भएकाले आफूले प्याराग्लाइडिङमा सासद गुरुङलाई उडाउन नसकेको जानकारी गराएका थिए ।

-Rajbahadur Gurung in Pokhara












   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®