|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
देउसी र भैलो खेल्नेहरुको लर्कन देशै भरी, बिदेशमा पनि रौनक |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
राजधानी काठमाडौं झिलीमिली हुन थाल्यो Deusi Bhailo in Kathmandu. Photo: Sitaram काठमाण्डौं, October 26, 2008- तिहारको सुरुवातसँगै राजधानी काठमाडौं झिलीमिली हुन थालेको छ भने शहरबाट गाउँ जानेहरुको संख्यापनि व्हात्तै बढेको छ । उता न्यू योर्क लागायत विश्वका कुनाकुनामा नेपालीहरुले भाईटिका धुमधामसँग मनाउने मेसो गरिसकेका छन्। दशैं नमनाउनेहरुलेपनि तिहार र दीपावली मनाउने भएकाले दशैंलाईभन्दा तिहारको महत्व बढ्दै जान थालेको छ । नेपाली हिन्दूहरु र केही आदिबासी जनजातिहरुले मौलिक रुपमा मनाउदै आएको महान चाड तिहार तथा दीपावली सुरु भएको छ । मधेशमा बसोबास गर्ने नेपालीहरु दीपावलीसँगै छठ मनाउने तैयारीमा व्यस्त छन् । राजधानीका नेवारहरुकालागि यसपटकको तिहार अरु बढि उल्लासमय हुने भएको छ । किनभने उनीहरुले प्रचलनमा ल्याएको नेपाल सम्बतलाई यस बर्षदेखि सरकारले राष्ट्रिय सम्बतको रुपमा मान्यता दिएको छ । नेपाल सम्बतको नयाँ बर्ष मनाउन उनीहरुले राजधानीका सडक चोक र गल्लीहरुलाई ध्वजा पताकाहरुले रंगीचङ्गी पारेका छन् । नेपाल सम्बतको नयाँ बर्षको उपलक्ष्यमा बुधबार विशेष कार्यक्रमको आयोजना हुने भएको छ । शहरी इलाकामा किशोर तथा केटाकेटीहरु पटका पड्काएर तिहारलाई उल्लासमय बनाउन सुरु गरिसकेका छन् । तर पटका पड्काउन प्रशासनले कडाई गरेका कारण गत सालजस्तो पटाकाको धमाका सुन्न पाइएको छैन । पटका पड्काउनेलाई सरकारले २८ हजार रुपैयाँ जरिवानासम्म तोकेको छ । तर पटका पड्काएकै अभियोगमा अहिलेसम्म कोहीपनि पक्राउ परेका छैनन् । |
|
|
नेपाल मगर संघको आयोजनामा भएको देउसी भैलो कार्यक्रम Photos: Sitaram लक्ष्मीपूजाको दिन घरघरमा धन्यधान्यकी देवी लक्ष्मीको पूजा गर्ने र भाईटीकाको दिन दिदी बहिनीले दाजुभाईलाई टीका लगाएर तिहार मनाउने प्रचलन छ । तिहारको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै यही हो । यद्यपी भैलो तथा देउसीलेपनि तिहारलाई महत्वपूर्ण बनाउने गरेको छ । सोमबारदेखि नै गाउँ तथा शहर दुबैमा देउसी र भैलो खेल्नेहरुको लर्कन देख्न सकिन्छ । देउसी र भैलोले राजधानीलाई अरु उल्लासमय बनाएको छ । विभिन्न संघसंस्था, राजनीतिक पार्टी र तिनका भातृसंगठनहरुले तिहारमा देउसी तथा भैलो खेलेर बर्षभरि आफ्नो संगठन चलाउन पुग्ने रकम संकलन गर्ने गरेका छन् । राजधानी काठमाडौंमा सामाजिक संघ-संस्थाभन्दा राजनीतिक दल र तिनीहरुसँग सम्बन्धित भातृसंगठनहरुले बढि देउसी तथा भैलो खेल्ने गर्छन् । देउसी भैलोमा बढिमा ५० रुपैयाँसम्ममात्र दिने कानूनी प्रावधान छ । तर देउसी भैलो खेल्नेहरुले लाखौं रकमको माग गर्ने गरेका छन् । देउसी भैलो खेलेर रकम संकलन गर्नेहरुमा अन्य पार्टीको तुलनामा कम्युनिष्ट पार्टीहरु अगाडि छन् । माओवादी, एमाले, जनमोर्चा, मालेलगायतका पार्टीहरुले साँस्कृतिक कार्यक्रमसमेत देखाएर देउसी भैलोमार्फत् रकम संकलन गरिरहेका छन् । लक्ष्मीपूजाको दिनदेखि देउसी भैलो सुरु हुने परम्परा भएपनि तिहारको पहिलो दिन काग तिहारकै दिनदेखि देउसी भैलो सुरु भएको छ । -Sitaram Baral in Kathmandu |
||
![]() Archive» Diwali special feature. Yangchen Lhamo. Photos: Ang Kami Sherpa. Illustration: eEyeCam Dear readers, We are planning to feature Diwali (Tihar) festivities from around the world as we did during Dashain. We request you to join in this festival by sending your very special moments with your loved ones, in particular with your lovely sisters or brothers. Remind them to smile for the camera to show how happy they are, as you see our sweet little Yanchen Lhamo in above picture. Lhamo is a 9 year old Nepalese girl living in New York City with her parents. Please send you photos and details at: news@usnepalonline.com -US Nepal Online.Com US Nepal Media Center Read our related news and photo feature: » न्यू योर्कमा लिम्बुहरुले गाए देउसीको अर्को भाका (15 Photos) » मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन् उनी न्यूयोर्कमा! (16 Photos) » न्यू योर्कको देबकोटा जयन्तीमा नेपाली कविहरुको घुँइचो (51 Photos) » लेखिका उन्नती बोहरा 'शीला'का रचनाहरु बिमोचित » कलाकार तथा मानब अधिकारकर्मी शैलेश श्रेष्ठ सम्मानित » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos) Special: दशैंको रमझम (148 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6 UK; S. Korea » Special: एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्ग (8 Photos) » काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन (3 Photos) उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो ?' » यसपालीको वडा दशैं यसरी समापन भो! » क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos) » साउथ कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं (5 Photos) » Special Photo feature: न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए (Special: 19 Photos) » पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos) » माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका » राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special: 3 Photos) » Special Photo feature: काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए » वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो (2 Photos) » बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै (Special: 10 Photos) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||