|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
नेपालमा रहेका तिब्बतीहरुले अझै शरणार्थीको मान्यता पाएका छैनन् किन? |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाडौंमा प्रदर्शन गरिरहेका तिब्बति शरणार्थीहरु । Photo: Sitaram काठमाण्डौं, December 31, 2008- नेपालमा रहेका सबै तिब्बतीहरुलाई शरणार्थीको मान्यता दिन अमेरिकाले नेपाल सरकारसँग आग्रह गरेको छ । नेपालकालागि अमेरिकी राजदूत न्यान्सी जे. पावेलले सोमबार गृहमन्त्री बामदेव गौतमलाई भेटी यस्तो आग्रह गरेकी हुन् । राजदूत न्यान्सी जे. पावेलले सोमबार उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसित भेटेर नेपालमा बसोबास गर्दै आएका तिब्बतीका विषयमा चासो व्यक्त गरेकी थिइन् । उनले नेपालमा रहेका तिब्बतीलाई शरणार्थीको मान्यता नदिएको सम्बन्धमा जिज्ञाशा राखेको गृह श्रोतले जानकारी दिएको छ । जानकारी अनुसार नेपालमा रहेका सबै तिब्बतिले शरणार्थीको मान्यता नपाउँदा उनीहरु भिसा विहिन अवस्थामा बस्नु परेको राजदुत पावेलको टिप्पणी थियो । साथै उनले नेपालमा बसिरहेका तिब्बतीलाई नेपालबाट अन्यत्रै पठाउन पनि नेपालले चासो नदिएको गुनासो गृहमन्त्री गौतमसँग गरेकी थिइन् । नेपालमा असंख्य तिब्बती शरणार्थीका रुपमा बसोबास गर्ने गरेको कुरा अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउनुपर्ने कुरामापनि राजदूत पावेलले जोड दिएकी थिइन् । १९८४ देखि नेपालमा तिब्बतीहरुले शरणार्थीको मान्यता नपाएको कारण उनीहरुलाई अमेरिका लैजान पनि समस्या आएको कथन राजदुत पावेलको थियो । |
|
|
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले भने तिब्बति शरणार्थीहरु नेपालमा अवैधानिक आप्रवासीका रुपमा बसिरहेको जवाफ दिएको श्रोतको दावी छ । 'यसरी अर्काको देशमा अवैधानिक आप्रवासीका रुपमा बसोबास गर्ने नागरिकलाई संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको नेपालस्थित कार्यालयसमक्ष पेश गर्ने र उक्त कार्यालयले अन्तर्राष्ट्रिय नियमानुसार उनीहरुको विषयमा निर्णय लिनेछ' गौतमको भनाई थियो- 'यसैक्रममा हालसालै ९५ जना तिब्बतका अवैधानिक आप्रवासीलाई बुझाइसकिएको र त्यो क्रम निरन्तर रहनेछ ।' -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||