|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See your Local city time and Kathmandu, Nepal time |
|
| English Edition | ||
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
"थरुहटलाई मधेश बनाइयो भने त्यहीदिनदेखि
विद्रोहको सुरुवात हुनेछ ।" Tharu rally in Kathmandu. Photo: Sitaram काठमाडौं, June 29, 2008- एक मधेश एक प्रदेशको मागको विरोध गर्दै थारु कल्याणकारी सभाले राजधानीमा विरोध प्रदर्शन गरेको छ । तराई भूमि थारुहरुको भएको र त्यहाँ मधेशको कुनै अस्तित्व नरहेको बताउँदै थारु नेता र बुद्धिजीवीहरुले तराईलाई मधेश बनाइए बिद्रोह हुने चेतावनी दिएका छन् । कतिपय थारु नेताहरुले त स्वायत्त मधेश प्रदेशको नाममा आदिवासी थारुहरुको भूमिमाथि अतिक्रमण भएमा बन्दुक उठाउने चेतावनीसमेत दिएका छन् । राजधानीको सुविधानगर तीनकुनेदेखि बानेश्वरसम्म भएको थारुहरुको जुलुश संविधान सभा भवन बानेश्वर अगाडि पुगेर विरोध सभामा परिणत भएको थियो । सभामा बोल्ने बक्ताहरुले मधेशीहरु तराईको आदिवासी नभै आगन्तुक भएको बताएका थिए । कार्यक्रममा बोल्दै नेपाल लोकतान्त्रिक समाजवादी दलका उपेन्द्र गच्छेदार थारु ले भने- 'थारुलाई मधेशी बनाउने षडयन्त्रको सुरु भएकाले यसका विरुद्ध थारु समुदायले आफ्नो अस्तित्व बचाउनकालागि आन्दोलन गर्नुपर्छ ।' उनले आफ्नो दलले थारुहरुको आन्दोलनलाई पूर्ण समर्थन गर्ने बचन दिए । Badri Neupane. चुरे भावर राष्ट्रिय एकता समाजका सचिव बद्री न्यौपानले थारुहरु तराईका धर्तिपुत्र भएको बताउँदै तराईमा मधेश भन्ने स्थान नै नभएको दावी गरे । थारुहरुका आन्दोलनका हरेक पाइलामा समाजको साथ रहने बताउँदै न्यौपानले भने- 'एक मधेश एक प्रदेशका नाममा अहिले तराईमा अल्पमतले बहुमत माथि शासन गर्न खोजिरहेको छ त्यो हामीलाई मान्य छैन ।' आफूहरुको मागलाई राज्यले बेवास्ता गर्यो भने सशस्त्र विद्रोह गर्नसमेत हामी बाध्य हुने चेतावनी िदंदै उनले तराईलाई एक मधेशमा परिणत गरेर बिद्रोहको निम्तो नदिन सरकारसँग आग्रह गरे । Satyamohan Joshi Tharu. |
|
|
थारु बुद्धिजीवी सत्यमोहन जोशी (थारु) ले एक
मधेश एक प्रदेशको मागलाई थरुहटलाई मधेशको उपनिवेश बनाउने षडयन्त्रको रुपमा
ब्याख्या गरे । 'हामी मधेशको उपनिवेश हुनेछैनौं' उनले भने- 'हामी आदिवासी
थारुहरुको भूमि थरुहटको एक इन्च भूमिलाईपनि मधेश हुन दिने छैनौं, थरुहटलाई
मधेश बनाइयो भने त्यहीदिनदेखि विद्रोहको सुरुवात हुनेछ ।' Thakursingh Tharu. थारु कल्याण्कारी सभाका उपाध्यक्ष ठाकुरिसंह थारुले अझ थरुहटलाई मधेश बन्नबाट जोगाउन आफूहरु बन्दुक बोक्न र बम पड्काउन समेत तैयार रहेको बताए । 'बन्दुक र बारुद नपड्काइकन हाम्रा आवाज सुनिन्न भने हामी त्यो गर्नपनि तैयार छौं' उपाध्यक्ष थारुले भने- 'अहिले थरुहटमाथि मधेशी बनाउने षडयन्त्रमात्र होइन डकैतिको सुरुवात भएको छ' उनले भने- 'तराई आदिवासी थारुहरुको भूमि हो भन्ने जान्दाजान्दै मधेशमा रुपान्तरण गर्न खोजेर डकैति गर्न खोजिएको छ, त्यो डकैत प्रयासलाई हामी असफल गरेरै छाड्नेछौं ।' थारु कल्याणकारी सभाले तराईलाई मधेशमा रुपान्तरण गर्न नदिन सम्पूर्ण थारु सभासद्हरुसँग अनुरोधसमेत गरेको छ । 'थारु लगायतका आदिवासीलाई मधेशीमा परिणत गरेर उनीहरुको भूमि तथा राजनीतिक अधिकार मधेशी समुदायलाई सुम्पिदा यो मुलुकको भलो हुन सक्दैन, थरुहट-तराई भूमिलाई मधेशमा परिणत गर्ने काम अबिलम्ब बन्द गरी अन्तरिम संविधानमा उल्लेख गरिएको मधेश शब्दलाई तराई थरुहटमा परिणत गर्न हामी हार्दिक अपिल गर्दछौं' पर्चाको रुपमा वितरित अनुरोध पत्रमा भनिएको छ- 'हाम्रो हार्दिकता र नम्रतालाई कमजोर ठानी हाम्रो हक, अधिकार र पहिचान समाप्त पार्ने काम संविधान सभाबाट हुन लाग्यो भने बिद्रोह हुने निश्चित छ, त्यो बिद्रोहबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सरकार, संविधान सभा, सभासद् तथा राजनीतिक दलहरु स्वयं हुनेपनि हामी स्पष्ट पार्न चाहन्छौं ।' -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||