Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सरकारले वार्ताका नाममा कुनै बेइमानी गरे थारु कल्याणकारिणी सभाले नसहने

चितवनमा विहीबार राति सशस्त्र प्रहरीको गोली लागि मारिएका कमल चौधरी र विपिन खडकालाई शहीद घोषणा गर्दै थारु कल्याणकारी सभाले शनिवार शोक तथा श्रद्धान्जली सभा सम्पन्न गरेको छ । शोक सभामा विभिन्न आदिवासी जनजाति नेताहरुले थारु आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरेका थिए ।

सो शोकसभामा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाले थारु समुदायले उठाएको आन्दोलप्रति समर्थन ब्यक्त गर्दै सरकारसँग सार्थक वार्ता मात्र गर्नुपर्ने बताए । अध्यक्ष शेर्पाले तराईका आदिवासीहरुले विगतदेखि नै पहिचान र अधिकारका लागि आन्दोलन चलाइरहेको बताउँदै यसप्रति जनजाति महासंघको सदैव समर्थन रहेको बताए ।

एमालेनिकट लोकतान्त्रिक थारु संघका अध्यक्ष नागेन्द्र चौधरीले थारु तथा तराईका विभिन्न आदिवासी समुदायलै संयुक्त रुपमा चलाइरहेको आन्दोलन सफलतामा टुंगिने ठोकुवा गर्दै आदिवासीका सबै संस्थाहरुसँगको वार्ता र सहमति बिना वर्तमान आन्दोलन टुंगिन नसक्ने विचार प्रकट गरे ।

शोक सभामा आदिवासी नेता डा. कृष्ण भट्टचनले अहिले पहाडी र मधेसी ब्राम्हणवाद एकढिका भएर आदिवासी समुदायका विरुद्ध उत्रिएको बताए । वर्तमान आन्दोलनमा तराईका सबै आदिवासी समुदाय सरिक हुनुपर्ने विचार राख्दै भट्टचनले सार्थक र फलदायी वार्ताका लागि तराईका सबै आदिवासी संस्थाहरुको सहभागिता हुनुपर्ने सुझाव दिए ।

सभामा आदिवासी नेता डा. ओम गुरुङ्गले आदिवासीहरुको वर्तमान आन्दोलनलाई निर्णायक बनाउनुपर्ने विचार ब्यक्त गरेका थिए । तराईका थारु लगायतका आदिवासी समुदायहरुलाई राज्यले उपेक्षा गरेको र पहिचानको संकट पारेकाले आन्दोलन उठेको भनाई डा. गुरुङ्गको थियो ।

शोकसभामा बोल्दै थारु कल्याणकारिणी सभाका उपत्यका समितिका सभापति प्रेमीलाल चौधरीले थारु समुदायका हजारौं कार्यकर्ता आन्दोलनको मैदानमा अहोरात्र खटिएको अवस्थामा सरकारले वार्ताका नाममा कुनै बेइमानी गरे थारु कल्याणकारिणी सभाले नसहने बताए । चौधरीले वर्तमान आन्दोलनलाई निर्णायक बनाउन आफुहरु जस्तोसुकै कुर्वानीकालागि तैयार भएको बताएका थिए ।

-Santa Bagam in Kathmandu











   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®